कीवर्डहरू -

समाचार

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इकोसिस्टम

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गर्यो । डिभेलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजना बारे जानकारी गराएको थियो ।

ह्वावेले खुला इकोसिस्टमअन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङ को निर्माण गर्ने लक्ष्य रहेकोछ


ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हुँदै गइरहेको छ। ह्वावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्तिकर्ता हो । ह्वावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियनभन्दा बढी मोबाइलफोनहरू आपूर्ति गर्यो  । अघिल्लो वर्षको तुलनामा ह्वावेका अन्य उत्पादनहरूको पनि आपूर्तिमा निरन्तर वृद्धि आएको छ– कम्प्युटरमा २१४ प्रतिशतले, स्मार्ट अडियोमा ३३ प्रतिशत र वेयरेबल उत्पादनहरूतर्फ २७२ प्रतिशतले वृद्धि भयो ।


“हाम्रो लागि अब ह्वावे इकोसिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकि यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ । ह्वावे इकोसिस्टम ह्वावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो ‘१+८+एन’ रणनीतिमा संलग्न छ । यसले हाम्रा साझेदारहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेटफर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ।” ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङ पिङ’यानले भने ।
 


ह्वावे इकोसिस्टमको १+८+एन अप्रोचले एउटा स्मार्टफोनलाई आठवटा सपोर्टेड भाइसहरू र असीमित आइवोटी सर्भिसहरूमा जोड्दछ । “ह्वावे इकोसिस्टममा, ह्वावे मोबाइल सर्भिसेस डिभाइसहरू, एपहरू तथा इन्डयूजरहरूबीचको संयोजन तथा व्यवस्थापन केन्द्रका रुपमा काम गर्दछ।   ह्वावेको फाइभ जी नेटवर्क, एआई पावर्ड सिस्टम तथा क्लाउड कम्प्युटिङ सलुशनका साथमा हामी सबैका लागि सिमलेस एआई लिभिङ स्थापना गर्ने हाम्रो सोच छ

 
ह्वावे इकोसिस्टमले ह्वावे मोबाइल सर्भिसेसको विश्व बजारमा उपस्थितिलाई थप मजबुत बनाउँदै गइरहेको छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । सन् २०१९ को तेस्रो त्रैमासिकमा ह्वावे मोबाइल सर्भिसेसको ह्वावे एपग्यालरीमा मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । यसले सन् २०१८ मा विश्वव्यापी सेवा सुरू गरेयता एक वर्षको अवधिभित्र १८० अर्बभन्दा बढी एप डाउनलोडहरू भए ।

हाल ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन निर्माण गर्न सघाउँछ ।
 

समाचार

क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणका लागि जेनेसद्वारा आइटी कलेजहरूसँग सहकार्य

क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्या…

स्कुले विद्यार्थीका लागी  बेलायतको कम्प्युटर पाठ्यक्रम \'डिजी स्कुल\' नेपालमा सुरु

सफ्ट्वेरिका कलेज अफ आइ टि एन्ड इ कमर्सले बेलायतक  डिजी प्रोग्राम नेपालमा भित्र्याएको छ । बेलायत सरकार मातहत दर्ता भइ बिद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम नि…

शुक्रबारदेखि नेपालमा आइफोन ११ सिरिज उपलब्ध हुने, मूल्य २ लाख २७ हजारसम्म

एप्पल नेपालका लागि आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टले आगामी शुक्रबारदेखि आइफोन इलाभेन सार्वजनिक गर्ने भएको छ। आइफोन इलाभेन, इलाभेन प्रो, इलाभेन प्रो म्याक्…

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डेको उम्मेदवारी घोषणा, यी हुन् समूह सदस्य उम्मेदवारहरु

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी…

ओपोले डुअल- मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने

वैश्विकस्तरमै एक अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले …

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई उपहार हस्तान्तरण 

नेपालको पहिलो पेमेन्ट गेटवे  इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुर…

TEDx बालकुमारी रोड सम्पन्न 

विश्वस्तरमा सुप्रसिद्द फोरम, टेड कन्फेरेन्सको स्थानिय स्तरमा आयोजना हुने कार्यक्रम टेड एक्स हो, जुन ूसु(परिवर्तनका स्थानिय सम्बाहकू थिममा टेड एक्स बालकुमारीरोड…

ऋण प्रक्रियालाई डिजिटाइज गर्न महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एस…