कीवर्डहरू -

समाचार

पैसा नतिरेको भन्दै ट्वीटरले खोस्यो प्रधानमन्त्री कार्यालयदेखि व्यक्ति, संस्थाको ‘ब्लू टिक’

माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले पैसा नतिर्ने प्रयोगकर्ताहरुको ट्वीटरको ब्लू टिक हटाउन थालेका छन् ।

शुल्क नतिरिकनै ब्लू टिक पाइरहेका ट्वीटर प्रयोगकर्ताले शुल्क नबुझाएपछि मस्कले अकाउन्टबाट ब्लू टिक प्राप्त गरेका प्रयोगकर्ताको निलो टिको  धमाधम हटाउन थालेका हुन् ।

यसअघि मस्कले शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै कम्पनीले पैसा नतिर्ने प्रयोगकर्ताको चेकमार्क हटाउने चेतावनी दिँदै आएका थिए।

ब्लु चेकमार्कका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ । व्यवसायहरूका लागि सब्क्रिप्सनबिना नै गोल्डेन टिकको व्यवस्था गरेको छ भने सरकारी खाताहरूका लागि ब्राउन टिकको दिँदै आएको छ।

कम्पनीले सन् २००९ देखि नक्कली एकाउन्टहरूलाई निरुत्साहन गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो । यद्यपि सन् २०२२ मा एलन मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै निलो टिकोमार्फत सब्सक्रिप्सन प्रणाली सुरु गरेको थियो।

यसरी ब्लूटिक हट्नेमा नेपालको प्रधानमन्त्री कार्यालयको अफिसियल ट्वीटर,  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को अकाउन्ट पनि रहेको छ ।

योसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व, संघस्थालगायत नेपाली मिडियाहरूको पनि ब्लू टिक ट्वीटरले खोसेको छ। विश्व फुटवलका चर्चित खेलाडी क्रिष्चियानो रोनाल्डोको पनि भेरिफाइड ब्लू टिक ट्वीटरले खोसिदिएको छ भने चर्चित फुटबल क्लब एफसी बार्सिलोनाको अफिसियल ट्विटरको ब्लू टिक हटाइएको छ । यस्तै इन्डियन प्रिमियर लिगको पनि अफिसियल ब्लू टिक हटेको छ।

यस्तै चर्चित बलिउड सेलिब्रेटीहरु सलमान खान, शाहरूख खान, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, माधुरी दिक्षित, प्रियंका चोपडा, अक्षय कुमार, एकता कपूर, कनिल कपूर,  कपिल शर्मालगायतको ब्लू टिक पैसा नतिरेको भन्‍दै ट्वीटरले हटाइ दिएको छ ।

हाल ट्वीटरको ब्लू सब्सक्रिप्सन फिचर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्याण्ड र जापानमा मात्र सुरु गरिएको छ ।

ट्वीटर ब्लू सब्सक्रिप्सनसँगै प्रयोगकर्तालाई निलो चेकमार्क अर्थात् टिक उपलब्ध गराइनेछ । साथै ब्लू सब्सक्रिप्सन गरेका प्रयोगकर्ताका लागि आफ्नो ट्वीट सम्पादन गर्ने, १०८० पिक्सेलको भिडियो अपलोड गर्ने तथा रिडर मोडमा लैजाने लगायतका सुविधा प्राप्त हुनेछन् ।

साथै ब्लू टिक खरीद गरेका प्रयोगकर्ताले ट्वीटरमा अन्य आम प्रयोगकर्ताको तुलनामा कम विज्ञापन हेर्नुपर्नेछ । भेरिफाइड ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई तथा ट्वीटमा समेत प्राथमिकता मिल्नेछ ।

समाचार

इन्टरनेट नहुँदा एक सय ५९ वडामा अझै हुन सकेन अनलाइनबाट व्यक्तिगत घटना दर्ता

देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्…

एप्पलले भारतको बान्द्रामा खोल्यो पहिलो स्टोर

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पले भारतमा पहिलो आधिकारिक एप्पल स्टोर खोलेको छ । भार…

छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आउँदा टेलिकमको सेवा प्रभावित

छिन्चुदेखि सुर्खेतबिचको अप्टिकल लिंकमा समस्या आएको कारण सो रुट मार्फत संचालन हुने …

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटेलमा डिजिटल भुक्तानी गर्दा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई…

नेपालमा बनेका सवारीसाधनलाई नम्बर प्लेट दिने कानुन नहुँदा खरिदकर्ताले दुख पाएः सांसद शाह

प्रतिनिधि सभा सदस्य असिम शाहले नेपालमा उत्पादन भएको सवारीसाधनलाई नम्बर प्लेट दिने …

एभरेस्ट बैंकको मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

एभरेस्ट बैङ्कको मोबाइल बैङ्किङ एप ‘ईबीएल टच २४’मार्फत स्मार्ट क्युआरद्वारा भुक्तानी लि…

मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा अब वर्ल्डलिंकको डेडिकेटेड इन्टरनेट

देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले न…

पूर्वगृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्र सम्बन्धी स्वीकृत गरेको कार्यविधि खारेज

पूर्वगृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी स्वीकृत गरेको का…

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको…

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि बिहीबारसम्म आवेदन दिन सकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पु…

विश्व प्रतिष्ठित फोटो प्रतिस्पर्धामा एआईले बनाएको फोटो प्रथम

सोनी वल्र्ड फोटोग्राफीको क्रियटिभ क्याटेगोरीमा एआईले बनाएको जर्मन कलाकारको फोटोले स…

च्याटजीपीटी र गूगलसँग प्रतिस्पर्धा गर्न ट्रुथ जीपीटी ल्याउँदै एलन मस्क

एलन मस्कले ओपनएआइ र गूगलसँग प्रतिस्पर्धा गर्नका लागि ट्रुथ जीपीटी सुरु गर्ने भएका छन्…

हुम्ला र बाजुराका बासिन्दालाई मोबाइल नेटवर्ककै सास्ती

हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबा…

लाइसेन्स खारेजी रोक्ने स्मार्टको रिटमा अदालतले दिएन अन्तरिम आदेश

स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध दायर गरेको उत्प्रेषणको रिटमा उच्च अदालत…

नयाँ प्रविधिमा पुराना चलचित्र

चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्द…