समाचार
नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला
ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल आगामी सेप्टेम्बर १ मा हुनेछ ।
ग्लोकल टिन हिरोमा किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिने जनाइएको छ ।
सन् २०१५ मा काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर सुरु भएको यसले सन् २०१६ सम्ममा नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो सम्मानित गरिएको छ ।
अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत लाइभ स्ट्रिम पनि हुनेछ।
समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निःशुल्क आवेदन भर्न सक्ने छन् ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् ।
ग्लोकलप्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा ग्रुपसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा युनिसेफ, संघीय गणतन्त्र जर्मनीको दूतावास,स पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस समर्थकमा भ्यू योर चोइस रहेका छन्।
समाचार
दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्…
अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ
अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । …
आइएमई पेमा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका
आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो…
डिशहोमले पायो आइएसओ गुणस्तर चिन्ह
नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र …
बजेटबारे सूचना प्रविधि क्षेत्रका विज्ञ भन्छन् : बजेट सकारात्मक छ, तर कार्यान्वयनमा चुनौती आउँछ
सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले सका…
आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?
क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…
हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक
नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…
आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…
एनआईसी एशिया बैंकको मोबाइल एपबाट थापाथली र पशुपति बहुमुखी क्याम्पसमा भुक्तानी गर्न सकिने
एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्या…
एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्…
आइएमई पेबाट अरोगीन हेल्थ केयरमा भुक्तानी गर्दा ४५ प्रतिशतसम्म छुट
‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता …
बजेटको उद्देश्य विद्युतीय सवारीलाई निरुत्साहित गर्ने होइनः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको ध्येय विद्युतीय सवारी साधानलाई निरुत्साहित गर्…
महावीर पुनले भने, ‘सरकारले ढाँट्यो, आविष्कार र स्टार्टअपका लागि १ प्रतिशत बजेट छुट्याएन’
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …
अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र
सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…