समाचार
विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर, कति भयो राजस्व सङ्कलन ?
विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स-डिएसटी)वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब रु १० करोड राजस्व सङ्कलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार हालसम्म नेपालमा विद्युतीय सेवासम्बन्धी कारोबार गर्ने नौ कम्पनी दर्ता भएका र छ कम्पनीले कर तिरेका छन् । सिङ्गापुरमा कार्यालय रहेका दुई कम्पनी गुगल एसिया प्यासिफिक प्राइभेट लिमिटेड र लिङ्क्डइन सिङगापुर प्राइभेट लिमिटेड दर्ता भएर कर तिर्न थालेका छन् । आयरल्यान्डको डब्लिनमा ठेगाना राखेर दर्ता भएको गुगल आयरल्यान्ड लिमिटेडले पनि कर तिर्न थालेको छ ।
त्यस्तै, संयुक्त राज्य अमेरिकाको वेल्मिङ्टनमा प्रधान कार्यालय रहेको एनसिएस पिअर्सन इन्कर्पोरेसन लिमिटेड, अमेजन डट कम सर्भिस एलएलसी र अमेजन वेभ सर्भिस इन्कर्पोरेसन लिमिटेड नेपालको कर प्रणालीमा दर्ता भएर डिएसटी तिर्न थालेका छन् ।
ठूला करदाता कार्यालयमा दर्ता भइसके पनि तीन कम्पनीले भने कर तिर्न बाँकी रहेको पाइएको छ । वेल्मिङ्गटन, काउन्टी अफ न्यू क्यासल ठेगाना रहेको इब्स्को इन्टरनेशनल इन्कर्पोरेस, डब्लिन आयरल्यान्ड ठेगाना भएको मेटा प्लाटफर्म्स आयरल्यान्ड लिमिटेड र सिङ्गापुर ठेगाना राखिएको माइक्रोसफ्ट रिजनल सेल्स प्राइभेट लिमिटेडले कर तिर्न बाँकी छ ।
गत आवको आर्थिक ऐनले नेपालमा पहिलोपटक विद्युतीय सेवामा करको प्रावधान गरेको थियो । आर्थिक ऐनमा डिएसटीको विषय राखिएसँगै नेपालमा विद्युतीय सेवा दिइरहेका कम्पनी कर प्रणालीमा दर्ता हुन थालेकाले राजस्व पनि उल्लेखरुपमा सङ्कलन भएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले बताए ।
‘विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउने विषय गत आवको आर्थिक ऐनमा व्यवस्था गरेको भए पनि कम्पनीहरु दर्ता भएर काम सुरु भएको दुई-तीन महिना मात्रै भयो । यस अवधिमा कर सङ्कलन राम्रो भएको छ’, उनले भने, ‘हालसम्म नौ वटा विदेशी कम्पनी दर्ता भएर कर तिर्न थालेका छन् ।’
विद्युतीय सेवा कर तिर्ने सबै कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भइरहेका छन् । नेपालको कर प्रणालीमा हालसम्म दर्ता भएका यी नौवटा कम्पनी सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका छन् ।
यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानुन बनाएको भएपनि अझै अधिकांश कम्पनी भने कर प्रणाली बाहिर छन् । गत आर्थिक वर्षको आर्थिक ऐनले ‘गैर बासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाई असुल गरिनेछ’ भनी व्यवस्था गरेको थियो ।
वार्षिक रू २० लाख सम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ । ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्ष अनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर ठूला करदाता कार्यालयमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन ।
नेपालमा सेवा दिइरहेका सबै सूचना प्रविधि क्षेत्रका लागि यस्तो कर प्रणाली बाध्यकारी हुन नसक्दा अधिकांश कम्पनी कर प्रणालीभन्दा बाहिरै रहेको देखिन्छ ।
गत वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ ।
यसरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने राखिएको देखिदैन ।
नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीहरुलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले देखाएका छन् । रासस
समाचार
अब अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण
प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अब अनलाइनबाटै हुने भएको छ । परराष्ट्रमन्त्री एन…
१० औं वर्षमा बससेवा, अनलाइनबाटै सार्वजनिक बसका ३५ हजार सिट बुक गर्न सकिने
नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा ९ वर्ष पुरा गरी १० औं वर्षमा प्रव…
यार्सा टेकको अडिक्युआर डिभाइस सार्वजनिक, एक वर्षको वारेन्टीसँगै निःशुल्क मर्मतको पनि सुविधा
क्युआर भुक्तानीको जानकारी आवाजबाटै दिने गरी यार्सा टेकले अडिक्युआर डिभाइस सार्वजनि…
इसेवा मनि ट्रान्सफरका सीईओ कोइराला बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मानित
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले वर्ल्ड कन्फेडेरे…
बाढी सम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै एनसेल
एनसेलले हरेक वर्ष बाढीे पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदाय…
नास्टको उपकुलपतिमा प्रा.डा. दिलीप सुब्बा नियुक्त
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्रा.डा. दिलीप सुब्…
हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, सेयर खरिदबिक्रीमा लगानीकर्तालाई सहज भुक्तानी
हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भए…
२१ औं वर्षमा आईटी कम्पनी इन्फोडेभलपर्स, वित्तीय क्षेत्रमा ६० प्रतिशत बजार हिस्सा
स्वदेशी सफ्टवेयर कम्पनीको नाम लिँदा अग्रपंक्तिमै आउने एउटा नाम हो, इन्फोडेभलपर्स । द…
गूगल सर्चबाट निजी जानकारी हटाउन सकिने
गूगल सर्चबाट फोन नम्बर, इमेल जस्ता निजी जानकारी हटाउन सकिने भएको छ । यसका लागि ग…
ईसेवा मनि ट्रान्स्फर र ट्र्याङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता
इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा ट्र्याङ्ग्लोबाट पनि सुरु भएको छ। स्थापना भएको त…
डिजिटल टिकट र स्मार्ट बेलको सुविधासहित रविले ल्याए ‘ब्लू बस’ सेवा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले …
गूगलको फाइल एप र नियरबाइ सेयर एपमा फोल्डर–शेयरिङ सुविधा
गूगलको फाइल एप र नियरबाइ सेयर एपमा अब फोल्डर–सेयरिंग सुविधा उपलब्ध भएको छ । फाइ…
कुमारी सुनौलो लगानी योजनाको भुक्तानी इसेवाबाटै गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि कुमारी सुनौलो लगानी योजन…
किङ्स कलेज र नामीद्वारा ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न साझेदारी
काठमाडौँ स्थित किंङ्स कलेज तथा नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स इन्स्टिट्युट…
अब शुन्य प्रतिशत ब्याजदरमै सेगवेका ईलेक्ट्रिक स्कुटर
सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहबले सेगवे इलेक्ट्रिक स्कुटरका ला…