समाचार
५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल
‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु। हातमा बोकेर हिँड्न मिल्ने फोनबाट।’
यो संवाद हो आजभन्दा ५० वर्षअघि ३ अप्रिल, सन् १९७३ अर्थात् आजकै दिन डा. मार्टिन कुपूरले आफैले बनाएको क्रिम रङ्गको मोटोरोला कम्पनीको फोनबाट न्यूयोर्कमा रहेका प्रतिस्पर्धी डा. जोएल एंगल्ससँग बिना तार कल गरेका थिए ।
कूपरको कुरा सुनेर डा.एंगल एकछिन छाँगाबाट खसेजस्तो भए। किनकी उनीसँग संवाद गर्ने कुनै शब्द थिएन। सायद उनका प्रतिस्पर्धी कूपरले उनकै अगाडी बिना तार जो फोन गरेका थिए । विश्वको पहिलो फोन यही सेलुलर मोबाइल थियो ।
मोटोरोला कम्पनीका अनुसन्धानकर्ता मार्टिन कुपर । उनले आफूले तयार पारेको मोटोरोला डाइना-ट्याक ८०००एक्स हाते फोनबाट एटी एण्ड टीका जोएल एंगललाई फोन गरेका थिए। त्यतिबेला यो मोबाइलको तौल २ केजी थियो।
डा. कुपरले पहिलो पटक मोबाइल फोनको आविषकार सन् १९७३ मा गरे पनि बजारमा आउन यसलाई १० वर्ष लाग्यो। उक्त फोनको बारे थुप्रै अनुसन्धान गरियो र पछि सन् १९८३ देखि यसको बिक्री सुरु भयो।
अमेरिकाको न्युयोर्क शहरमा मोबाइल फोनको बिक्री सुरु हुँदा यसको बजारमूल्य ३ हजार९९५ अमेरिकी डलर अर्थात अहिलेको बजार मूल्यको हिसाबले १० हजार अमेरिकी डलर परेको थियो।
त्यतिबेला मोबाइलको तौल घटाएर १.१ केजीमा झारिएको थियो। ९ इन्च अग्लो मोटोरोलाको यो मोबाइलबाट फोन उठाउने र बोल्ने काम मात्र हुन्थ्यो। अहिले जस्तो फोटो खिच्ने र जीपीएस सिस्टम केही पनि सुविधा थिएन। सिमकार्ड हाल्ने सुविधा पनि थिएन।
९० वर्षीय डा. कूपर हास्दै भन्छन्, ‘ के तपाईलाई विश्वास लाग्छ ? अब हामी कारमा आधारित भएर फोनको विकास गरिरहेकाछौं र पछि यसले हामीलाई १०० वर्षसम्म घर र अफिसको कामको लागि मद्दत गर्नेछ।’
मोबाइल फोनमा डिजिटल प्रविधिको सहयोगले जीएसएमको प्रयोग सन् १९८७ बाट सुरु भयो । सन् १९९२ मा आएर पहिलोपटक एसएमएसको सुविधा उपलब्ध भयो। बेलायतमा पहिलोपटक म्यासेज पठाएर यसको सुरुवात भएको थियो।
क्यामेरासहितको मोबाइल फोनको आविस्कार सामसुङ कम्पनीले सामसुङ एससीएच-भी२००० फोनबाट गरेको थियो। यतिबेला २० वटासम्म फोटो खिच्ने सुविधा थियो, तर कसैलाई पठाउन सकिदैन्थ्यो। जे–एसएच०४ मोडलको फोनबाट मात्र खिचेको तस्बिर अन्य मोबाइलमा पठाउने कार्यको सुरुवात भएको थियो। यी दुवै मोबाइलको आविस्कार एसियामा भएको थियो।
इन्टरनेटसँग जोडिएको पहिलो मोबाइल फोन नोकिया ९००० हो। यो सन् १९९६ मा सार्वजनिक भयो। यस्तै आइफोनको सुरुवात सन् २००७ बाट भयो। विश्वमा हाल ६.९२ अर्ब स्मार्टफोन प्रयोगकर्ता छन् भने नेपालमा ७३ प्रतिशत परिवारमा इन्टरनेट पुगेको छ । बीबीसीबाट
समाचार
दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै
नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…
अभानी नेपालकी सह–संस्थापक शर्मालाई ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि
ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर…
डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने
अब डिजिटल बैंकिङ सेवा पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बन्न पुगेको छ । नेपाल …
ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?
सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थप…
साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्…
टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्
नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले …
विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट
माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…
सरसफाइकर्मीको सुरक्षासम्बन्धि प्रविधि विकास गर्न ह्याकाथन हुँदै, ५० लाख बढी पुरस्कार
खानेपानी तथा ढल निकास विभाग र एशियाली विकास बैंकको आयोजनामा तथा नेपाल विज्ञान …
अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने
के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो ? र तपाई सवारीको कागजात ट्राफिक प्रहर…
ट्राफिक प्रहरीले दिन थाल्यो क्यूआर कोडसहितको प्रतिलिपि
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोडसहितको प्रतिलिपि सि…
लगानीकर्तालाई वित्तीय जानकारी र प्राविधिक विश्लेषण दिने प्लेटफर्म मनि मित्र सार्वजनिक
सन २०२० देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको आइडियाप्रेन…
एप्पल पेमा नयाँ सुविधा, अब विना ब्याज एक हजार डलरसम्म ऋण लिन सकिने
एप्पलले ‘एप्पल पे लेटर’ सेवा सुरू गरेको छ । यस अन्तर्गत एप्पलको डिजिटल वालेट एप्पल…
एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्वीच
एनआईसी एशिया बैंकले Societe Maghrebine de Monetique (S2M) System सँगको सहकार्य…