समाचार
अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर
मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।
निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए ।
हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ ।
उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए ।
मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।
आयोगका प्रवक्ता पौडेलले कार्यालयमै गएर दर्ता गर्नुपर्ने प्रक्रिया अन्त्य भएपछि नागरिकले ठूलो राहत पाउने विश्वास व्यक्त गर्दै भने, ‘तर प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा पुग्नैपर्छ ।’
आयोगको सूचना प्रविधि शाखाका उपसचिव आदेश खड्काले केही दिनभित्रै नामावली दर्ता सफ्टवेयर सञ्चालनमा आउने जानकारी दिए । सफ्टवेयरका लागि आयोगले करिब १७ लाख रुपियाँ खर्च गरेको छ ।
छ घण्टा कुराइ
हाल नामावली दर्ता गराउन पुगेका नागरिकले घण्टौँसम्म कुर्नुपर्ने अवस्था छ । आयोगले असार १ गतेबाट नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौँसहित प्रमुख सहर र तराई मधेशका जिल्लास्थित प्रशासन र निर्वाचन कार्यालयमा नामावली दर्ता गराउने चाप निकै बढेको छ ।
यसले गर्दा ती निकायलाई भीड व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ । काठमाडौँको अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दैनिक पाँच सयदेखि सात सय व्यक्तिले नामावली दर्ता गराउँदै आएका छन् तर समयमै नपुगे दर्ता फारामसमेत नपाउने अवस्था छ ।
बिहीबार बिहानै साढे ८ बजे काठमाडौँको जिल्ला प्रशासन कार्यालय पुग्नुभएकी जमुना गुरुङले छ घण्टा लाइनमा उभिएर नामावली विवरण बुझाए । उनले भने, ‘प्रशासन कार्यालय हाताभित्रै व्यवस्थित भएन । दुई घण्टा कुरेपछि फारामका लागि टोकन पायौँ । चार घण्टा लाइनमा उभिँदा दर्ता भयो ।’ निर्वाचन कार्यालय काठमाडौँमा सात कर्मचारी कार्यरत छन् ।
इलाका प्रशासन कार्यालय साँखु र फर्पिङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्ला निर्वाचन कार्यालय गरी पाँच स्थानमा नामावली दर्ता हुँदै छ । ‘थप जनशक्तिका लागि आयोगसमक्ष दुई पटक पत्राचार गरेका थियौँ तर जनशक्ति थपिएको छैन । कर्मचारी थपिए सेवाग्राहीको चाप बढे पनि व्यवस्थित रूपले नामावली सङ्कलन हुन सक्थ्यो,’ निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताए ।
गोरखापत्र
समाचार
आईएमई पेबाट फ्लाइट टिकट काट्दा ३०० रूपैयाँ बोनस
आइएमई पेले हवाई फ्लाइट टिकटमा फेरि नयाँ अफर ल्याएको छ । ‘उच्च तापक्रममा उच्चतम छुट…
ग्लोबल आईएमई बैंकको एटिएम कार्डमा आफ्नै फोटो राख्न सकिने
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोट…
आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने
आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने भएको छ । एप्पलले आईओएस १६ मा…
माइक्रोसफ्टले बन्द गर्यो मानिसको भावना पत्ता लगाउने एआई
माइक्रोसफ्टले मानिसको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गरेको छ । यो एआईले मानि…
मोरू वालेटका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्ता…
सफ्टवेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा
बेलयातस्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्…
टेलिकमले घटायो लिज लाइनको शुल्क, यस्तो छ नयाँ महशुल
नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुल दर कायम गरिएको छ ।…
राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८०…
‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमको प्रायोजन
नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा …
पठाओको ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू, निःशुल्क राइडर बन्न सकिने
राइड शेयरिङ कम्पनी पठाओले ‘विद्यार्थी आत्मनिर्भरता अभियान’ सुरू गरेको छ । यस अभिया…
प्लस टुका विद्यार्थीलाई आईटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको अफर, कुनै पनि कोर्षमा ३ हजार छुट
ब्रोडवे इन्फोसिसले प्लस टुका विद्यार्थीलाई लक्षित गर्दै ‘प्लस टु एक्सकुलुसिभ’ अफर ल्याए…
देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न सरकारको तदारूकता
सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्…
दश वर्ष पूरा गरी लिभिङ विथ आइसिटी ११ औं वर्षमा प्रवेश
लिभिङ विथ आइसिटी स्थापनाको दश वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । सूचना त…
नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छः विलियम झाङ
आईसिटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो । आईसिटीको प्रगतिद्वारा निर्देशित अर्को …
ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी
जेठ महिनामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार कुनै पनि प्रगति नभएको देखिएको छ । नेपाल द…