समाचार
कोरोना भाइरसबारे सचेतना बढाउने टेलिकमको उपाय, रिंगब्याक टोन र ३२१०० नम्बर सेवा सुरु
नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ । नेपाल टेलिकमको मोबाइलमा फोन गर्दा कोरोना बारे संदेश दिने गरी रिंगब्याक टोनको सुरुवात गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको छ ।
फोन गर्ने प्रयोगकर्ताले अर्को तर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा थाहाँ पाउने छन् । कोरोनाबारे एकैपटक आम रुपमास चेतना सन्देश फैलाउन सहयोग पुर्याउने उदेश्यका साथ एसको सुरुवात गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी नेपाल टेलिकमले ‘nt सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस ९कोभिड–१९० बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस ९कोभिड–१९० के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकमले गत असार महिना देखि नै ‘लत सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले ‘लत सूचनाको संसार’ सेवाबाट ग्राहकवर्ग लाभान्वित हुने विश्वास गरिएको छ ।
समाचार
तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै
तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसब…
एक फरक धारको रियालिटी शो – सुनौलो तारा
नेपालमै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका …
सरकारले प्रविधिको स्वरूप अनुसार उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाको भनाइ
अन्तराष्ट्रिय उपभोक्ता अधिकार दिवसको अवसरमा सेवा नेपालले काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा उपभोक्ताको गुनासो सरकारले सुनुवाई गर्न नसकेको धारणा व्यक्…
वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन
वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थ…
यातायात व्यवस्था विभागले फेरी रोक्यो टुटल र पठाओलाई
सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न पुन चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जार…
चीनले नेपाललाई कोरोनाको औषधी, सूचना र आवश्यक प्रविधि दिन तयार
चीनले नेपाललाई कोरोना भाइरसको औषधी, भाइरस संग लड्न प्रविधि र आबश्यक सुचना दिन तयार रहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भ…
नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’
बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘क…