कीवर्डहरू -

समाचार

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पौडेलविरूद्ध नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सरकारी पदमा रही लाभ लिएको अभियोगमा मुद्दा दायर भएको हो । 

पौडेलले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक पदमा राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाईरहने उद्देश्यले आफैले स्व:घोषणा गरी विदेशको अस्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेश गरेका थिए । 

राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा नै संयुक्त राज्य अमेरिकाको कानूनी स्थायी आवासीय अनुमती लिएर पनि उक्त विवरण लुकाई/छिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएपछि उनीविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

समाचार

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानव…

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छन् ।&n…

महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक …

एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने

हाल गुगलले अहिले एन्ड्रोइड १५ सिस्टममा काम गरिरहेको छ । यसको पहिलो डेभलपर प्रिभ्यू भर्खरै जारी गरिएको छ । यसमा धेरै नयाँ…

दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि

गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सव…

डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त

डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्ष…

सन सेक्युरिटिजले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

योसँगै अ…

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु …

नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर

गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरक…

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय  कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…

सीजी इलेक्ट्रोनिक्सका ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर

चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका  आफ्…

सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने

परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रु…

१८ शहरमा विस्तार भयो पठाओ

राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।

कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्रीमा लाइक, कमेन्ट, ट्याग र रिपोष्ट गरे कारवाहीको चेतावनी

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कसैप्रति घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्…

७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, तपाई पनि यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न सात विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ ।