कीवर्डहरू -

समाचार

यस्तो छ नेपाल टेलिकमले सार्वजनिक गरेको ‘पोष्टपेड प्याक’

नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘पोष्टपेड प्याक’ सार्वजनिक गरेको छ । भ्वाइस, डाटा र एसएमएस सहितको तीनवटा कम्बो प्याक सार्वजनिक गरेको छ ।

टेलिकमका पोष्टपेड ग्राहकले पाँचसय रुपैयाँमा तीस दिनको लागि तीनसय ९० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, ५०० एमबी डेटा र सय एसएमएस प्राप्त गर्न सक्ने छन् ।  यो प्याक खरिद गर्नको लागि COMBO500 टाइप गरी १४१५ मा एमएमएस पठाउन सकिने छ ।

त्यसैगरी आठसय रुपैयाँमा तीस दिनको लागि ६ सय ५० मिनेट नेट टक टाइम, सय मिनेट अल नेट टक टाइम, एक जीबी डाटा र दुईसय एसएमएस पाउने छन् । ।  यो प्याक खरिद गर्नको लागि COMBO800 टाइप गरी १४१५ मा एमएमएस पठाउन सकिने छ ।

त्यस्तै १२ सय रुपैयाँमा तीस दिनको लागि एकहजार मिनेट नेट टक टाइम, एकसय ५० मिनेट अल नेट टक टाइम, २.५ जीबी डाटा र तीनसय एसएमएस प्राप्त गर्न सक्नेछन् । ।  यो प्याक खरिद गर्नको लागि COMBO1200 टाइप गरी १४१५ मा एमएमएस पठाउन सकिने छ ।

समाचार

जुम्लामा नेपाल टेलिकमकाे फोरजी सेवा सुरू

जुम्ला । नेपाल टेलिकम शाखा जुम्लाले फोरजी सेवा सञ्चालन गरेको छ । सदरमुकामलाई लक्षित गरी तीनवटा स्तम्भबाट फोरजी सेवा विस्…

बजारमा नयाँ एन्टिभाइरस ‘वार्डविज’

गोदावरी नगरपालिका–३ टौखेलमा अवस्थित किटिनी माध्यमिक विद्यालयमा पहिलो पटक बृहत् विज्ञान प्रदर्शनी गरिएको छ । विद्यालयमा अध्…