कीवर्डहरू -

समाचार

डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र उच्च–गुणस्तरीय उपकरणहरू ल्याउँदै आफ्नो उत्पादनहरु विस्तार गर्दै आएको छ ।

नेपालमा टेक्नोलोजी रुचाउनेहरूका लागि शाओमीले भर्खरै दुई शक्तिशाली डेस्कटप मोनिटरहरू एमआइ २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी र एमआइ डेस्कटप मोनिटर २७‘‘ इन्च  लिएर आएको छ ।

एमआइ २३.८‘‘ इन्च डेस्कटप मोनिटर १सी

एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी एक कम्प्याक्ट र फिचर–प्याक मोनिटर हो जसले आकर्षक भिजुअल सँगै अत्याधुनिक प्रविधि प्रदान गर्दछ । २३.८ इन्च आइपिएस एफएचडी डिस्प्लेले स्पष्ट डिटेलहरू प्रदान गर्दछ भने १७८ डिग्री भियुइंग एंगल भएको यो मोनिटर विभिन्न कामहरु जस्तै ग्राफिक डिजाइनिङ्ग, भिडियो इदिटिङ्ग तथा मनोरञ्जनका लागि उत्कृष्ट रोजाइ हो ।

फूल एचडी रिजोलुशनले उत्कृष्ट र क्लियर दृश्य प्रदान गर्नुका साथसाथै १७८ डिग्री भियुइंग एंगलले विभिन्न स्थानहरुबाट आरामदायी रुपमा हेर्न मद्दत गर्दछ । एमआइ २३.८‘‘  डेस्कटप मोनिटर वानसी, ६ एमएस फास्ट रेस्पोन्स र ६० हर्ज रिफ्रेस रेटसँग सुसज्जित छ र यसले स्मुथ दृश्यहरू सुनिश्चित गर्दै मोशन ब्लरलाई कम गर्छ जसले गर्दा गेमरहरू र मल्टिमिडिया रुचाउनेहरूका लागि यो एक उत्कृष्ट रोजाइ बन्दछ ।

यस मोनिटरमा रिफ्रेस रेटसँग रहेको ग्राफिक कार्डले थप इमर्सिभ गेमिङ अनुभवको लागि स्क्रिन टिएरिङ्ग र स्टटरिङ्गको समस्या हटाउँछ ।

ठुलो डिस्प्ले रुचाउनेहरूका लागि एमआइ डेस्कटप मोनिटर २७ इन्चले दृश्यात्मक रूपमा मनमोहक अनुभव प्रदान गर्दछ । यसको २७ इन्च आइपिएस एफएचडी डिस्प्लको साथमा, यो मोनिटरले गर्ने कार्यहरू जस्तै डिजाइन र कन्टेन्टको लागि आकर्षक र विस्तृत दृश्यहरू प्रदान गर्दछ ।

आइपिएस प्यानलले विभिन्न स्थानहरूबाट हेर्दा एकरूप रंगहरू र उत्कृष्ट दृश्यहरु सुनिश्चित गर्दछ । एमआइ डेस्कटप मोनिटर २७ इन्चको ७५ हर्ज रिफ्रेस रेट र ६ एमएस  रेस्पोन्स समयले सहज भिजुअलहरू प्रदान गर्दछ र द्रुत–गति गेमिङको समयमा हुने समस्याहरु कम गर्छ । तपाईंका जटिल परियोजनाहरूको काम होस् वा गेमिङको रमाइलोमा झुम्न, यो मनिटरले दृश्यात्मक रूपमा आकर्षक अनुभव प्रदान गर्दछ ।

दुबै मोनिटरहरू पातलो र आकर्षक डिजाइनमा आधारित छन् र त्यसैगरी अल्ट्रा–थिन बेजेलले स्क्रिनलाई अधिकतम ठाउँ दिने र थप इमर्सिभ अनुभव प्रदान गर्दछ । एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी, १५ डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ भने एमआइ  डेस्कटप मोनिटर २७ इन्च, एक्काइस डिग्री पछाडि र ५ डिग्री अगाडि ढल्काउन सकिन्छ जसले गर्दा आफ्नो अनुकूलता अनुसार यी मोनिटरहरुलाई मिलाउन सकिन्छ ।

कनेक्टिभिटी
कनेक्टिभिटीमा शाओमीले एचडीएमआइ, भिजिए र अडियो सहित विभिन्न कनेक्टिभिटी अप्सनहरूले प्रयोगकर्ताहरूलाई विभिन्न उपकरणहरू एकै साथ जडान गर्न र तिनीहरूको पूर्ण लाभ उठाउन मद्दत गर्दछ । यससँगै मोनिटरहरू भित्ता माउन्ट गर्न मिल्ने भएका हुनाले डेस्क स्पेस जोगाउने काम पनि गर्दछन् ।

मूल्य

नेपालमा २३.८ इन्च डेस्कटप मोनिटर वानसी  र एमआइ डेस्कटप मोनिटर  २७ इन्च को आगमनसँगै, शाओमीले विभिन्न प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने शक्तिशाली र किफायती उपकरणहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राखेको छ । एक डिजाइनर, गेमर, वा सामान्य प्रयोगकर्ता जोसुकैलाई पनि यी मनिटरहरूले प्रदर्शन, अत्याधुनिक फिचरहरु र किफायतीको संयोजनसँगै उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

एमआइ २७ इन्च डेस्कटप मोनिटर र एमआइ २३.८ इन्च डेस्कटप मोनिटर वानसी को बजार मूल्य रु. २२,९९९ र रु. १९,९९९ रहेको छ र नेपालभरका सबै आधिकारिक मी स्टोरहरूमा यी मोनिटरहरु उपलब्ध रहेका छन् ।

समाचार

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने

एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्…

अलिबाबाका संस्थापकको नाम कसरी रह्‍यो ‘ज्याक मा’?

चिनियाँ अर्बपति तथा विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अलिबाबाका संस्थापक ज्याक मा यति…

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने 

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गी…

सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण

पछिल्लो सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण भएका छन् । <…

नमस्ते पेका प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पे…

एनओसी लिन लाइन लाग्नु पर्दैन्, मोबाइलमै प्राप्त हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले नो अब्जेक्सन लेटर (एनओसी) मोबाइलमै पाउने व्यव…

अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छापिइरहेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रडण्ड’ले हाल दैनिक १५ हजारको संख्यामा राष्ट्रिय परिचयप…

एन बैंकको सुरुवातका लागि नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन …

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता लिन सकिने 

अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता पाइने भएको हो । कांग्रेसको सदस्यता व्यवस्था…

अब नेपाली मुद्रामै फेसबुकमा विज्ञापन गर्न पाइने

अब फेसबुकमा नेपाली मुद्रामै विज्ञापन गर्न सकिने भएको छ । फेसबुकको मुल कम्पनी मेटा…

दूरसञ्‍चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा नवराज अधिकारी नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नि…

नयाँ आवधिक योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामा

हाल मस्यौदा निर्माणको चरणमा रहेको १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) ल…

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौत…