समाचार
बारा र पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बाराका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। केन्द्रले पुरानो ‘डीओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरेको हो।
केन्द्रले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) जडित क्षमता २ सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो।
केन्द्रका अनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ‘शून्य दशलमलव २ एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरिएको हो। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका २ सय १२ उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए।
‘स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिङका लागि जानु पर्दैन,’ उनले भने, ‘विगतमा जस्तै टीओडी मिटर डाउनलोड गरिरहनुपर्ने झन्झट पनि हुँदैन। प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा स्मार्ट इनर्जी मिटर जडान भएको उद्योगले खपत गरेको विद्युत्को अभिलेख रहन्छ। हामीले पनि अनलाइन सिस्टमबाटै रेकर्ड हेरेर बिलिङ गर्न सक्नेछौँ।’
प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ। कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न १ करोड ५२ लाख ६४ हजार रुपैयाँ रकम लागेको जनाएको छ। उद्योगीले महिनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ।
‘कुन उद्योगमा कति विद्युत् खपत भइरहेको छ। कुनमा खपत भइरहेको छैन लगायत विवरण पनि यो मिटरबाट थाहा हु्न्छ,’ कार्यालय प्रमुख दुवेले भने, ‘यसले विद्युत्को माग र आपूर्तिबीच पनि तालमेल गराउन निकै ठूलो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ।’ कार्यालय प्रमुख दुवेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने २ जना जनशक्तिको भार पनि कम भएको बताए।
समाचार
गर्मीमा बाहिर हिड्न सहज बनाउने : स्मार्ट छाता
वैशाखको यो चर्को गर्मीमा पनि घरबाहिर निस्किएर गर्मी नभई रमाइलो मौसमको आनन्द लिन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
…एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्सका 'गड फादर' भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्…
इन्डोनेसियाको दुर्गम गाउँमा अब स्टारलिंकको इन्टरनेट चल्ने
एलन मस्कले अहिलेसम्मकै ठूलो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरू गरेका छन् । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री …
एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, किस्ता तिर्नेदेखि विवरणसम्म थाहा पाउन सकिने सुविधा
एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, अब एपबाटै किस्ता भुक्तानीदेखि विवरणसम्म थाहा पाउन सकिने
जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजना र सामाजिक विकास मन्त्रालयको सहयोगमा खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्त…
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छि…
चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल
एप्पलले चाँडै आईफोन १६ डिस्प्लेको उत्पादन सुरु गर्ने भएको छ । एक नयाँ रिपोर्टले आईफोन १६ को उत्पादन जूनमा सुरु हुने बताएको छ ।…
दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी
नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताए…
आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?
विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार …
किसानका लागि डिजिटल प्लेटफर्म विकास गर्न मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता
मोरू डिजिटल वालेट र पिके एग्रिकल्चरबीच सम्झौता भएको छ ।
किसानका लागि डिजिटल प्लेटफर्म व…
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
विगत २२ वर्षदेखि आइसिटी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६०…
गूगलको नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास सार्वजनिक
गूगलले नयाँ एआई मोडल जेमिनी १.५ फ्ल्यास ल्याएको छ । यो एआई मोडल कम्पनीको जेमिनी १.५ प्रो भन्दा छिटो र प्रभावकारी रहेको गूगलले&…
भूमिगत विद्युत वितरण प्रणाली परीक्षण हुँदै, पोलबाट इन्टरनेट केबल लगायतका संरचना हटाउन अनुरोध
काठमाडौंमा विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणाली निर्माण सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणले इन्टरनेट केबल, अप्टिकल फाइ…
आईटी सेवा तथा प्रडक्ट निर्यात गर्ने कम्पनीबाट एक प्रतिशतमात्रै आयकर लिन महासंघको सुझाव
नेपाल उद्योग वाणिज्य महांसघ (एफएनसीसीआई) ले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमा सूचना प्रविधि र स्टार्टअपलाई प्राथमिकता दिन सुझ…
फोर्ब्सको थर्टी अन्डर थर्टी एशियाको सूचीमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरी
फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको एशियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालकी श्रेया गिरी परेकी छन् ।