कीवर्डहरू -

समाचार

रिब्राण्डिङ भयो स्प्योरो एसएमएस, के के छन् नयाँ सुविधा ? 

नेपालको लोकप्रिय एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले आफुलाई रिब्रान्डिङ गरेको छ । विगत १३ वर्षदेखि एसएमएस सेवा प्रदायकको रूपमा काम गर्दै आएको कम्पनीले नयाँ लोगो र विशेषतासहित आएको हो ।

यस रिब्रान्डिङले स्प्योरो एसएमएस र प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । स्प्योरोको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ ।

साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो हुने जनाइएको छ । अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउने छ ।

स्प्योरो एसएमएसको इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सकिने कम्पनीको भनाइ छ ।

स्प्योरो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले प्रयोगकर्तालाई रोजे अनुसारको र प्राविधिक रूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लेटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको बताए ।

स्प्योरो एसएमएसले नयाँ सेवाको रूपमा मल्टी - च्यानल कम्युनिकेशन प्लेटफर्म, ओटीपी, टु फ्याक्टर अथेन्टिकेसन, अन्तर्राष्ट्रिय एसएमएस मिस्ड कल मार्केटिङ, च्याटबट सेवा, सरल इन्टिग्रेसन र एपीआई सेवा आदि ल्याएको छ ।

यस बाहेक साइबर सुरक्षा मजबुत बनाउने र चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।


समाचार

बीमा मध्यस्थकर्ताको अनलाइन परीक्षा संचालन, नतिजा सात दिने भित्र आउने

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा …

योग्यता नपुगेका शिक्षकले बीएससी सीएसआईटी पढाए कारबाही हुने

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले योग्यता नपुगेका शिक्षकहर…

स्टोरेज बचाउन यसरी प्रयोग गर्नुहोस् गुगलको अटो अर्काइभ फिचर

यदि तपाई आफ्नो फोनको स्टोरेजको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईको लागि खुसीको ख…

सामसङको दसैँ अफर : ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

सामसङ नेपालले दसैँ अफर ग्राहकमाझ ल्याएको छ ।  कम्पनीले ‘सामसङ मोबाइल च्याप्पै, स्कु…

भिभोको दशैं तिहार अफर, मोबाइल किन्दा छुट पाइने

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै भिभोले आफ्ना तीनवटा नयाँ स्मार्टफोनहरूमा दशै…

सैनिक पेट्रोल पम्पमा अब डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल…

फूडमान्डुमा अबदेखि ५०० रूपैयाँभन्दा कमको पनि फुड अर्डर गर्न सकिने

नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फूडमान्डुले ५०० रूपैयाँको न्यूनतम अ…

इसेवा मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउँदा काठमाडौंमा घर जित्ने मौका

स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले…

अल्टिमा अनलाइन मेलामा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाई…

अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम 

अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको …

एनसेलले सातै प्रदेशका सामुदायिक विकास परियोजनालाई १० लाखसम्म दिने, कसरी दिने आवेदन ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन…

१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका

एनसेलले आफ्नो १८ औं वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुसँग खुसियाली बाड्नका लाग…

१९ औं वर्षमा प्रवेश गर्‍यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर 

एनसेल जियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ वार्षिकोत्सव मनाएको छ । कम्प…

टेलिकमको चाडपर्व अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक

असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिक…

साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट

साओमीले नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्व…