समाचार
राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको बताएको छ । राष्ट्र बैंकले गरेको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णमा प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको निष्कर्ष निकालिएको हो ।
उक्त प्रतिवेदनमा क्रिप्टोकरेन्सी देशका लागि मात्र भनइ संलग्न व्यक्तिका लागि समेत जोखिम रहेको उल्लेख गरिएको छ ।
‘क्रिप्टोकरेन्सीबाट समग्र आर्थिक सन्तुलन कायम नहुने जोखिम, वित्तीय स्थायित्व नहुने सम्बन्धी जोखिम, मौद्रिक नीति कार्यान्वयन नहुने सम्बन्धी जोखिम, विदेशी विनिमय सञ्चितिमा नकारात्मक असर पर्न सक्ने सम्बन्धी जोखिम, सम्पत्ति शुद्धीकरण तथा आतङवादी कार्यमा वित्तीय लगानी सम्बन्धी जोखिम, वित्तीय ग्राहक संरक्षण सम्बन्धी जोखिम, लगानीको असुरक्षा हुने सम्बन्धी जोखिम ठगी तथा कर छली सम्बन्धी जोखिम, अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंगको सहकार्य विरुद्ध हुने सम्बन्धी जोखिम, वित्तीय मध्यस्थता नहुने सम्बन्धी जोखिम आदि विद्यमान रहने हुँदा नेपाल राष्ट्र बैंकले लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको छ,’ विश्लेषणकोन निष्कर्षमा भनिएको छ ।
क्रिप्टोकरेन्सीमा कुनै देश सरकारको प्रत्याभूति जमानत नहुने, कुनै पनि सुरक्षण नहुने, वित्तीय मध्यस्थकर्ता नहुने तथा सट्टेबाजी प्रयोजन बाहेक अन्य कुनै पनि उपयोगिता नहुने र उक्त अदृश्य वस्तु सर्वस्वीकार्य नभई केही निश्चित समूह मिली आपने निहित स्वार्थको लागि मात्र जारी प्रयोग हुने विश्लेष्णमा उल्लेख गरिएको छ ।
विश्वका विभिन्न देशहरुले आ-आफ्नो मौलिक आवश्यकतानुसार क्रिप्टोकरेन्सीसम्बन्धी फरक-फरक व्यवस्था अङ्गिकार गरेका छन् । तर नेपालले भने यसलाई प्रतिबन्ध लगाउँदै आएको छ ।
नेपालले अन्य मुलुकसँग हुने पुँजीगत कारोबारमा नियन्त्रित व्यवस्था गरेको र नेपालवाट विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको हुँदा क्रिप्टोकरेन्सीको कारोवारबाट उक्त व्यवस्थाहरुको बर्खिलाप हुन जाने हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रदान गरी नेपाल राष्ट्र बैंकले विभिन्न मितिहरुमा सार्वजनिक सूचना प्रकाशन गर्दै क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउँदै आएको छ ।
यस्तो छ जोखिम विश्लेष्ण
समाचार
ग्लोबल आईएमई बैंकको हृयाप्पी आवर्स योजना, अनलाइन भुक्तानीमा २० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।…
एनक्यासबाट अब फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने
फोनपे र एनक्यासबीच सहकार्य भएको छ । सहकार्यसँगै अब डिजिटल वालेट एनक्यासबाट फोनपे …
५० वर्षअघि आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल
‘हेल्लो ! जोएल , म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु।…
एआई प्रविधिले यस्तो बनायो बहाव चलचित्रको पोस्टर
विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता आर्टिफेसिएल इन्टिलिजेन्ट(एआई) को छुट्टै स्थान छ।
केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित …
खल्तीबाटै \'द एलिमेन्ट अफ सेलिब्रेसन\' को टिकट काट्न सकिने
द एलिमेन्ट अफ सेलिब्रेसनको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० क…
बेकोको नयाँ वर्ष योजना, सामान खरिदमा उपहार पाइने
इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै 'नयाँ वर्षको उमंग, मनाऔँ…
दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना हुँदै
नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आ…
अभानी नेपालकी सह–संस्थापक शर्मालाई ‘समिट वमन अफ द इयर २०२३’ को उपाधि
ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा शुक्रबार ‘समिट वुमन अफ द इयर…
डिजिटल बैंकिङ पनि अब वित्तीय साक्षरता कार्यक्रमको हिस्सा बन्ने
अब डिजिटल बैंकिङ सेवा पनि वित्तीय साक्षरता कार्यक्रम हिस्सा बन्न पुगेको छ । नेपाल …
ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?
सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थप…
साओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
नेपालको अग्रणी स्मार्टफोन कम्पनी साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्…
टेलिकम भन्छः फाइभजी परीक्षणका लागि मोबाइल सेट सिमित छन्, व्यवसायी भन्छनः सेट पर्याप्त छन्
नेपाल टेलिकमले माघ २२ गतेदेखि सुरू गरेको फाइभजी परीक्षण कहिलेदेखि सर्वसाधारणले …
विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिदै माइक्रोसफ्ट
माइक्रोसफ्टले विन्डोजको आगामी भर्सनमा सुरक्षा र एआइलाई महत्व दिने भएको छ । यस भर्समा…
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरमा आईपीएल हेर्न सकिने
डिशहोम आईपीटिभीमा एचडी गुणस्तरसहित आईपीएल हेर्न सकिने भएको छ । ग्राहकको चाहनालाई…