कीवर्डहरू -

समाचार

नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण

काठमाडौं विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता प्राप्त गरेको छ । आईतबार काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफलतापूर्वक परीक्षण गरेको हो । 

केयुको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाले हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफलतापूर्वक परीक्षण गरेर हाइड्रोजन कारमा रिफिल गरिएको बताए। 
‘हामीले एउटा इतिहास रचेका छौं । आज नेपालको लागि हाइड्रोजन दिवस हो,’ उनले भने । 

अब छिट्टै हाइड्रोजन कारको विधिवत उद्घाटन गर्ने तयारी केयुले गरेको छ । उद्घाटन प्रधानमन्त्रीबाट हुने अपेक्षा आफुहरूले गरेको थापाको भनाइ छ । 

हाइड्रोजन कारलाई वैशाखमा हुन लागेको हाइड्रोजन एक्सपोमा पनि लगिने छ । अझै पनि सरकारको कानुनले हाइड्रोजनलाई नचिन्ने जानकारी दिदै थापाले अब हाइड्रोजनलाई व्यवसायीक प्रयोजको रूपमा अगाडि बढाउनु पर्ने बताए । 

अहिले काठमाडौं विश्वविद्यालयले प्रत्येक दिन ३०-३५ गाडीलाई रिफिल गर्न सक्ने व्यवसायिक रिफिलिङ स्टेशनको डिजाइन गरिरहेको छ भने निर्माणकर्तासँग पनि संवाद गरिरहेको छ । 
हाइड्रोजन ब्याट्रीको विकल्पमा सोच्नु नहुने उनी बताउँछन् । ‘हाइड्रोजनलाई ब्याट्रीको विकल्पको रूपमा हेर्नु हुँदैन् । लामा दुरी र डिजेटलको विकलल्पको रूपमा यसलाई लैजानुपर्छ,’ उनले भने । 

केही समय अगाडि हाइड्रोजन बारे अध्ययन गर्न नेपाल आयल निगमले दिएको पाँच करोड रूपैयाँ अनुदानबाट केयुले कार र रिफिलिङ स्टेशन ल्याएको थियो ।

यो पनि पढ्नुहोस

 

 


 
 

समाचार

भाइबरमा पनि अब एआईसँग च्याट गर्न र जानकारी लिन सकिने, इन्फ्लेक्शनसँग सहकार्य

लोकप्रिय म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा …

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।

कुमारी बैंकको मोबाइल एपबाटै अब निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा पाइने

अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म…

अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न सर्वोच्चको आग्रह

सर्वोच्च अदालतले अनलाइनबाट रिट निवेदन दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरण गर्न आउन अनरोध गरेको छ । सर्वोच्चले १५ दिन भि…

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'ए…

ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने

अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकि…

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा ड…

अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह

छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले…

सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध

चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले सरकारी कम्प्युटर तथा सर्भरमा इन्टेल र एएमडी…