कीवर्डहरू -

समाचार

अवसर इन्टर आईटी कलेज फुटसल कप सम्पन्न

चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे भने दोश्रो हुने टिमले २० हजार नगदसिहत ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितमा म्यान अफ द म्याच हेटौंडा स्कुलका खेलाडी सुजल लामा, उत्कृष्ट खेलाडी हेटौंडा स्कुलका विश्व लामा, उत्कृष्ट गोल किपर आइएसएमटी कलेजका सुरज गुरुङ बने भने सबैभन्दा बढी गोल गर्ने खेलाडी आइएसएमटी कलेजका देव तामाङ रहे । उनीहरु सबैले प्रति खेलाडी ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफि प्राप्त गरेका छन् ।

पुरस्कार वितरण समारोहमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेले ‘वाइवी’ को प्रमुख उपस्थिति रहेको थियो भने पपुलर युनिसेक्सका सञ्चालक सुलभ सिग्देलको विशेष उपस्थिति रहेको थियो ।

सेन्ट्रल कलेजले खेलमा मुख्य सहयोग गरेको थियो । यसका साथै प्रतियोगितालाई विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए । 

प्रतियोगितामा कुल १० टिम सहभागी भएका थिए प्रतियोगिताको उद्घाटन सत्रमा जिल्ला समन्वयन समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थिति रहेको थियो।

सुरुवाती खेल पृथ्वीनारायण क्याम्पस पोखरा र बोस्टन इन्टरनेशनल कलेज भरतपुरबीच भएको थियो भने खेलमा पृथ्वीनारायण क्याम्पस विजयी भएको थियो ।

भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी विद्यार्थीहरुबीच एकआपसमा सम्बन्ध विस्तार गर्न यस फुटसल आयोजना गरिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।

 

समाचार

गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविध…

मानिसलेजस्तै काम गर्न सक्ने ह्युमनोइड रोबोट अप्टिमस सन् २०२५ को अन्त्यसम्ममा सार्वजनिक हुने

टेस्लाका सीईओ एलन मस्कले कम्पनीको ह्युमनोइड रोबोट अप्टिमसको बारेमा नयाँ अपडेट साझा गरेका छन् । मस्कले अप्टिमसले बजारमा प्रवेश गर…

गृहमन्त्रीविरूद्ध कमेन्ट गर्दा यातना दिएको भन्दै सार्वजनिक भएको भिडियो गलत होः साइबर ब्यूरो

नेपाल प्रहरीको साइबर ब्यूरोले जाजरकोट घर भएका हाल कीर्तिपुर बस्ने गणेशमान सिंहले पोष्ट गरेको भिडियो सामग्री प्रति गम्भिर ध्यानाक…

विश्व बजारमा हार्मोनी ओएस सार्वजनिक गर्ने ह्वावेको योजना

ह्वावेले आफ्नो अपरेटिङ सिस्टम हार्मोनी ओएस विश्व बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले चीनमा लोकप्रिय रहेको हार्मोनी ओएसल…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्ष…

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालमा रहेको अग्रणी साइबर सुरक्षा फर्म, भैरव टेकले आफ्नो सर्भिस अर्गनाइजेशन कन्ट्रोल (SOC) टु टाइप वान प्रमाणित कम्पनी बन्न सफल भ…

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल…

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने भएको छ । ह्वाट्सएपले इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने सुविधा ल्…

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

नयाँ सामाजिक सञ्जाल एयरच्याट सार्वजनिक भएको छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल हो ।

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा …

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो एआई टूल भासा १, फोटोबाट भिडियो बनाउन सकिने

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा हरेक दिन केही नयाँ भइरहेको हुन्छ । भर्खरै, ओपनएआईले सोरा र गूगलले भिड्स प्रस्तुत ग…

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले नेपाली आईटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्न पाउने …

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यले पाए सफाइ

नेशनल पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन तत्कालिन कार्यकारी निर्देशक सुनिल…