कीवर्डहरू -

समाचार

आइसिटी अवार्डको क्याटोगोरी बी र सीको नोमिनेसन दिने आज अन्तिम दिन, कसरी दिने अनलाइन आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको क्याटोगोरी बी र सीका लागि शनिबार रातीसम्म अनलाइन नोमिनेसन (आवेदन) बुझाउन सकिने भएको छ ।

क्याटोगोरी बी अन्तर्गत प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्ट्रप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड विधा रहेका छन् ।

यस्तै क्याटोगोरी सी अन्तर्गत डिजिटल एजुकेसन आइसिटी अवार्ड (सार्वजनिक क्षेत्र), डिजिटल एजुकेसन आइसिटी अवार्ड (निजी क्षेत्र), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधा रहेका छन् ।

माथिका यी विधामा आज रातीसम्म मात्रै आवेदन दिन सकिने छ । क्याटोगोरी ए अन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार आइसिटी अवार्डको नोमिनेसन यसअघि नै बन्द भइसकेको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहने छ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ ।

आइसिटी अवार्डको प्रि-इभेन्टको रूपमा सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदैछ । यसैगरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङसहित छनौट प्रकृयालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिशोड प्रशारण गरिने आयोजकले जनाएको छ ।

आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन ।

जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्डको लागि भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने छ ।

आवेदन दर्ताको लागि आधिकारिक वेबसाइट https://ictaward.org मार्फत विवरण बुझाउन सकिन्छ । आफु स्वंम वा अरू कसैले पनि सम्वन्धित व्यक्ति, कम्पनी वा संस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गराउन सक्ने छन् ।

कुन विधामा कसले आवेदन दिने ?

१. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड

यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

२. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।

३. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

४. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।

५. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।

६. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

७. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

८. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन ।

९. डिजिटल सर्भिसेस आइसिटी अवार्ड

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन ।

समाचार

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेट…

नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० स…

ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक

ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ …

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सब…

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने

कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज…

सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार

सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सु…

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो ए…

सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने

अक्सर कक्षा १२ सम्मको अध्ययन पुरा भएपछि विद्यार्थीहरू अलमल्लमा हुन्छन् । १२ कक्षा पछि क…

विश्वकै ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा प्रतिस्पर्धा गर्दै नेपाल

नेपालले विश्वकै सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागी भ…

क्वालकमले सन् २०२६ सम्म एप्पललाई चिप उपलब्ध गराउने

क्वालकमले कम्तिमा पनि सन् २०२६ सम्म आईफोन निर्मातालाई फाइभजी चिप आपूर्ति गर्न एप्पलसँ…

टेलिकमको टिकटक च्यालेन्ज, विजेतालाई ४० हजार पुरस्कार

नेपाल टेलिकमले तीजको अवसरमा टिकटक च्यालेन्ज ल्याएको छ । नेपाल टेलिकम तीजको लहर ट…

गरिमा विकास बैंकले ल्यायो टिकटक प्रतियोगिता

गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सा…

चाँडै युट्युबमा अनलाइन गेम पनि खेल्न सकिने

चाँडै विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युब एपमा अनलाइन गेम खे…

मिदास टेक्नोलोजीसँगको सहकार्यमा कोशी अस्पतालले ल्यायो नयाँ एप, के के छन् सुविधा ?

नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्…

इसेवामा लिंक बैंक अकाउन्टबाट भुक्तानी गर्दा उपहारै उपहार, बम्परमा ३५० सीसीको मोटरसाइकल

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको ब…