समाचार
डिजिटल अपराध र एथिकल ह्याकरको भूमिका विषयमा शुक्रबार सफ्टवेरिका कलेजमा कार्यक्रम हुँदै
सफ्टवेरिका कलेजको आयोजनामा एथिकल ह्याकिङ र साइबर सुरक्षासम्बन्धी कार्यक्रम शुक्रबार हुने भएको छ । डिजिटल अपराधमा एथिकल ह्याकरको भूमिका नाम दिइएको कार्यक्रम शुक्रबार बिहान १० बजे डिल्लीबजारस्थित सफ्टवेरिका कलेजमा हुनेछ ।
यो कार्यक्रम प्लस टु र स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरिएको कलेजले जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन अनलाइनमार्फत् नाम दर्ता गर्न सकिनेछ ।
कार्यक्रममा अमेरिकाको गुप्तचर विभागको नेशनल कम्प्युटर फोरेन्सिक इन्स्टिच्युट, नेशनल ह्वाइट कलर क्राइम सेन्टर, नर्थइस्ट काउन्टर ड्रग ट्रेनिङ सेन्टर, फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनको टेक्नोलोजी विभाग, फिल्ड डिभिजनबाट प्रशिक्षित भएका प्रशिक्षक रोबर्ट भ्यानवेले ह्याकिङबारे जानकारी दिनेछन् ।
उनी कम्प्यूटर र वित्तीय अपराधहरूमा विशेषज्ञता, विशेष गरी अनलाइन धोखाधडी, कम्प्युटर, नेटवर्क ह्याकिंग, बालबालिकाको अनलाइन शोषण र मानव तस्करी अनुसन्धानमा उत्कृष्ट भएर न्यूयोर्क राज्यका महान्यायाधिवक्ता र फेडरल ब्यूरो अफ इन्भेस्टिगेशनबाट पुरस्कृत भएका थिए ।
कार्यक्रम सफ्टवेरिका कलेजको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ । १२ वर्षदेखि सूचना प्रविधिसम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको कलेजले समय समयमा सूचना प्रविधिसम्बन्धी विभिन्न वर्कसपहरु गर्दै आएको छ ।
समाचार
ग्यापुको हजारमा बजार योजना, हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने
नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्ग…
१३ विधामा नास्टले वितरण गर्यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरे…
दूरशिक्षाको ग्राण्ड स्कलरसीप विक अफर, आईटीका कोर्षमा १० हजारसम्म छुट पाइने
सूचना प्रविधि सम्बन्धि ट्रेनिङ प्रदान गर्दै आएको संस्था दूरशिक्षाले ‘ग्राण्ड स्कलरसीप वि…
सिटिजन्स बैंकको च्याटबट सेवा सुरू, बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सकिने
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूक…
ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने
इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच …
विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार
राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत २० जना अन…
डिशहोमका प्रबन्ध निर्देशक आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस लिडर भित्र पर्न सफल
डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य दक्षिण एसियाको उत्कृष्ट १० बिजनेस …
फुटबलको विश्वकप हेर्न ग्राहकबाट ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ शुल्क लिने निर्ण…
दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने
नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पा…
सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी
अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्ष…
फेसबुकमा पुनः सक्रिय भयो एमआरआर ग्रुप
फेसबुकले चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर)लाई सक्रिय बनाएको छ । यसअघ…
राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव
गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगम…
यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा
अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको…
रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका
रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ …
वर्डक्याम्प नेपाल २०२२ भरतपुरमा सम्पन्न, ‘वर्डक्याम्प नेपाल २०२४’ पोखरामा हुने
चितवनको भरतपुरमा शनिबार देखि संचालन भएको वर्डप्रेस सम्बन्धि दुई दिने वृहत अन्तराष्ट्…