कीवर्डहरू -

समाचार

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारतीय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका २० हजार  भन्दा बढि खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ।
 
खल्तीले, नेपालको भुक्तानी नेटवर्क फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भारतको नेशनल पेमेन्ट कर्पोरेशन एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआइपिएल) सँगको सहकार्यमा, दुई देश (नेपाल–भारत) बीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।
 
खल्तीको यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब फोन पे, बिएचआइएम यूपिआइ जस्ता एनपीसीआई अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन् ।

भारतिय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले साटही र कार्डको झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन् ।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यू आर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृढ गर्न सक्नेछन् ।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ ।  यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफू सँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले  बताएको छ ।

साथै, अबको केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतिय बजारमा क्यु आर स्क्यान  गरि भुक्तानी गर्न  व्यवस्था ल्याउने कुरा खल्तीले  बताएको छ ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “आफू सँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी निकै नै हर्षित छौँ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा हामी बिश्वस्त छौँ । ”
 


 

समाचार

इसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा

नेपालमा सबैभन्दा धेरै पर्यटकहरू हाम्रो छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्( यो त हामी सबैलाई थाहा भएकै कुरा भयो। दु…

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।…

सामसङको ग्यालेक्सी रिङ सार्वजनिक

सामसङले ग्यालेक्सी रिङ नामक पहिलो स्मार्ट रिङ सार्वजनिक गरेको छ । सामसङ ग्यालेक्सी रिङ बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कांग्रेस (ए…

नेपाल–भारतबिच अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु

नेपाल–भारतबिच आजदेखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । यससँगै नेपालमा आउने भारतीय नागरिकले  क्युआर मार्फत भु…

न्यूर्याक टाइम्सले आफ्नो मुद्दा सही पार्न गर्याे च्याटजीपीटी ह्याक

गत वर्ष डिसेम्बरमा, टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध प्रतिलिपि अधिकार (कपिराईट) उल्लङ्घनको आरोप…

टिम भिजनले जित्यो ख्वप कलेज अफ इन्जिनियरिङमा हल्ट प्राइज

ख्वप कलेज अफ इन्जिनियरिङका तीन विद्यार्थीको समूह टिम भिजन ख्वपा कलेज अफ इन्जिनियरिङबाट हल्ट प्राइजको विजेता बनेको छ ।…

सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी …

नेपाली बजारमा आउँदै नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम, भेन्डरलाई २४ घण्टाभित्रै भुक्तानी

नेपाली बजारमा नयाँ ई-कमर्स प्लेटफर्म मोलतोल डटकम आउने भएको छ । आउँदो मार्च १ देखि …

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा

दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना …

एन्ड्रोइडमा एक्स लोडर मालवेयर फेला, प्रयोगकर्ताको संवेदनशील डेटा चोर्न सक्ने

क्रोम जस्तो देखिने मालवेयर एन्ड्रोइड एक्स लोडरले प्रयोगकर्ताहरूका लागि खतरा बन्दै गईरहेको पाइएको छ । साइबर सुरक्षा विश…

सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिइनेछः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रमा पूर्वाधार विकास, सहुलियत र प्रोत्साहन दिने नीतिलाई निर…

वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र एनसीएचएलबीच क्रस बोर्डर भुक्तानी सहज बनाउन सम्झौता

बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपा…

फिगर एआई: बेजोसदेखि एनभिडियासम्मको लगानीमा मानिसजस्तै रोबोट बनाउने स्टार्टअप

तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधिको संसारमा मानव रोबोटलाई लिएर नयाँ विवाद उत्पन्न हुन लागेको छ । आजकाल टेक संसारका धेरै ठ…

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको सेमिफाइनल सम्पन्न, फाइनलमा ५ टिम प्रवेश

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको फाइनलमा ५ टिम प्रवेश गरेका छन् । कुल १३ जनाको टिमबाट पिचिङका आधारमा ५ वटा टिम फाइनलमा प्र…

विवादमा परेपछि जेमिनाईको टेक्स्ट टू इमेज फिचर केही समय बन्द

पछिल्लो केही महिनादेखि विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ । अमेरिकी कम्पनी ओपनएआईले च्याट…