कीवर्डहरू -

समाचार

एप्पलले खरिद गर्‍यो एआई स्टार्टअप डार्विन एआई, के छ आगामी योजना ?

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी एप्पलले क्यानेडियन एआई कम्पनी डार्विनएआई खरिद गरेको छ । सन् २०२४ को सुरूवतामा एप्पलले डार्विनएआई प्राप्ति गरेको हो । 

पछिल्लो समय विश्वका ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा छन् । माइक्रोसफ्ट, गूगल, मेटा एआईको दौडमा धेरै अगाडि बढिसकेका छन् । तर एप्पल भने अझै पनि अन्य कम्पनीको तुलनामा एआईको दौडमा पछाडि छ । 

अब एप्पल पनि एआईको दौडमा अगाडि बढ्ने योजना बनाएको छ । त्यसैअनुसार प्रणालीलाई सानो र छरितो बनाउने परिचत डार्विनएआई कम्पनी प्राप्ति गरेको हो । बुलुमबर्गका अनुसार एप्पलले यस अगाडि नै सहसंस्थापक अलेकजेन्डर वोङ्गसहित दर्जनौं डार्विनएआई कम्पनीका कर्मचारीलाई कम्पनीमा एकीकृत गरिसकेको छ । 

एप्पलले डार्विनएआई खरिद गरेको घोषणा गरेको छैन । तर बुलुमबर्गलाई साना साना कम्पनी समय समयमै खरिद गरिरहने बताइएको छ । यस बाहेक डार्विनएआई बिक्री भएको केही संकेत पाउन सकिन्छ । डार्विनएआईको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल अकाउन्ट बन्द गरिएको छ । 

यस्तै सहसंस्थापक वोङ्गले पनि लिंक्डइनमा सन् २०२४ जनवरीदेखि एप्पलमा मेसिन लर्निङ निर्देशकको रूपमा राखेका छन । 

के छ अब एप्पलको योजना ? 

एप्पलले डार्विनएआई खरिद गरेपछि अब के गर्ने योजना छ ? भन्ने प्रश्न उब्जिएको छ । म्यारूमरका अनुसार सन २०२३ मा एप्पलले ३२ स्टार्टअप खरिद गरेको थियो । यो सूचीमा अब डार्विनएआई समेत थपिएको छ । 

अहिले एप्पलले भिजन प्रो, आईओएस १७ मा केही एआई सुविधा छन् । डार्विनएआई खरिद गरेसँगै आईओएस १८ मा थप नयाँ एआई सुविधाहरू देख्न सकिने अनुमान गरिएको छ ।

एप्पलका सीईओ टिम कुकले आईओएस १८ मा धेरैभन्दा धेरै एआई फिचरहरू सिर्जना गर्न इन्जिनियरलाई निर्देशन दिएको समेत हल्ला बाहिरिएको थियो । सन् २०२४ मा एआईमा एप्पलले केही महत्त्वपूर्ण कामहरू घोषणा गर्न सक्ने छ ।
 

समाचार

भारतीय नागरिकले नेपालबाट बैंक खातामा प्रतिदिन १५ हजार भारू पठाउन सक्ने

नेपालमा बस्ने भारतीय नागरिकले बैंक खातामा प्रतिदिन १५ हजार भारतीय रूपैयाँ पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी …

‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न, यस्तो छ सात बुँदे प्रतिवद्धतापत्र

राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्…

वित्तीय संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीमा अनाधिकृत पहुँच पुऱ्याउन प्रयास गर्ने व्यक्ति पक्राउ परेका छन् । स्याङ्जा घर भई हा…

सहकारीले प्रविधिमा लगानी बढाउनुपर्छः सीईओ गुरागाई

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने…

‘व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ’

नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको …

विशेष अदालतमा हुने सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

विशेष अदालतमा हुने सुनुवाईको प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको छ । विशेष अदालतले आफ्नो सुनुवाई लाइभ स्ट्रिमिङ गर्ने तयारी अगा…

गूगल म्यापको नेभिगेसन पहिले भन्दा राम्रो र सटीक बनाइँदै

गुगल म्यापका प्रायः प्रयोगकर्ताहरूले अनौठो नेभिगेसन देखाउने समस्यामा भोगिरहेको हामीले सुन्दै आएका छौ । तर अब भने गूगलले यो सम…

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द

ई-कमर्स प्लेटफर्म ग्यापु र अनलाइन ट्राभल बुकिङ प्लेटफर्म जाम्न डटकम बन्द भएका छन् ।

कम्प…

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी हुने भएको छ । 

राष्ट्रिय प…

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउनुपर्छः डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तय…

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई …

पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्छः मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्ने बताएका छन् ।

माइक्रोसफ्ट कोपाइलटमा नयाँ अपग्रेड, जीपीटी ४ टर्बो अब निःशुल्क प्रयोग गर्न सकिने

अब माइक्रोसफ्ट कोपाइलटमा निःशुल्क जीपीटी ४ टर्बो प्रयोग गर्न सकिने भएको छ ।

माइक्रोसफ्टले …

सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म दर्ता रोक्न सरकारलाई अनुरोध

एशिया इन्टरनेट कोलिसन (एनआईसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म नेपालमा साम…

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया क्युआर कोडबाटै लिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘ग…