समाचार
पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेसामा आबद्ध छन्। पिपलाडीमा चौधरीको साढे चार बिघा जमिन छ।
उनले खेतीपातीका लागि खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो खेत जोत्नका लागि उनी अचेल ‘पावर टिलर’को प्रयोग गर्छन्।
'अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छु, उनले भने, 'प्रविधिको प्रयोगले धेरै कृषकलाई धेरै सहजता थपेको छ ।'
वर्षौँदेखि उनले तरकारी, उखु, गहुँ तथा धानखेती गर्दै आएका छन्। कुरेरुवा कृषक समूहमा आबद्ध उनले सरकारी अनुदानमा कृषियन्त्र खरिद गरेका थिए।
उनीहरूसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्नका लागि हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । 'धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न ती उपकरणको प्रयोग गर्छौँ', उनले भने, 'कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ।'
शुक्लाफाँटा-२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालिकी छिन्। 'कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्', उनले भनिन, 'यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ।'
जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय कञ्चनपुरमा कृषि क्षेत्रमा यान्त्रिकीकरण प्रयोग बढ्दै गएको छ । प्रविधिको प्रयोगमा किसानको आकर्षण बढ्दो छ।
मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोग गरेर खेती हुन थालेपछि कृषक आत्मनिर्भर हुन थालेका छन् ।
'पहिले-पहिले परम्परागत तरिकाले खेती गर्थ्यौ, त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो, चौधरीले भनिन्, 'अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्दैछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।'
अर्घाखाँचीका किसानहरु ड्रोन प्रविधिको प्रयोग गरेर तरकारीमा मल हाल्ने र सिचाइ गर्दै आइरहेका छन् । उनीहरू ड्रोनबाटै तरकारीमा किटनाशक औषधि छर्ने गरेका छन् ।
अर्घाखाँचीका तरकारी किसान मधुकर पौडेल भन्छन्, ‘ अहिले त हामीले तरकारीमा किटनाशक औषधि ड्रोनबाटै छर्दै आएका छौं। यो प्रविधि भित्र्याएको ३ वर्ष भयो। धेरै सजिलो भएको छ। यसले राहत पनि दिएको छ।’
यस्तै बाँकेमा गहुँमा यरिया मल छर्न किसानहरुले ड्रोनको सहायता लिइरहेका छन्। उनीहरूले ड्रोनको मार्फतबाट खेतमा लगाइएको गहुँमा ड्रोनबाट विगत २ वर्षदेखि यूरिया मल छर्दै आइरहेका छन् । बाँकेका किसान बद्री नायारायण केसीले भने, ‘हामीले ड्रोनमार्फत गहुँमा युरिया मल छरेको २ वर्ष जति भयो। सबै खेतमा बराबरी युरिया जान्छ।यसले काम फत्ते गरिदिएको छ किसानको।’
यस्तै दाङ गढवा गाउँपालिकाले पालिकाभित्रका १५ जना किसानलाई १८ हर्स पावरको पावर टिलर वितरण गरेको छ ।
गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पोख्रलले किसानको उत्पादन वृद्धि गर्ने, कृषि पेसालाई बढाउने, कृषक लाई जिवनयापन गर्न सजिलो होस्, जोतभोग गर्न सजिलो होस् भन्ने उद्देश्य कृषक समूह,सहकारी,तथा व्यक्तिगत फर्म गरेर १५ जना किसानलाई पावर टिलर हस्तान्तरण गरिएको जानकारी दिए।
आउदा दिनहरुमा पनि पालिका ले किसानहरुका समस्याहरुलाई मध्य नजर गर्दै कासानको हक हितका लागी सदैव काम गर्ने बताए ।
२०८०/८१ को बजेटमा पनि स्वीकृत कृषि कार्यक्रमको कृषि यान्त्रीकरण कार्यक्रम अन्तरर्गत छनौटमा परेका कृसक समूह, सहकारि संस्था, कृषि फर्म हरुलाइ ५० प्रतिशत अनुदानमा गढवा गाउँपालिकाले किसानलाइ १८ हर्स पावरको पावर टिलर वितरण गर्ने उनको भनाइ छ ।
पावर टिलर प्राप्त गरेको किसानलाइ ह्यान्डल हस्तान्तरण गर्दै पालिका उपाध्यक्षले कृषक लाई खेति गर्न सहज हुने र किसानहरु लाई छोटो समयमा धेरै खेती गर्न सक्ने, समयको बचत हुने कृषि प्रति आकर्षित हुनेमा उनको विश्वास छ।
कञ्चनपुरमा सरकारी तथा अन्य निकायका विभिन्न कार्यक्रमबाट नयाँ-नयाँ प्रविधि भित्रिएसँगै कृषिकर्ममा सहजता थपेको छ। गाउँमा काम गर्ने युवाहरू वैदेशिक रोजगारीका साथै अन्य क्षेत्रमा काम गर्न जाँदा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको छ।
जनशक्ति एकदमै महँगिदै गइरहेको अवस्थामा कृषि यान्त्रिकीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको चेतराज चौधरी बताउँछन्।
'विगतको जस्तो काम गर्ने जनशक्ति पनि छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज गरेको छु, उनले भने, 'अगाडि खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक-दुई सातामै सकिन्छ।' कञ्चनपुरको कृषि क्षेत्रमा यन्त्र उपकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।
'कृषि कर्ममा प्रयोग हुने नयाँ-नयाँ यन्त्र, उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छु, उनले भने,'व्यक्तिगत किनेर वा अनुदानमा किसानको पहुँचमा प्रविधि पुगेको छ।' उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँको कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग भइरहेको छ।
समाचार
बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …
१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम
डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ …
धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान
धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको …
९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्…
समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा
सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय…
गूगल म्यापको हिस्ट्री डिलिट गर्ने तरिका
आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्यो भने नक्सा हेर्न…
बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन
बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजद…
आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने
आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । अफर असार १७…
नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं नबिल बैंकमा खातामा पाउन सकिने
विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि …
डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने
डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माइ प…
लहानमा नयाँ एनसेल सेन्टर
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राह…
डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र …
चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता
चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।
नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा रोजगारी खुलाएको छ । नेपाल क्लियरिङ हाउसले विभ…
कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवामा पैसा पठाउन सकिने
संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्…