समाचार
इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान
सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् ।
सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएको जनाएको छ ।
आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उनले भने, 'आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन।'
आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनिरहेको उनले बताए। लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ।
सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ ।
एकैपटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताए। उनका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ।
यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहतमा रहेकाले विभागले मात्रै चाहेर नहुने उनको भनाइ थियो । यी कार्यालयसँग समन्वय गरेर कति सङ्ख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उनले बताए।
उनले भने, 'हामीले समन्वयको काम गर्ने हो । खास काम गर्नुपर्ने यातायात कार्र्यालयहरूले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ।'
कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ। आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ ।
पछिल्लो पटक थप भएको अवधिअनुसार आगामी मङ्सिरसम्म अवधि रहेको छ । सबैको समन्वय भएर काम हुँदा यसले गति लिनसक्ने उनले बताए।
आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमा नै सम्पन्न हुनसक्ने सम्भावना रहेको उनले बताए। त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उनको भनाइ छ ।
विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । रासस
समाचार
नेपालमा सेवा दिएबापत गूगल, फेसबुक जस्ता कम्पनीलाई कर दाखिला गर्न छुट्टै बैंक खाता
नेपाली ग्राहकलाई डिजिटल सेवा उपलब्ध गराइरहेका विदेशी कम्पनीले तिर्नुपर्ने कर दाखिल…
काठमाडौं महानगरको बजेटः सबै सेवा अनलाइनबाटै दिने, आफ्नै ई-कमर्स पोर्टल ल्याउने
काठमाडौं महानगरपालिकाले महानगरबाट प्रदान गरिने सबै सेवाहरुलाई अनलाइन प्रणालीबाट…
बेटिङ प्रचारको आरोपमा भ्लगर राजकुमार तामाङ पक्राउ
अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्ने राजकुमार तामाङलाई प्रहरील…
अब वेबसाइटबाटै नबिल बैंकको एनबैंक चलाउन सकिने, के के लिन सकिन्छ सेवा ?
नबिल बैंकले आफ्नो नयाँ अनलाइन बैंकिङ सेवा एनबैंक वेबको सेवा सुरु गरेको छ । बैं…
‘नेपाल अझै डिजिटली रुपमा सक्षम भएको छैन’
विश्वका धेरै देशले डिजिटल प्रविधमा सक्षम भइसके पनि नेपाल अझै डिजिटली रुपमा सक्षम …
‘नेपालमा विग डेटाको प्रयोग भएकै छैन’
नेपालमा हालसम्म बिग डेटाको प्रयोग नभएको सरोकारवालाहरुले जोड दिएका छन्। डिजिटल न…
‘डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयन अझै कमजोर छ’
नेपालको डिजिटल अर्थतन्त्र र वित्तीय अर्थतन्त्र कार्यान्वयनमा कमजोर रहेको सरोकारवालाहरु…
डिजिटल अवसर र उद्यमशीलतालाई जोगाउनै कठिन, युवा र स्टार्टअपलाई प्रोत्साहनको खाँचो
नेपालमा डिजिटल अवसर र उद्यमशीलतालाई बढावा दिन स्टार्टअप कम्पनी र युवा जनशक्तिलाई ज…
ह्वावे डिजिटल नेपाल कन्क्लेभको दोस्रो दिनः नवप्रवर्द्धन, उद्यमशीलता, सुरक्षा र नेतृत्वमा बहस हुँदै
ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ दोस्रो दिन पनि जारी रहेको छ । शुक्रबारदेखि सुरू …
ग्राहकलाई ढुक्क बनाउँदै वर्ल्डलिंकः इन्टरनेट स्पिड स्लो भए पैसा फिर्ता हुने
वल्र्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ । निजी क्षे…
दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूको जोड
दूरसञ्चार पूर्वाधारको सहप्रयोगमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबारदेखि सुरू…
समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पा…
डिजिटल नेपाल कन्क्लेभ : पहिलो दिन डिजिटल सक्षमताका लागि पूर्वाधारमा छलफल हुने
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आ…
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २…
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन …