कीवर्डहरू -

समाचार

राजस्व छलीको आरोपमा कोटिभिटी नेपाल विरूद्ध ५ अर्ब १८ करोड बढीको बिगो कायम गर्दै मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा मुद्दा दायर गरेको छ । 

विभागले आईतबार उच्च अदालत पाटनमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरेको हो । 

विभागका महानिर्देशक नवराज ढुंगानाले एउटै व्यवसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदावी गरी अभियोग दायर गरेको यो पहिलो पटक भएको बताए ।

कोटिभिटीले विभिन्न आर्थिक वर्षमा शेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले दर्ता रहेको मध्यम स्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिई प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मुल्य अभिबृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको आरोप छ । 

आफुमा रहेको निहीत शेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिई सो बमोजिम सिर्जना हुने प्रचलित कानून बमोजिमको कर दायित्व पुरा नगरी तथा मुख्य कम्पनी कोटिभिटि इन्कलाई आफ्नो सेवा विक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिमको कसुर गरेको पुष्टि भएकोले ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ कुल बिगो कायम गर्दै मुद्दा दायर गरेको छ ।  

कोटीभिटी नेपाल, नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी रहेकोमा २०७३ श्रावण २८ गतेको शेयरधनीको निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी भरसेन्ड टरक्नोलोजी कायम गरी कम्पनी रजिष्ट्रारले २०७३ भदौं ०८ मा स्विकृत प्रदान गरेको थिए । 

कम्पनीको मिति २०७५ कात्तिक ०१ को शेयरधनीको विशेष निर्णय बमोजिम भरसेन्ड टेक्नोलोजीको नाम परिवर्तन गरी कोटिभिटी नेपाल कायम गर्न निवेदन दिएबमोजिम २०७५ पुस ०८ को पत्र बमोजिम हालसम्म सो कम्पनीले कोटीभिटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको छ ।

समाचार

लिंक्डइनमा पनि शर्ट भिडियो हाल्न सकिने सुविधा आउँदै

छोटो भिडियोको बजार दिनानुदिन बढिरहेको छ । रोजगार खोज्न सघाउने प्लेटफर्म लिंक्डइन शर्ट भिडियो बजारमा प्रवेश गर्ने भएक…

पर्सामा अब वडा कार्यालयले नागरिकता सम्बन्धित विवरण प्रविष्ट गर्न सक्ने

जिल्ला प्रशासन कार्यालय पर्साले केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। सङ्घीय सरकारको नीतिअनुसा…

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।

कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'ए…

ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने

अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकि…

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा ड…