कीवर्डहरू -

समाचार

एनआईसीका ग्राहकलाई दराज अनलाईन मार्फत सामान खरिद गर्दा १०% छुट 

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई दराज अनलाईनमा रहेको बिगमार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ ।

यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म https://www.daraz.com.np/ मा गई Big mart का सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

यस विपतको घडिमा बैंकले आफ्ना ग्राहकमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गर्दछ । जसकारण अनावश्यक भीडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरुलाई टाढै राखि कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ ।

समाचार

लकडाउन अवधिभर इन्टरनेटमा २५ प्रतिशत छुट दिने सरकारको निर्णय

सरकारले लकडाउनको अवधिभर इन्टरनेटको मूल्यमा २५ प्रतिशत छूट दिने निर्णय गरेको छ ।

अलिबाबा ग्रुपका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ती ज्याक माले गरेको सहयोग ने…

कोरोना भाइरसको लक्षणहरु आफै मूल्याङकन गर्न सकिने, सरकारले सञ्चालनमा ल्यायो एप र वेबसाइट

स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन  आधिकारिक वेबसाइट…

कोभिड–१९ परीक्षणको नतिजा ५ मिनेटमा दिनसक्ने प्रविधि तयार

कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा सबैभन्दा छिटो दिनसक्ने प्रविधि तयार भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकि…

कोरोनाको लक्षण देखिएमा सेनाले विकास गरेको  ‘कोभिड-१९ रेसपोन्स एप नेपाल’ बाटै खबर गर्न सकिने 

नेपाली सेनाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि ‘कोभिड-१९ रेसपोन्स एप नेप…

सरकारले सार्बजनिक गर्यो कोरोना सम्वन्धी लक्षण मुल्यांकन गर्न मिल्नेगरीको वेबसाइट

सरकारले कारोना अर्थात COVID 19 को जानकारी दिने तथा लक्षण मुल्यांकन समेत गर्न मिल्नेगरी आधिकारिक वेबसाइट तथा एप सार्वजनिक गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई व्यवस्थित गर्न सरकारले शनिबारदेखि

कोरोना रोकथामको लागि भारतले सार्वजनिक गर्‍यो ‘कोरोना कवच’ मोबाइल एप

भारत सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कोरोना कवच मोबाइल एप …

अब आइएमई पे वालेटमा रहेको ब्यालेन्सबाट ब्याज कमाउन सकिने

आइएमई ग्रुपले सञ्चालन गरेको डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी आइएमई पे मोबाइल वाल…

कोभिड १९, महामारी प्रकोप दृष्टिगत गर्दै  ओपोद्वारा वारेण्टी अवधिथप

कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेकोछ । यसबाट हुन सक्ने क्षति न्यूनिकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयकालागि…

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेड…

कोरोनाको शंका लागे भिडियो कल मार्फत परामर्श लिन सकिने, सुरु गर्यो हाम्रो पात्रोले \'एनसेल कल टु डाक्टर सेवा\'