कीवर्डहरू -

समाचार

डिजिटल संवादको १४औं श्रृंखलामा ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदै

लकडाउनसँगै सुरु भएको अनलाइन राउण्ड टेवल डिस्कसन (डिजिटल संवाद) कार्यक्रमको १४औं श्रृंखला अन्तर्गत आज ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदैछ ।

यसअघिका विभिन्न श्रृंखलामा डिजिटल एजुकेशन, डिजिटल एग्रिकल्चर, हेल्थ, डेटा, डिजिटल एजेण्डा लगायतका विषयमा विज्ञ तथा सरोकारवालासँग अन्तकृया भएको थियो । आज हुने डिजिटल सवंवादको कार्यक्रममा सरकारले दुरसञ्चार तथा इन्टरनेटको क्षेत्रमा गरिरहेका प्रयास, ग्रामिण क्षेत्रमा इन्टरनेटको समस्या तथा इस्युहरु, विभिन्न सेवा प्रदायकका प्रयासहरु र यसको समाधानको लागि सरकार र सम्वन्धित निकायले गरिरहेका प्रयासहरुको बारेमा विस्तृत अन्तकृया तथा छलफल हुनेछ ।

आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कार्यक्रममा सहभागि हुन नेपाल दुरसञ्चार प्राधिकरणका ग्रामिण दुरसञ्चार विकास विभागका निर्देशक डा. सुरेन्द्रलाल हाडा, नेपाल टेलिकमका इन्जिनियर अम्रित नेपाल, आइसिटी फोरडीका निर्देशक पवन शाक्य र भेरी नगरपालिका, जाजरकोटका मेयर सिपी घर्तिको सहभागिता रहनेछ । यसैगरी भायानेट कम्युनिकेशनका निर्देशक सेवा पाठक, एभरेष्ट लिंकका सिटिओ चेछन लामा र बयलपाटा अस्पतालका सिनियर इएचआर रमेश महरको सहभागिता रहनेछ ।

यसैगरी कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लि अधिकारी र आइस्पानका अध्यक्ष भोजराज भट्टको पनि अतिथिको रुपमा संवादमा सहभागी हुनुहुनेछ । प्रविधि विज्ञ मनोहर भट्टराई र पुर्वमन्त्री गणेश शाहले पनि कार्यक्रममा सम्वोधन गर्नुहुनेछ ।

\"\"

डिजिटल संवादका विभिन्न कार्यक्रमहरु गर्दैजादा धेरैको गुनासो र सुझाव अन्तगर्त ग्रामिण डिजिटल कनेक्टिभिटीको विषयमा वृहत छलफल कार्यक्रम राखिएको कार्यक्रमका सञ्चालक हेमपाल श्रेष्ठले जानकारी दिए । आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुने छ । यसैगरी लिभिङ विथ आइसिटीको फेसबुक पेज लगायतबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हुनेछ ।

समाचार

इन्टेलले रिलायन्स जिओमा २५३ मिलियन डलर लगानी गर्ने

अमेरिकी प्रविधि कम्पनी इन्टेलको लगानी शाखा इन्टेल क्यापिटलले भारतको रिलायन्स जिओमा …

रिलायन्स जिओले सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने

भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल अफिसियल रुपमा …

सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो  

लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै बढेको साइवर अपराध धेरै जसो मानविय त्रुटिको कारण नै हुनेगरेको विज्ञहरुले बताएका छन् । विहिवार नेपाल दुरसञ्चार प्र…

११ दिनमै रकम दोब्बर गर्न सकिने खल्तीको दुई गुणा अफर, यसरी हुनुहोस सहभागी

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उदेश्यले खल्तीले माबोइल एप र खल्तीको वेबसाइट मार्फ…

अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ

लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाजिमपाटम…

ढुवानी व्यवसायलाई स्मार्ट बनाउँदै गरेको ई-ट्रान्सपोर्टेसनको एक बर्ष पुरा

नेपालको ढुवानी व्यवसायलाई स्मार्ट बनाउन सुरु गरेको ई-ट्रान्सपोर्टेसन सर्भिसले सेवाको…

सामसङले नेपाली बजारमा घटायो स्मार्टफोनको मूल्य

नेपाली बजारमा सामसङले आफ्ना केही मोबाइलको मूल्य घटाएको छ । सामसङले नेपाली बजारम…

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण 

सलह किरा रोकथामको लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको सफल परीक्षण भएको छ । कृ…

ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

डिजिटल भुक्तानीको लागि ग्लोबल आईएमई बैंक र भुक्तानी सेवा प्रदायक संस्था सेल पेबीच …

अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने

नेपालको ईकमर्श कम्पनी दराजले र नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवासँग सहकार्य सुरु …

काठमाडौं महानगरबासीले अब भवन निर्माणको नक्शा पास अनलाइनबाटै गर्न सक्ने 

काठमाडौं महानगरपालिमा घर तथा भवनको निर्माणको लागि नक्शा पास अब अनलाइनबाटै गर्न स…

छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्लुएस ईयरफोन एन्को फ्रि सार्वजनिक गर…

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीला…

भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्व…

ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर

लिफ्रग टेक्नोलोजीले आयोजना गरेको ३ दिने अनलाइन ह्याकथन कार्यक्रम ह्याक ईडी सम्पन्न भए…