समाचार
अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ
अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयले काठमाडौको विभिन्न स्थानहरुबाट ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपाली नागरिकहरूमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर, रविना मगर, सुनिता गुरूङ, जुमना गोले र अनु गुरूङ रहेका छन् ।
यस्तै चिनियाँ नागरिकमा हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सी गुए यी, सी सुआङ दी, गाओ मिङ, इयु पिङ भिङ, चेन दुर लिन र लिन जिन होङ रहेका छन् ।
काठमाडौंको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा अफिस संचालन गरी सामाजिक संजाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइन मार्फत बिजनेसबाट ठुलो रकम फाईदा हुन्छ भनी टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभन पार्ने गरेको सूचना प्रहरीले पाएको थियो ।
उक्त सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौको विभिन्न स्थानहरुबाट ठगी कार्यमा प्रयोग गरिएका निम्न विधुतीय उपकरणहरुसहित ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक सहित १९ जना व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत १४ गते काठमाडौको बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला र का.जि. का.म.न.पा वडा नं.४ चण्डोलबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूलाई सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको प्रहरीले जानकारी दिएको छ ।
समाचार
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई प्रोफेशनल एक्सिलेन्स अवार्ड
जानकी टेक्नोलोजीका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा…
११ लाख पुग्यो फोनपे मर्चेन्ट नेटवर्कको संख्या
फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या ११ लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…
देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा
सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मा…
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने !
अब एक हप्तामै ड्राइभिङ लाइसेन्स पाइने भएको छ । ट्रायल पास गरेर राजस्व बुझाएको एक ह…
अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै
यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका …
अब नेपालीमै इम्बोस्ड नम्बर प्लेट राखिने, शुल्क पनि घट्ने
अब नेपाली भाषामै इम्बोस्ड नम्बर राखिने भएको छ । सोमबार उपप्रधान एवं भौतिक पूर्वाधा…
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने
एप्पलले विभिन्न नयाँ फिचरहरु सहित आइओएस १७ सार्वजनिक गर्ने भएको छ । यो फिचर मर्मतस…
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटा सार्वजनिक
च्याटजीपीटी प्रयोगकर्ताको संवेदनशील डेटालाई सार्वजनिक भएको छ । ओपनएआइका अनुसार एउ…
अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प हुँदै, यसरी हुनुहोस् सहभागी
डेभ कम्युनिटी नेपालले अनलाइनबाटै ४५ दिने फ्लटर बुटक्याम्प सञ्चालन गर्ने भएको छ । आउ…
मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा व…
आईटी ग्लोबल प्रालिले सञ्चालनमा ल्यायो ‘इन्नोभेसन सेन्टर’
आईटी ग्लोबल प्रालिले काठमाडौंमा ‘इन्नोभेसन सेन्टर’ स्थापना गरेको छ । डेल टेक्नोलोजी…
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा
गो एनीह्वेयर फाइल ट्रान्सफर सफ्टवेयर प्रयोग गर्ने कयौँ व्यवसायहरु र्यान्समवेयर आक्रमणमा…
धुलिखेल अस्पतालको ‘मोबाइल एप’ सञ्चालन, अब अनलाइन अपोइन्टमेन्ट लिन सकिने
आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबा…
सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न सकिदैनः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्व…
नेपाली पात्रो र तोयनाथ पात्रो बीच सहकार्य, ‘नेपाली पात्रो’ पञ्चाङ्ग अब अझै शुद्ध र स्पष्ट हुने
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यून…