समाचार
सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, ६० दिनभित्र कोषको व्यवस्थापनको मस्यौदा ल्याउने
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ ।
सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका सहमति भएको हो।
सहमति अनुसार सरकारले कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसदको आउदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार गरिनेछ।
यस्तै सरकारले आगामी आर्थिक वर्षदेखि संघीय सरकारलेको पूँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्ने सहमति पत्रमा उल्लेख छ ।
सहमतिपत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने विषयमा सहमति भएको बताए । उनले कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरुमा लगानी गर्नेकुरामा सहमति भएको बताए ।
उनले भने, 'नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानलाई अघि बढाउन संघीय सरकारको वार्षिक विकास बजेटको एक प्रतिशत बजेट कोषमा जम्मा गर्ने, कोषको सञ्चालन, व्यवस्थापन र लगानी गर्ने विधिहरु प्रक्रिया, विभाग निकाय महावीर पुनले ४ बुँदाभित्र दर्शाउनुभएको कुरालाई सम्बोधन हुनेगरी आउने अधिवेशनमा विधेयक बनाइ पेस गर्ने, अधिवेशनबाट संसदबाट परित गर्ने र त्यही अनुसार लगानी व्यवस्थापन गर्नेगरी सहमतिमा हस्ताक्षर गरेका छौँ ।’
सहमतिमा हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष पुनले आजबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरुलाई जागरुक गर्न आन्दोलन गर्ने बताए। उनले आन्दोलन शान्तिपूर्ण भएको र छलफल पनि सकारात्मक भइ सहमति भएको बताए । उनले सरकारले माग पूरा गरेको छ भनेर बसिरह्यो भने आन्दोलन गरेको अर्थ नरहने भन्दै उनले अब युवाहरुलाई उठाउने आन्दोलन शुरु गर्ने बताए ।
उनले भने, 'सम्झौतामा हस्ताक्षर गरिसकेपछि एकमुखे हुनुपर्छ । हस्ताक्षर अनुसार आन्दोलन रोक्छौँ । आन्दोलन मात्रै नभइ अभियान पनि हो । यो आन्दोलनमा थुप्रै नागरिकले भाग लिनुभएको छ । यो आन्दोलन शान्तिपूर्ण भयो, छलफल पनि राम्रो भयो । आन्दोलन बन्द भयो, सरकारले माग पूरा गरेको छ भनेर बसिरह्यो भने यो आन्दोलन गरेको केही अर्थ हुँदैन, अब हाम्रो प्रयास अर्को आन्दोलन हुन्छ, अब युवाहरु लाग्नुपर्छ भन्नेतिर हामी लाग्नुपर्छ । अबको मेरो आन्दोलन युवाहरुलाई जागरुक गराउने हुनेछ।’
अध्यक्ष पुनले आन्दोलनमा ऐक्यवद्धता जनाउने सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिए ।
समाचार
महावीर पुनसँग सरकारले आज पनि वार्ता गर्दै
सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ । आइतवार भएको वार्ता निष्…
वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने
चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…
अग्नि मोटोइन्कले ल्यायो नेपाली बजारमा येज्दी मोटरसाइकल, मूल्य कति ?
अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले नेपालमा बहुप्रतिक्षित येज्दी मोट…
नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेलको नियुक्त
नमस्ते पे का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले २०८० वैशाख १७ गत…
पारस खड्का हाइफ्युचरको ब्रान्ड एम्बेसडर नियुक्त
हाइफ्युचर, स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको अग्रणी ब्राण्डलगायतको नेपालमा तपाईं …
पब्जी मोबाइल र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता
विश्वको अग्रणी मोबाइल गेममध्येको एक पब्जी मोबाइल र इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले…
बैतडी दोगडाकेदारमा ५ दिनदेखि सञ्चार सेवा अवरुद्ध
बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । द…
सूचना प्रविधि दिवस टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डेटा
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका …
\'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०\' कार्यक्रम सम्पन्न
नेपाल राष्ट्र बैंकले काठमाडौँमा 'विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०' कार्…
च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो
एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ।
…
किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै क्यान महासंघ
काठमाडौं । नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको अभिभावक संस्था क्यान महासंघले…
लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान
लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ल…
एनएमबि बैंकका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट
एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र …
इटहरीमा अनलाइनबाटै घरको नक्सा पास गरिने
सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ । …
४ बुँदे माग राखेर महावीर पुन आन्दोलनमा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बसेका छन्।
…