समाचार
एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबारो गर्दा दशहजार सम्म नगद फिर्ता
एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा दशहजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका महिला ग्राहकहरूले मोबैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।
तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले महिला ग्राहकहरूलाई सम्मानका साथै डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।
समाचार
इपिएल २०२० को टाइटल प्रायोजकमा टिभिएस
नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस …
महावीर पुन नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डर
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्डरमा युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष महावीर पुन नियुक्त हुनुभएको छ । नया…
डिजिटल शिक्षालाई सघाउन निमा एकेडेमी र इ - शिक्षाले सहकार्य गर्ने
विश्व डिजिटलमा रुपान्तरण भइरहेको समयमा शिक्षा पनि प्रविधिमैत्री हुदै गइरहेको छ । शिक्षा नै त्यस्तो मुख्य आधार हो, जसले समाजसँगै देशको रुपान्तरणमा म…
बीमा कम्पनीहरुलाई आइटी अडिट अनिवार्य
नेपालका बीमा कम्पनीहरुले अब अनिवार्यरुपमा आइटी अडिट गर्नुपर्ने भएको छ । बीमा समितिले सूचना प्रविधि (आइटी) निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको लागि अन…