समाचार
सोरू, सगरमाथा क्षेत्र र बाजुरामा क्यासिफिकको स्याटेलाइट इन्टरनेट सञ्चालनमा
क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटले सोरू, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा ल्याएको छ । हालै कर्णालीको सोरू गाउँपालिका, सगरमाथा क्षेत्र र बाजुरामा स्याटेलाइट इन्टरनेट सञ्चालनमा आएको हो ।
सोरू गाउँपालिकामा आईटेल नेटवर्क, सगरमाथा क्षेत्र र बाजुरमा एभरेष्ट लिंकले स्याटेलाइट इन्टरनेट राखेका हुन् । सोरू गाउँपालिकाले अहिले स्याटेलाइट इन्टरनेट सरकारी एप्लिकेसनमा प्रयोग गर्ने जनाएको छ । त्यसपछि गाउँपालिकाका अन्य ठाउँमा पनि विस्तार गर्ने योजना रहेको छ ।
सगरमाथा परामिड क्षेत्रमा पर्यटकहरूलाई लक्षित गर्दै एभरेष्ट लिंकले भरपर्दो र गुणस्तरीय सेवा दिन स्याटेलाइट इन्टरनेट राखेको हो । यस्तै बाजुरामा जर्मनीको संस्था जीआईजेडले सशक्तिकरणको एउटा परियोजना सञ्चालन गरिरहेको छ । बाजुरामा यसअघि नै इन्टरनेट सेवा पुगिकसकेको थियो । तर भरपर्दो इन्टरनेट सेवा नहुँदा केन्द्रसँग सम्पर्क गर्न अप्ठ्यारो भएपछि जीआईजेडले स्याटेलाइट इन्टरनेट प्रयोग गरिरहेको छ ।
विशेष गरी दुर्गम ठाउँ तथा विपद्को समयमा भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवाका लागि स्याटेलाइट इन्टरनेट उपयोगी हुन्छ । तर पछिल्लो समय सुगम ठाउँमै पनि ब्याकअप इन्टरनेटको रूपमा पनि स्याटेलाइट इन्टरनेट हुनुपर्ने आवश्यकता देखिन थालेको छ ।
नेपालमा ब्याअप र भरपर्दो इन्टरनेटको रूपमा ‘स्याटेलाइट इन्टरनेट’ अपरिहार्य भएको क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइटका नेपाल निर्देशक प्रदिप पन्हौरले बताए ।
‘केही दिन अगाडि इन्टनेट बन्द हुँदा विदेशमा सेवा दिने नेपाली आईटी कम्पनीहरू मर्कामा परेका थिए । यस्तो अवस्थामा सहज र छरितो सेवा प्रवाहको लागि स्याटेलाइट इन्टरनेट ब्याकअपको रूपमा अपरिहार्य देखिएको छ,’ उनले आईसीटी समाचारसँग भने, ‘यसका साथै स्याटेलाइट इन्टरनेट भरपर्दो, गुणस्तरीय र निरन्तर सेवा प्रवाहका लागि सबैका लागि उत्तिकै उपयोगी छ ।’
समाचार
महिलाले नेतृत्व गरेका स्टार्टअप तथा परियाेजनाकाे प्रदर्शनी गर्दै दूरसञ्चार प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा किशोरी तथा महिलाहरुबाट सिर्जित सूचना तथा सञ्चार प्रविधिमूलक प्र…
महिला आईसिटी सशक्तिकरण कार्यक्रमलाई हाइलाइट गर्ने भिडियो सामाग्री पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको आह्वान
नेपाल दूरसञ्चार प्राधिकरणले अन्तराष्ट्रिय दूरसंचार संघको आह्वानमा विश्वव्यापी रुपमा प्रत्येक बर्ष सूचना तथा सञ्चार प्रविधिमा महिला स…
घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…
शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त …
दुई लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ फुड फेस्ट सम्पन्न, रु. ९९ को अफर सुरू
राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको 'दोस्रो पठाओ फूड फेस्ट २०२४' दुई लाख ६० हजार भन्दा ब…
आविष्कार केन्द्रमा बन्यो प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचर बनाउन सकिने मेसिन
राष्ट्रिय आविष्कार केन्द्रले प्लास्टिक फोहरबाट विभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेसिन विकास गरेको छ ।
माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई पासकी सुविधा उपलब्ध हुने
माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई अब पासकी सुविधा उपलब्ध हुने भएको छ । यसले गर्दा प्रयोगकर्ताले पासवर्डरहित सुविधा जस्तै व…
कसरी हेर्ने डीभीको नतिजा ?
अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज राति आउँदै छ । वैशाख २२ गते शनिबार राति ९:४५ बजेबाट डीभीको नतिजा हेर्न सकिने छ । …
राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज
सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको छ ।
वैश…
ओपनएआइले नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने
ओपनएआईले एआई टेक्नोलोजीको संसारमा एक क्रान्तिको रूपमा उभिएको छ, जसले टेक्नोलोजिकल संसारलाई निरन्तर परिवर्तन गर्दै संगसुधार गर्द…
भन्सार छलेर ल्याइएका ८ लाख बराबरका मोबाईल डिस्प्ले बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर ल्याइएका अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ ।
सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट, मेरो सेयर र ब्रोकर खाता सञ्चालनमा
सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा…
अपस्ट्रिमले इन्टरनेट काटिदिएपछि नेपालको इन्टरनेट सेवामा समस्या
नेपालमा ठूला इन्टरनेट सेवा प्रदायहरूको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि सुबिसु, वर्ल्डलिंक, भायानेट लगाय…
इन्स्टाग्रामको अल्गोरिदम परिवर्तन, अब मौलिक सामग्री क्रियटरलाई फाइदा हुने
फोटो सेयरिंग एप इन्स्टाग्राममा अर्बौं क्रियटरहरू छन्, जसले हरेक दिन विभिन्न प्रकारका सामग्रीहरू सिर्जना गर्छन् । यद्यपि इन्स्टाग्र…
डेटा सेन्टर सञ्चालनका लागि कानुन तथा मापदण्डको तर्जुमा गर्दैछौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डेटा सेन्टर सञ्चालनका लागि कानुन तथा मापदण्डको तत्काल तर्जुमा गर्न लागेको बताएक…
सूचना–प्रविधिलाई 'लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने…