कीवर्डहरू -

समाचार

नेपालमा ओपोको एनाइन २०२० को भ्यानिला मिन्ट इडिसन सार्वजनिक, लगातार भिडियो हेर्दा ब्याट्री ११ घण्टा टिक्ने

ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए सिरिज अन्तर्गतको एनाइन २०२० लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ ।

नजिकिँदै गरेको क्रिस्मस र नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञता स्वरुप कम्पनीले यो नयाँ मोबाइल प्रस्तुत गरेको हो ।

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२० ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८ जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ  ।

ओपो एनाइन २०२० को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, “अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२० ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ । ”

क्रिस्मस र नयाँ वर्षलाई मध्यनजर गरेरे हाम्रा उपभोक्तासंग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ । यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ उनले भने ।

सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट इडिसनमा सार्वजनिक गरेको हो । ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टि टास्किको लागि स्न्यापड्रागन ६६५ चिपसेट जडान गरिएको छ ।

साथै यसमा ८ जीबी र्याममका साथमा १ सय २८ जीबी रोम उपलब्ध गरिएको छ । यसमा रहेको ११ एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै उर्जा खपतमा समेत सहयोग पुर्याउनेछ ।

फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ ४८ एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू  दिने अल्ट्रा वाइड ८ एमपी लेन्सपनि उपलब्ध रहेको छ ।

यसले फोरके भिडियो पनि सपोर्ट गर्छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ । फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्री एक दिन भन्दा लामो समय सम्म टिक्छ ।

लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ । लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ ।

कम्पनीले यसको बजार मूल्य  ३३ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । फोन मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेको छ ।

समाचार

अब मोबाइल एप बाटै ट्याक्सीको सुविधा

आखिर ट्विटरका सीईओलाई किन मन पर्दैन गुगल ?

विश्वमा सबैले मन पराएको सर्च इन्जिन हो गुगल । जुनस…

कुमारी बैंकको मोबाइल बैंकिङ्गमा नयाँ योजनाः १०० टपअप गर्दा १०० क्यास ब्याक

कुमारी बैंक लिमिटेडले नगद रहित कारोबार को अवधार…

वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न 

१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दि…

माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै

माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको…