समाचार
टेलिकमको अफरः डेटामा अहिलेसम्मकै ठुलो प्याकेज, रिचार्ज गर्दा पनि बोनस
नेपाल टेलिकमले १६ औं वर्ष पुरा गरेको अवसरमा बुधबार विभिन्न प्याकेज सार्वजनिक गरेको छ । ग्राहकलाई ध्यानमा राखेर अहिलेसम्मकै ठुलो डेटा प्याक पनि सार्वजनिक गरेको छ ।
जसमा टेलिकमले १६ सय रुपैयाँमा ९० दिनको लागि मान्य हुने ३० जीबी डेटा र तीनहजार रुपैयाँमा १ सय ८० दिनको लागि मान्य हुने ६० जीबी डेटा उपलब्ध गराउने छ ।
त्यसैगरी ‘पोष्टपेड’ प्रयोगकर्ताले तीनसय रुपैयाँमा ३० दिनको लागि मान्य हुने ६ सय २० मिनेट भ्वाइस वा तीनहजार एमबी डेटा पाउने टेलिकमले बताएको छ ।
त्यस्तै टेलिकमले रिचार्जमा पनि बोनसको सुविधा ल्याएको छ । जसमा दुईसय वा दुईसय भन्दा माथिको रिचार्जमा दुईसय एमबी डेटा निशुल्क प्राप्त गर्न सकिने छ ।
त्यसैगरी ४९९ भन्दा माथिको रिचार्जमा पाँचसय एमबी डेटा र ९९९ भन्दा माथिको रिचार्जमा एकहजार एमबी डेटा निःशूल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
रिचार्ज कार्ड र एमपीओएस (MPOS) प्रविधिबाट रिचार्ज गर्दा मात्र रिचार्जमा बोनस प्राप्त गर्न सकिने छ ।
रिचार्ज गर्दा बोनस पाइने योजना माघ २२ देखि माघ २४ सम्म मात्र चल्ने छ । भने अन्य अफरहरु आगामी चैत ३० गते सम्म चल्नेछन् ।
समाचार
प्रदेश नं. ५ मा कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपालको कार्यसमिति गठन
बुटवल । प्रदेश ५ का कम्प्युटर विषयका प्राध्यापक तथा शिक्षकहरुको भेलाले कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल प्रदेश ५ को कार्यसमिति गठन गरेको छ । माधव अर्याल…
क्यान इन्फोटेक २०२० को तयारी तीव्र, हालसम्म ८० प्रतिशत स्टल बुकिङ
काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फो…
वीरगञ्जमा क्यान ईन्फोटेक २०२० भव्यताको साथ सम्पन्न
नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० …