कीवर्डहरू -

समाचार

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो ।

मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिए ।

'दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ', उनले भने, 'स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छौं, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ।'

नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गरे । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन हुने भएको छ । यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन्।

नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुनसकेका थिएनन्। प्रज्ञापनपत्रको सट्टा कर विजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन ।

विसं २०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक कानुनी उल्झन सहजीकरण गरिने विश्वास व्यक्त गरे । उनले नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिए ।

समाचार

एसबी सोलुसन्स्द्वारा नबिल बैंकमा क्याड मोड्युल सफलतापूर्वक लाइभ

एसबी सोलुसन्स् प्रा. लिले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड म…

पृथ्वीबारे १० रोचक तथ्य

पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले निर्माण भएको हो । अस्तित्वको करौडौँ वर्ष बितिसक्दा पनि प्राणीहरुलाई जीवित राख्न सक्न…

आईएमई ग्रुपको मुख्य लगानी रहेको मोलाकाली केबलकारलाई प्रधानमन्त्रीले उद्घाटन गर्ने

मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्…

नेपालमै बनेका सवारीसाधन दर्ताका लागि कानुनी प्रबन्ध मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि…

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताए…

मानिसको कपाल किन सेतो हुन्छ ?

अमेरिकी वैज्ञानिकले मानिसको उमेर बढेसँगै उसको कपाल फुल्ने वा सेतो हुने कारण पत्ता लगाएको दाबी गरेका छन् ।

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयासमा छौं : सञ्चारमन्त्री शर्मा 

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने …

आइएमई पेबाट इन्सुरेन्सको बीमा नवीकरण गर्दा सत प्रतिशतसम्म क्यासब्याक जित्ने मौका

“आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नवीकरण गर्न सकिने भएको छ । <…

महावीर पुन भन्छन्, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि वृहत जनआन्दोलन गरौं’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका ल…

यात्रीले भन्यो, ‘विदेशिएका छैनौं, नेपालमै विश्वस्तरीय प्रडक्ट बनाउने भिजनमा प्रतिबद्ध छौं’

नेपालमा विद्युतीय मोटरसाइकल निर्माण गरेको यात्री मोटरसाइकलले संस्थापक पलायन भएको …

आइएमई पेबाट पहिलो पटक क्युआर भुक्त्तानी गर्दा २५ रूपैयाँ क्यासब्याक

डिजिटल वालेट आइएमई पेले पहिलो पटक क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित …

आईएमई पेबाट कुन कुन केबलकारको टिकट काट्न सकिन्छ ?

आइएमई पे” बाट अब ग्राहकवर्गले देशका विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मि…

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’

दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएक…