समाचार
अध्यागमन विभागद्वारा अनलाइनबाट ‘रुट परमिट’ जारी
अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन) मार्फत रुट परमिट जारी गरेको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको हो ।
निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए ।
उनका अनुसार म्याजिकल नेपाल प्रालिमार्फत तीनजना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ । अनलाइनमार्फत रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन् । अनलाइनमार्फत रुट परमिट दिने व्यवस्था भएसँगै अब मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्ला जिल्लाको सिमकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजङ्गा क्षेत्र जाने पर्यटकलाई सहज हुने भएको छ ।
टानका अध्यक्ष नीलहरि बास्तोलाले निषेधित क्षेत्रको परमिट अनलाइनमार्फत गर्दा पदयात्रा पर्यटक व्यवसायीलाई सहज हुने जानकारी दिर्ए । ‘जति धेरै पर्यटकलाई सहजता दिन सक्यो त्यति नै धेरै पर्यटक नेपाल घुम्नका लागि आउँछन्, उक्त अनलाइन सेवाले पर्यटन व्यवसायीलाई सहयोग पुग्ने विश्वास मैले लिएको छु’, उनले भने ।
अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइन प्रणालीमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए । उक्त प्रणालीसँगै पर्यटकले अब सहजैरुपमा आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्युआर पेमेन्ट’ गरी सहज तरिकाले परमिट लिन सकिने उनको भनाइ छ ।
समाचार
सञ्चालनमा आयो ई-कमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी प्रडक्टको भरपर्दो गन्तव्य बन्ने लक्ष्य
ई-कमर्स प्लेटफर्म डिजिटल साहुजी सञ्चालनमा आएको छ । आईटी सम्बन्धि प्रडक्टहरू मात्रै डेलिभर गर्ने उद्देश्यले डिजिटल साहुजी सञ्चालनमा आ…
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पायो पूर्णता
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सूचना प्रविधि समितिले पूर्णता पाएको छ । उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले…
लगानी सम्मेलनमा आउन एलन मस्क, मार्क जुकरवर्ग र ज्याक मालाई पनि निम्ता
आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित सरकारले तेस्रो पटक…
नेपालको लागि एक मात्र एडब्लुएस ट्रेनिंग पार्टनरको रुपमा छानियो जेनेस एकेडेमी
काठमाडौँस्थित सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्रएडब्लुएस ट्रेनिंग पार्टनरको रु…
अब ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट लिन नपाइने
मेटाले ह्वाट्सएपमा प्रोफाइल फोटोको स्क्रिनसट नलिन दिने भएको छ । वाबेटा इन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले एन्ड्रोइड बेटा टेस्टरहरू…
एलजीले पायो एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन
एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली(एआईएमएस) सर्टीफिकेसन(ISO/IEC 42001) प्राप्त गर…
केवाईसी भर्ने प्रक्रियालाई सहज बनाउँदै ठेगाना आईडी एप, अब मोबाइलबाटै सबै विवरण पठाउन मिल्ने
अहिलेसम्म कुनै पनि संस्थाको केवाईसीका लागि आवश्यक पर्ने सबै विवरण कार्यालयमै गएर कागजमा लेख्नु पर्ने बाध्यता छ । एकातिर हामी प्र…
दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण
नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पदभार ग्रहण गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा…
बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेजमा केइसी लाइट २०२४ आयोजना हुँदै
फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना हुने भएको छ । बुधबारदेखि कान्तिपुर इन्जिनियरिङ कलेज इ…
कोडेभर इन्टरनेसनलको राष्ट्रिय प्रतियोगीताको ‘उत्कृष्ट प्रस्तुति’ अवार्ड काठमाडौँ न्यु क्यासल स्कुललाई
निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रत…
हल्ट प्राइज एट पुलचोक क्याम्पसको फिनाले सम्पन्न, दृश्य टिम बन्यो विजेता
द हल्ट प्राइज एट आइओइ पुलचोक क्याम्पसको फिनाले सम्पन्न भएको छ । गत शनिबार द इन्ट्रान्स क्याफेमा फाइनल कार्यक्रम आयोजना भए…
सफा नेपालले जित्यो डब्लुएसए अवार्ड २०२३
सफा नेपाल वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को विजेता बनेको छ । अवार्डको इन्भाइरोमेन्ट एण्ड ग्रीन इनर्जी विधा अन्तर्गत सफा नेपाल विजेता बन्न सफल भएक…
प्रधान न्यायालयको फैसला सर्वोच्च अदालतको वेबसाइटमा हेर्न सकिने
सर्वोच्च अदालतको ‘वेबसाइट’मा प्रधान न्यायालय (२००८–२०१३) को फैसला हेर्न सकिने भएको छ। नेपाल कानुन पत्…
नेपाली नागरिकले अब पासपोर्ट, नागरिकताका आधारमा भारतीय सीमकार्ड लिन पाउने
नेपाली नागरिकले अब भारतीय सीमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जालमार्फ…
एप्पल आईओएस अपडेट: इमोजीमा कार्टुनको झलक देखिने
एएप्पलले अर्को महिना आफ्नो आईओएसको नयाँ अपडेट जारी गर्ने भएको छ । यसको साथसाथै एप्पल प्रयोगकर्ताहरूले धेरै नयाँ फिचरहरू प्राप्त …