समाचार
पहिरोको उच्च जोखिम भएका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान
पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो ।
मकवानपुरको हेटौँडामा पनि उपकरण राख्ने तयारी छ । समाजका सदस्य गोपीकृष्ण बस्यालले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजारमा यस्तो उपकरण जडान गरिएको जानकारी दिए । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बोल्दे, चुखाबेँसी थिलवारमा उपकरण जडान गरिएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका १ र ३ का सुष्पाक्षमावती र चरीकोटमा उपकरण राखिएको छ । म्यादीको अन्नपूर्ण गाउँपालिका २ र ३ को तातोपानी, फागमडाँडा, घट्टेखोला, रुप्से र काभ्रेमा जडान गरिएको सो उपकरणले वर्षाको प्रकृति, माटोको प्रकार तथा माटोमा पानीको प्रतिशतको मापन गर्नेछ ।
जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । उनले कम्प्युटरसम्म आइपुगेको सूचना सरोकार निकायलाई समयमै जानकारी दिन सके त्यसले क्षति कम गराउन मद्दत गर्ने बताए ।
सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण आवश्यक पर्छ । सो प्रविधिमा माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आद्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिन्छ ।
ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । सो उपकरणले शृङ्खलाबद्ध रूपमा हुने ससाना माटोका चालले ठूलो विपत्तिबारे पूर्वानुमान गर्न सहयोग गर्छ ।
समाजका सदस्य बस्यालले माटोको चालमा आउने अस्वाभाविक परिवर्तनलाई अध्ययन गरेर ठूलो विपत्बाट जोगाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
यसै प्रविधिका कारण केही वर्षअघि भारतको हिमाञ्चल प्रदेशको मन्डी जिल्लास्थित कोटरोपी ठूलो क्षति हुनबाट जोगिएको थियो ।
उपकरणबाट प्राप्त सङ्केतका आधारमा भारतीय प्रहरीले त्यहाँको सडकखण्डबाट गुडिरहेका सवारीसाधनलाई हटाएको थियो । लगत्तै सोही स्थानमा पहिरो गई सडकखण्ड पूर्ण ध्वस्त भएको थियो ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रविधि प्रयोगकै कारण सही सूचना समयमा उपलब्ध हुँदा एक वर्षअघि मेलम्ची र पाँचपोखरी थाङ्पालमा भएको बाढी पहिरोमा मानवीय क्षति कम भएको बताए ।
उनले पहिरोको जोखिम कम गराउन प्रयोगमा ल्याइएको उपकरणले निकै फाइदा पुर्याएको बताउँदै जोखिम भएका हरेक स्थानीय पालिकामा यस्ता प्रविधि प्रयोगमा ल्याउन सुझाव दिए । गोरखापत्र
समाचार
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी …
वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो हुने
माईक्रोसफ्टको वानड्राइभको नयाँ होम पेजले फाइल खोज्न सजिलो बनाईरहेको छ । वानड्राइभक…
चिनियाँ कम्पनीले बनायाे जीपीयु चीप, क्वान्टम कम्प्युटिङमा नयाँ युग भएकाे दावी
चिनियाँ प्रविधि फर्मले जिपियू चिप लञ्च गरेर कम्प्युटिंगको लागि नयाँ युग हुने दावी …
ग्यापुको अफिलिएट प्रोग्राम : घरमै बसेर हरेक क्लिकमा पैसा कमाउने मौका
अनलाइन मार्केटप्लेस ‘ग्यापु’ ले प्रयोगकर्ताहरूका लागि बिना झन्झट घरमै बसेर पैसा कमा…
एनएमबि बैंक र आईएफसीबीच सहकार्य, बैंकले साढे दुई करोड डलरको कर्जा लगानी भित्र्याउन सफल
एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख …
बैंक अफ काठमाण्डूको कार्ड मोको वालेटमा लोड गरी अब भुक्तानी गर्न सकिने
बैंक अफ काठमाण्डूले फोकसवान पेमेन्ट सोलुसन्स्बाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्…
इन्फोडेभलपर्सः नेपाली सफ्टवेयर उद्योगमा प्रतिष्ठित र विश्वासिलो ब्राण्ड
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले साउन २१ गते आफ्नो २० औं वार्षिको…
के साच्चै हामीलाई रोबोट मन पर्न थालेको हो ?
रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो । यसलाई हेर्दा लाग्छ यो …
आईफोनमा अब फेरि ब्याट्री पर्सेन्टेज हेर्न मिल्ने
आईओएस १६ बेटामा आईफोनमा पुनः ब्याट्री पर्सेन्टेज आइकन देखिएको छ । एप्पलले हालैमा प…
एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनिक
सामसंगले ग्यालेक्सी एस २२ फोनमा एन्ड्रोइड १३ मा आधारित वान यूआई फाइभ बेटा सार्वजनि…
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आईएमई पेबाट गर्न सकिने भएको छ । शेयर …
सुपर डान्सर नेपाल रियालिटी शोको पावर्डबाई प्रायोजकमा डिशहोम फाईबरनेट
आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार सुपर डान्सर नेपालको प…
इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता
मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्…
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत …
१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक
१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्…