कीवर्डहरू -

समाचार

आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने कम्पनी दूरशिक्षा अब गण्डकी प्रदेशमा पनि विस्तार हुने भएको छ । पोखरामा दूरशिक्षाको फ्रेन्चाइज शाखा खोल्नका लागि आईतबार सम्झौता भएको हो ।

दूरशिक्षाका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पाण्डेले दूरशिक्षाको पहिलो फ्रेन्चाइजको रूपमा पोखरामा सेवा विस्तार हुन लागेको जानकारी दिए ।

‘हाम्रो ब्राण्ड प्रयोग गर्ने गरी लाइसेन्स लिएर पोखरामा पनि दूरशिक्षा विस्तार हुँदैछ,’ उनले आइसिटी समाचारसँग भने, ‘फ्रेन्चाइज लिएकाले दूरशिक्षाले पढाउने सबै कोर्ष पढाउन सक्छन् । पोखरामा पढाइ नहुने एडभान्स तहका कोर्ष दूरशिक्षाले काठमाडौंबाट अनलाइन लाइभ ट्रेनिङ प्रदान गर्नेछ ।’

फ्रेन्चाइज लिएकालाई प्रमाणपत्रदेखि मार्केटिङसम्मको सहयोग केन्द्रिय कार्यालयबाटै हुनेछ । क्वालिटी कन्ट्रोल पनि सबै केन्द्रिय कार्यालयबाटै हुनेछ ।

पोखरापछि बुटवल र चितवनमा फ्रेन्चाइजको रूपमा सेवा विस्तार हुन लागेको उनले जानकारी दिए । सातै प्रदेशमा दूरशिक्षाको सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

दूरशिक्षाले प्रोग्रामिङ एण्ड फ्रेमवर्क, क्लाउड कम्प्युटिङ, सफ्टवेयर टेस्टिङ, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, प्रडक्ट इन्जिनियरिङ लगायतका ट्रेनिङ दिदै आएको छ ।

दूरशिक्षाले निमा एकेडेमीसँगको सहकार्यमा जुनियर मेगामाइण्ड अन्तर्गत बच्चाहरूलाई कोडिङ र एआई सम्बन्धि तालिम पनि प्रदान गरिरहेको छ ।

‍काठमाडौंको जमलमा केन्द्रिय कार्यालय रहेको दूरशिक्षाले पढ्ने विद्यार्थीहरूलाई रोजगारीको अवसर समेत दिदै आएको छ । दूरशिक्षाले २५ बढी संस्थासँग प्लेसमेन्टका लागि सहकार्य गरेको छ ।


समाचार

नेपालमा एआई एडप्सन एण्ड एआई एजुकेसन बारे वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालले एआई एडप्सन एण्ड एआई एजुकेसन फर जेनेरेटिंग एआई ट्यालेन्ट इन ने…

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल …

थाइल्यान्डमा सुरु भयो ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम

ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटी (टीएटी) सँगको सहकार्यमा सिड्…

प्रभु क्यापिटलका ग्राहकले ट्रान्क्वीलिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशतसम्म छूट पाउने

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्रमा प्रभु …

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर डेकाटुर आईटीले…

एटीएम मेसिन फोडेर रकम चोरेको आरोपमा २१ वर्षिय तामाङ पक्राउ 

एमएमबी बैंकको एटीएम फोडेर रकम चोरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । …

रिब्राण्डिङ भयो साझाडिल डटकम, नयाँ नाम, स्लोगन, लोगो र वेबसाइट सार्वजनिक

ईकमर्स कम्पनी साझाडिल डटकम रिब्राण्डिङ भएको छ । स्थापना भएको ५ वर्षपछि साझाडिल डटकम…

मंगलबार एआई सम्बन्धि प्यानल डिस्कसन आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

भदौ ७ गते आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा प्यानल डिस्कसन हुने भएको छ । …

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्टको सेमिफाइनलमा पुग्यो नेपाली टिम

एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम …

क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट न…

भिडियो कलबाटै अब ग्लोबल आईएमई बैंकमा केवाईसी प्रमाणित गर्न सकिने

ग्लोबल आइएमई बैंकले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवा…

माइदीयाको एसी नेपाली बजारमा, मोबाइलबाटै चलाउन सकिने

एयर एक्सपर्ट नेपालले माइदीया ब्रिजलेश इ…

एक वर्षमा वर्ल्डलिंकको कमाइ झन्डै ८ अर्ब

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सन् २०२१ मा करिब ८ अ…

भाइबरबाटै अब पैसा पनि तिर्न सकिने, बैंक अकाउन्ट र भिजा कार्ड पनि लिंक गर्न सकिने 

भाइबरबाटै अब पैसा तिर्न पनि सकिने छ । भाइबरले एपमै पेमेन्ट सर्भिस सुरु गर्न तयारी…

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्…