कीवर्डहरू -

समाचार

समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न कठिन भयो : सञ्चारमन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्‍ने आभास हुन थालेको बताएकी छिन् ।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’को फायर साइड पावर संवादमा बोल्दै सञ्‍चारमन्त्री शर्माले अहिले नेपालमा सूचना प्रविधिको सोचाइमा परिवर्तन आएको बताएकी हुन् ।

‘पहिले पहिले सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ । सूचनाट प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

उनले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले निरन्तर रुपमा काम गरिरहेको भन्‍दै त्यसका लागि आवश्यक नीति बनाउने काम भइरहेको बताइन् ।

उनले भनिन्, ‘ मन्त्रालय मात्र नभएर सरकारले मन्त्रिपरिषदमा पनि छलफल गरिरहेका छौं।’

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुरानालाई नीतिलाई समयानुकुल बनाउने गरी मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

सूचना प्रविधिबाट हुन सक्ने दूरूप्रयोग रोक्न मन्त्रालय सचेत छ। ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’ उनले भनिन् ।

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्यन गर्न कठिन भएको उनले बताइन्। उनले अगाडि भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ। यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ। ’

सूचना प्रविधि सेवामा आईटी पढेकालाई आकर्षित गर्न काम गरिरहेको बताउँदै उनले सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने बताइन्।

‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं।’

समाचार

नमस्ते पेको नयाँ अभियान, बम्पर अफरमा ल्यापटप र स्कुटर जित्ने मौका 

नमस्ते पेले विभिन्न अफर र क्यासब्याकका साथ सबैभन्दा बबाल अफर एभ्रिडे नामक नयाँ अभिय…

क्रोमको इन्कग्निटो मोडमा पनि अब स्क्रीनसट लिन सकिने

ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन किन्ने करदातालाई ५ प्रतिशत छुटको घोष…

सामसङको इन्स्टा फाइनान्स योजना, शुन्य प्रतिशत ब्याजदरमा मोबाइल किन्न वित्तीय सुविधा उपलब्ध हुने 

सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नय…

असार ७ गतेदेखि दराजको पे डेको झट्का अभियान, यस्ता छन् सुविधा 

नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे डेको झट्का’ …

नयाँ नयाँ चलचित्र प्रदर्शन गर्दै डिशहोम

बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्ल…

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाट पैसा झिक्न सक्ने, यस्तो छ तरिका 

इसेवा प्रयोगकर्ताले अब एभरेष्ट बैंकको एटीएमबाटै पैसा झिक्न सक्ने भएका छन् । नेपालमै…

अघि बढ्यो नास्टको उपकुलपति नियुक्ति प्रक्रिया

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रिया अगा…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा विभिन्न संस्थाका सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्…

विद्युत प्राधिकरणले लाइन नदिँदा सबै सरकारी वेबसाइट डाउन

५ असार, काठमाडौं। नेपाल सरकारका सबै वेबसाइटहरू डाउन भएका छन् । विद्युत प्राधिकरण…

कनेक्ट आईपीएसको रिफर योजनाः रिफर गर्नेले २५ र प्राप्त गर्नेले ५० रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्राइन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यसअनुसार प्रयोगकर्ताह…

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी

फिनटेक एलायन्स नेपाल र द ब्रिटिस कलेजबीच साझेदारी गर्ने सम्झौता गरेको छ ।

शुक्रबार र शनिबार ह्वावे डिजिटल नेपाल कन्क्लेभ, ६ विषयमा १५ बढी सेसन

असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ …

लुलु मनीबाट अब इसेवामा रेमिट्यान्स पठाउन सकिने

ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ । स्…

वेबसाइटबाटै यसरी गर्नुस् निःशुल्क भिडियो एडिट

पछिल्लो समय भिडियो कन्टेन्टको प्रयोग बढ्दै गइरहेको छ । सृजनाको सुन्दर विधाको रूपमा …