कीवर्डहरू -

समाचार

गूगलको जीमेल, डकुमेन्ट र सिट्समा पनि अब जेमिनाईको सपोर्ट

गूगलले आफ्नो क्लाउड नेक्स्ट २०२४ सम्मेलनमा ठूलो अपडेटको घोषणा गरेको छ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्समा आधारित टूल जेमिनाईको सपोर्ट जीमेल, डक्युमेन्ट र सिट्समा उपलब्ध गराउन सुरू गरेको छ ।

यो नयाँ अपडेटको ठूलो फाइदा भनेको जीमेलका मोबाइल प्रयोगकर्ताहरूले बोलेर इमेल लेख्न सक्नेछन् । गूगलले जीमेलको साथ एआई भ्वाइस प्रम्प्टलाई समर्थन गरेको छ ।

जीमेलमा हेल्प मि राइट सुविधा उपलब्ध भएको छ, जसको मद्दतले बोलेर इमेल लेख्नको लागि एआई प्राप्त गर्न सक्नुहुन्छ । यस बाहेक, जीमेलका लागि एक इन्स्ट्यान्ट पोलिश फिचर पनि जारी गरिएको छ, जसले एक क्लिकमा राम्रो तरिकाले रफ मेल लेख्न सक्ने छ ।

गूगल डक्सको बारेमा कुरा गर्दा जेमिनाईको सहयोगमा डकुमेन्ट राम्रो तरिकाले व्यवस्थित गर्न सकिने छ । अब कुनै पनि डकुमेन्ट खोज्न पनि सजिलो हुनेछ । यस बाहेक, अब कभर इमेजका लागि धेरै विकल्पहरू उपलब्ध हुनेछन् । नयाँ अपडेट पछि, प्रेजेन्टेसन सिर्जना गर्न समेत सजिलो हुने जनाइएको छ ।

गुगल सिट्समा जेमिनाईको समर्थनपछि, प्रयोगकर्ताहरूले नयाँ टेबल पाउनेछन्, जसमा सबै प्रकारका डाटाहरू राम्रो ढाँचामा व्यवस्थित गर्न सकिन्छ । यसका साथै अब धेरै नयाँ टेम्प्लेटहरू उपलब्ध हुनेछन् । 

गुगल च्याटका लागि जेमिनाई समर्थन पनि जारी गरिएको छ । एआईको सहयोगमा सम्पूर्ण च्याटका प्रश्न र उत्तरहरू संक्षेप गर्न सकिने छ । नयाँ अपडेटले कुनै पनि सन्देशलाई तपाईंको भाषामा स्वचालित रूपमा अनुवाद गर्नेछ ।


 

समाचार

हाम्रो पात्रोले सुरू गर्‍यो ई-कमर्स ‘हाम्रो मार्ट’, अब एपबाट सामान पनि खरिद गर्न सकिने

अब हाम्रो पात्रोबाटै सामान खरिद गर्न सकिने भएको छ । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने एप हाम्रो पात्रोले ‘हाम्रो मार्ट&rsq…

अपराध अनुसन्धानमा सहयोगी बन्दै प्रहरीको मोबाइल एप, रिपोर्टदेखि उजुरी गर्नेसम्म सुविधा

अपराध अनुसन्धानमा नेपाल प्रहरीको मोबाइल एप सहयोगी बन्दै गएको छ । २०७६ असोजबाट सञ्चालनमा आएको एपबाट प्राप्त हुने सूचनाले अनुसन्…

नेपालका लागि गूगलको आधिकारिक प्रतिनिधि बन्यो मेडियम वाई अलेफ

अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिक…

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो नयाँ एप

नागरिक लगानी कोषले नयाँ मोबाईल एप ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको ला…

मिरा ईआरपी बारे प्रकाशित समाचारप्रति नियोसिस टेक्नोलोजीको ध्यानाकर्षण

डिजिटल सञ्चार माध्यममा अनलाइनखबरमा प्रकाशित मिरा ईआरपी समाचारप्रति मिरा सफ्टवेयर विकास गर्ने कम्पनी नियोसिस टेक्नोलोजीले ध्यानाक…

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर अब सेवा लिन सकिने

नागरिक एपमा भएको स्वास्थ्य बीमा परिचयपत्र देखाएर सेवा लिन सकिने भएको छ ।

नागरिक एपमा द…

दूरसञ्चार क्षेत्रमा चुनौतीहरू बढ्दै गएको सरोकारवालाहरूको भनाइ

दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आज (मंगलवार) काठमाडौंमा आयोज…

आउँदो वर्षहरुमा एआईका कारण ठूलो परिवर्तन हुने : एलन मस्क

टेस्लाका सीईओ एलन मस्कले एआईको बारेमा केही सम्भावनाहरू व्यक्त गरेका छन् । मस्कका अनुसार एआईको द्रुत विकासलाई हेर्दा अर्को एक वर्षम…

बोटका लाखौं ग्राहकको डेटा डार्क वेबमा लीक

यदि तपाईंले बोटका उत्पादनहरू प्रयोग गर्नुहुन्छ भने उत्पादन खरिद गर्दा बोटको साइटमा आफ्नो इमेल आईडी, सम्पर्क नम्बर र ठेगाना जस्ता ज…

माइडियाको नयाँ बर्ष अफर, सामान खरिदमा ४६ हजार पाँच सयसम्मको क्यासब्याक र आकर्षक उपहार

माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खु…

भाइबरको एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेन सुरू

नयाँ वर्षको अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गरेको छ । 

विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्न ग्लोबल आइएमई बैंक र जीआईजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी…

कोटिभिटी मुद्दा बारे तीन संगठनले भनेः आईटी उद्योग धराशायी बनाउने काम भयो, तत्काल निदान आवश्यक

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज (नास आईटी), नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन च्याम्बर अफ कमर्स इन न…

नेपाल क्लियरिङ्ग हाउस र नेप्स एक आपसमा मर्ज हुने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच…

जीमेलमा अब जेमिनाई एआईले जवाफ दिने

गुगलले लामो समयदेखि आफ्नो एआई च्याटटूल जेमिनाई एआईमा काम गरिरहेको छ । अब गुगलले जेमिनाई एआईलाई जीमेलमा सपोर्ट गर्ने तयारी गरिरहेको छ ।  गुगलको जी…