कीवर्डहरू -

समाचार

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक, यसरी गर्नुहोस् डाउनलोड

नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक भएको छ । शनिबार नेपाल कल परिषद्मा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नित्या रञ्जना युनिकोड फण्ट सार्वजनिक गरेकी हुन् ।

अहिलेको डिजिटल युगमा लिपिको संरक्षण र प्रवर्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गर्न आवश्यक रहेको तथ्यलाई मध्यनजर राख्दै क्यालिजात्रा फाउण्डेशन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपको सहयोगमा रञ्जना युनिकोड फन्ट विकास गरिएको क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्द कुमार महर्जनले बताए । 

रञ्जना लिपि विशेषज्ञका रूफमा समेत रहेका महर्जनले  फन्टको विकासमा महत्त्वपूर्ण योगदान पर्‍याएका छन् । फन्ट विकासमा मुरली कुमार प्रलाहदले आर्थिक सहयोग गरेका छन् । 

यो रञ्जना युनिकोड फन्ट विश्वभर निःशुल्क रूपमा प्रयोग गर्न सकिने छ । देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि यो उपलब्ध हुनेछ । यदी तपाई पनि नित्या रञ्जना फन्ट डाउनलोड गरेर प्रयोग गर्न चाहहुनहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ । 

यो सबैभन्दा उन्नत र राम्रोसँग डिजाइन गरिएको रञ्जना फन्ट हो, जुन स्क्रिन, प्रिन्टिङ र वेवमा पनि प्रयोग गर्न सकिने छ ।

हिजोको दिनमा उपयुक्त डिजिटल लिपिको उपलब्धता नभएतापनि लिपिको प्रयोगमा बढोत्तरी भाएको र प्रयोग गरिएका ठाउँमा पनि गलत स्क्रिप्ट लेखन भइरहेकाले अब त्यस्तो समस्या कम हुने अपेक्षा गरिएको छ ।

यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको हुनाले रञ्जना लिपिलाई प्रवद्धन गर्न र सही रूपमा प्रयोग बढाउन मद्दत गर्ने विश्वास गरिएको छ । यसबाट सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने बताइएको छ । 

नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तया अमूर्त सास्कृतिक सम्पदा विश्वव्यापीकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको र यसै कारण ऐतिहासिक कालखण्ड देखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, बोकेको रन्जना लिपी समेत पछिल्लो समय ओझेलमा पर्दै गएको छ । 
 

समाचार

वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा घर भई हा…

सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने…

‘व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ’

नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको …

विशेष अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

विशेष अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ । विशेष अदालतले आफ्नो सुनुवाई लाइभ स्ट्रिमिङ गर्ने तयारी अगा…

गूगल म्यापको नेभिगेसन पहिले भन्दा राम्रो र सटीक बनाइँदै

गुगल म्यापका प्रायः प्रयोगकर्ताहरूले अनौठो नेभिगेसन देखाउने समस्यामा भोगिरहेको हामीले सुन्दै आएका छौ । तर अब भने गूगलले यो सम…

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द भएका छन् ।

कम्प…

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी हुने भएको छ । 

राष्ट्रिय प…

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउनुपर्छः डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तय…

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई …

पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्छः मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्ने बताएका छन् ।

माइक्रोसफ्ट कोपाइलटमा नयाँ अपग्रेड, जीपीटी ४ टर्बो अब निःशुल्क प्रयोग गर्न सकिने

अब माइक्रोसफ्ट कोपाइलटमा निःशुल्क जीपीटी ४ टर्बो प्रयोग गर्न सकिने भएको छ ।

माइक्रोसफ्टले …

सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म दर्ता रोक्न सरकारलाई अनुरोध

एशिया इन्टरनेट कोलिसन (एनआईसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म नेपालमा साम…

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया क्युआर कोडबाटै लिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘ग…

राईडअक्सले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) ले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने भएको छ । छिट्टै सार्वजनिक हुन लागेको राईडअक्सले वीरगंजको रानिघाटमा राइ…

क्वालकमद्वारा आफ्नो फ्ल्यागशिप स्न्यापड्रागन चिप घोषणा, कहिले हुन्छ सार्वजनिक ?

सेमीकन्डक्टर, सफ्टवेयर र वायरलेस प्रविधि निर्माता कम्पनी क्वालकमले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ स्न्यापड्रागन चिपसेट ल्याउने भएको…