कीवर्डहरू -

समाचार

सरकारको नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिन क्यान महासंघको माग

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आर्थिक वर्ष २०८१-८२ को नेपाल सरकारको नीति तथा कार्यक्रम तयारीका सम्बन्धमा आफ्नो तर्फबाट सुझाव पेश गरेको छ । 

बुधवार क्यान महासंघका अध्यक्ष रणजीत पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. किरण रुपाखेतीलाई २४ बुँदे सुझाव बुझाएको हो ।

क्यान महासंघले सरकारको आगामी नीति तथा कार्यक्रममार्फत् सूचना प्रविधि क्षेत्रलाई उद्योगको रूपमा सम्बोधन गर्न माग गरेको छ । पछिल्लो आर्थिक वर्षमा मात्रै नेपालबाट ६७.८ अर्बको सफ्टवेयर निर्यात भएको प्रसङ्ग निकाल्दै महासंघले देशको आयमा निजी क्षेत्रले सफ्टवेयर र सर्भिस बिक्रीमार्फत ठूलो मात्रामा सहयोग गरिरहेकाले यसलाई आईटी उद्योगको रूपमा सम्बोधन गर्न माग गरेको हो । आईटी क्षेत्रमा राज्यले थप सुविधा दिए योभन्दा बढी मात्रामा आम्दानी गर्न सकिने महासंघको भनाइ छ ।

त्यस्तै क्यान महासंघले नेपाली सफ्टवेयर उत्पादनलाई सरकारको तर्फबाट नै सफ्टवेयरमा आत्मार्निभरताको लागि पहल गर्नसमेत अनुरोध गरेको छ । नीति तथा कार्यक्रममा हरेक प्रदेशमा एउटा फिनिसिङ स्कुल स्थापना गर्ने विषय समावेश गर्न पनि क्यान महासंघले सुझाव दिएको छ । आईटी पढेपछि उद्योगलाई  कस्तो खालको जनशक्ति आवश्यक छ, त्यो अनुसार पठाउन फिनिसिङ स्कुलले सहयोग पुर्याउने र यसबाट नेपालमै आईटी जनशक्तिको उचित व्यवस्थापन हुने महासंघको विश्वास छ । 

सरकारी डेटा सेन्टर (जीआईडीसी) को कतिपय लाइसेन्स एक्सपायर हुन लागेको सन्दर्भ निकाल्दै क्यान महासंघले जीआईडीसी सञ्चालनका लागि ठोस फ्रेमवर्क (गाइडलाइन्स) बनाउन पनि सुझाएको छ ।

साइबर सुरक्षा रेस्पोन्स टिम, सूचना प्रविधिमा आधरित कन्टेन्टलाई नियन्त्रणभन्दा उचित नियमनको व्यवस्था, विद्युतीय सुशासनमा जोड, आईटी विद्यार्थीलाई सरकारको तर्फबाट छात्रवृत्ति लगायतका कार्यक्रम समावेश गर्न पनि अनुरोध गरिएको छ । 

त्यस्तै नेसनल आईसीटी काउन्सिलको स्थापना, डिजास्टर रिकभरी,  डेटा सेन्टरलाई स्वचालित रूपमा सञ्चालन गर्नुपर्ने,  सरकारले महत्त्वपूर्ण सूचना प्रविधि प्रणालीमा स्वदेशी स्रोत र जनशक्तिलाई प्राथमिकता, डेटा सुरक्षा र गोपनीयतासम्बन्धी स्पष्ट कानुनी व्यवस्था, सरकारी सफ्टवेयरमा एकरूपता, प्रत्येक नेपालीको ‘युनिक आइडेन्टिफिकेसन नम्बर’, नयाँ प्रविधिको हस्तान्तरणमा निजी क्षेत्रलाई प्रोत्साहन, नागरिकको बायोमेट्रिक पहिचानका लागि एक एकद्धार केन्द्रीकृत प्रणाली, भन्सारको कर मूल्य समय अनुकूल परिमाजन गर्नुपर्ने, डिजिटलाइजेसन मार्फत भन्सार  नाकाहरुलाई ‘आइल्यान्ड अफ एक्सिलेन्स’ (उत्कृष्टताको टापु)कै रूपमा अघि बढाउने लगायतका कार्यक्रम राख्न सुझाव दिइएको छ । 

सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्नेगरी सरकारको नीति तथा कार्यक्रममा योजना समेट्न सुझाव दिइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

महासंघका अध्यक्ष रणजीत पोदारले नीति तथा कार्यक्रमले सरकारले निजी क्षेत्रसँग मिलेर हातेमालो गर्दै नेपाललाई आईटी हबको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिए । 

क्यान महासंघको सुझाव ग्रहण गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव डा. किरण रुपाखेतीले प्राप्त सुझावहरूलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 

समाचार

बससेवाको नयाँ वर्ष अफर, हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्ने

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्वजनिक गर…

एचआरको अन्तर्वार्ता लिङ्क क्लिक गर्ने बित्तिकै खाताबाट ४ लाख रुपैयाँ चोरी

अधिकांश मानिस हाल रोजगारीको खोजीमा ठगीको सिकार भइरहेका छन् । पार्टटाइम कामको नाममा दिनहुँ जनता ठगी भइरहेका छन् । अब एक सामाजिक सञ् जाल प्रयोगकर्ताले अन्त…

रोगको उपचारका लागि एआईको उपयोग नगर्न विशेषज्ञको चेतावनी

च्याटजीपीटी जस्ता एआई टूलहरू ठूलो मात्रामा प्रयोग भइरहेका छन् । कोही नोट बनाउनको लागि गर्दैछन् भने कोही डाइट प्लान बनाउनका लागि…

आईटी क्षेत्रमा लगानी गर्न सीएनआई उपाध्यक्ष हेमराज ढकालकाे आग्रह

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार टे…

बिहीबार काठमाडौंमा टेकपीक नेपाल हुँदै, आईटी प्रडक्ट र सेवा निर्यातको सम्भावना बारे छलफल हुने

बिहीबार काठमाडौंको सोल्टी होटलमा टेकपीक नेपाल २०२४ आयोजना हुने भएको छ । 

न्युज पोर्टल डिजाइनको तालिम दिदै ई-कमर्श साथी

वेबसाइट तथा सफ्टवेयर डिजाइनमा काम गरिरहेको इकमर्श साथी प्रालिले न्युज पोर्टल डिजाइनको तालिम दिने भएको छ । न्युज पोर्टल वेबसाइट…

एनसेल र महिला उद्यमी महासंघ नेपालबीच महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न सहकार्य

एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न हातेमालो गर्ने प्रतिवद्धता जनाउँदै स…

नेपालका थप १७ शहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरू

राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ ।

आईस्पानले भन्योः मर्मत तथा सम्भार गैरदूरसंचार सेवा हो, रोयल्टी लाग्दैन्

इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा संभार शीर्षक गैरदूरसंचार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताएका छन् । 

एनसेल बन्यो आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ ।…

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा …

६ वर्ष अघि सार्वजनिक भएको गूगलको पोडकास्ट सेवा बन्द हुँदै

अप्रिल २०२४ को शुरुवात संगै, गूगलले आफ्नो सेवाहरु मध्ये पोडकास्ट सेवा बन्द गर्न गइरहेको छ । अप्रिल २ पछि गूगल पोडकास्ट्स&nb…

विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको जस्…

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।

नेपाल एशोशिएसन फर सफ्टवेयर ए…

एचआर मिट २०२४ मा एनसेल दुई अवार्डबाट सम्मानित

नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स…