समाचार
युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक
नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।
सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वल्र्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए ।
उनका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।
त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् ।
प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तनः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ ।
यो सम्मेलनले कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिबृद्धि र उद्यमको बृद्धि बिकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास रहेको छ ।
सम्मेलनलमा युवा उद्यमशीलताको बिकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, स्टोरी सेयरिङ्, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा बिभिन्न सरकारी निकाय, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायको सहकार्य रहने छ ।
समाचार
अमेरिकी कम्पनीले किन्याे वर्ल्डलिंकको साढे १३ हजार कित्ता सेयर
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्…
एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने
दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्…
नेपाल टेलिकमको त्रैमासिक नाफामा कमी
नेपाल दुरसञ्चार कम्पनी अर्थात नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्ष २०७९/०८० को …
एनसेलको ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता
एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ …
डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने
नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी प्रतियोगिता आयोजना गर्ने भएको छ । पब्जी मोबा…
नेपाल टेलिकमको १ जीबीपीएससम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ
नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट स…
अष्ट्रेलियामा डेललाई किन तिराइयो साढे ६ मिलियन डलर जरिवाना ?
छूटमा ग्राहकहरूलाई भ्रमित गरेको आरोपमा अष्ट्रेलियामा डेल युनिटलाई साढे ६ मिलियन ड…
पोखरा विश्वविद्यालयको \'ईन्जिनियरिङ अध्ययनका अवसरहरु\' विषयमा एक दिने अभिमुखि कार्यक्रम सम्पन्न
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा पोखरा विश्वविद्यालयमा ईन्जि…
अब सूचना प्रविधिको क्षेत्रमा डिपार्चर गर्नुपर्छः मन्त्री शर्मा
काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र…
ईसेवा वालेटले पायो पब्लिक कम्पनीमा जानलाई पुर्व स्वीकृति
नेपालको पहिलो वालेट कम्पनी इसेवालाई पब्लिक कम्पनीमा जानलाई पूर्व स्वीकृति दिएको छ …
नेपाल टेलिकम मार्फत कक्षा १२ को परीक्षाफल हेर्न सकिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०८० सालको कक्ष…
महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ्ग ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अ…
नेपालमै पहिलो पटक एभरेष्ट बैंकले सुरु गर्याे अफलाइन भुक्तानी सेवा
एभरेष्ट बैंकले फोने पे नेपालसंगको सहकार्यमा नेपालमा पहिलो पटक “अफलाइन भुक्तानी” …
‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन खल्ती मार्फत गर्न सकिने
खल्तीले ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्स…
डिजिटल डेटा संरक्षणका लागि भारतले ल्यायो कडा कानून
छिमेकी देश भारतले डिजिटल डेटा संरक्षणका लागि पर्सनल डेटा प्रोटेक्सन ऐन ल्याएको छ ।…