कीवर्डहरू -

समाचार

स्टार्टअप आइडिया कल आयोजना हुँदैं, सहुलियतपूर्ण कर्जा र निःशूल्क तालिमको सुविधा

उद्यमी बन्न चाहने युवाका लागि स्टार्टअप आईडिया कल आयोजना हुने भएको छ । बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवर्धन प्रस्ताव (स्टार्टअप आइडिया कल) आह्वान आयोजना गर्ने भएको हो ।

युवाहरुको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरुलाई उद्यमशीलता सम्वन्धी निशुल्क तालीम प्रदान गरी राष्ट्रिय बाणिज्य बैंक मार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको बिशेष उपस्थीतिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबीच सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस कार्यक्रम मार्फत प्रवाह गरीने कर्जा न्युनतम एक देखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम  १५ लाख रुपैंया सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए ।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्दै मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निशुल्क रुपमा तालीम प्रदान गर्ने बताए ।

ज्ञान, सीप र प्रविधि सहित निकै सस्तो ब्याजदरमा बिना धितो युवाहरुले कर्जा समेत प्राप्तगर्ने भएकाले यो आर्थिक बर्षमा एकसय भन्दा बढि नयाँ स्टार्टअप कम्पनीहरु स्थापना हुने मन्त्री नेपालले विश्वास ब्यक्त गरे ।

नवप्रवद्र्धन प्रस्ताव आह्वान, तालीम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेज सहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए ।

नयाँ नयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालीम कसरी लिने भनेर दुविधा मा भएका युवाहरुलाई निशुल्क रुपमा सरकार, निजि क्षेत्र सहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाई रहेको छ । समझदारी अनुसार मङ्सीर पहिलो हप्ताबाट आइडिया कल सुरु हुने छ  ।

पुस र माघ महिनामा आइडिया पठाउने युवाहरुलाई तालीमप्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुने छ । नेपालमा उद्यमी बन्न चाहने युवाकालागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरुले बताएका छन् ।

समाचार

राष्ट्रिय आविष्कार केन्द्र दशैंमा पनि २४ सै घण्टा खुल्ने

दशैंको समयमा पनि राष्ट्रिय आविष्कार केन्द्र २४ सै घण्टा खुल्ने भएको छ । अन्य समयमा पन…

चैतयता छापियो १० लाख चालक अनुमतिपत्र

यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गर…

जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा अब डिशहोम फाइबर नेटको सेवा

डिशहोम फाइबर नेटको सेवा अब जडिबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा उपलब्ध भएक…

दशैंमा खल्तीले ल्यायाे दुइ जोडीको लागि माउन्ट एभरेस्टमा ब्रेकफास्ट अफर

नेपालको लाेकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दशैँको उपलक्ष्यमा खल्तीकाे माध्…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिदिने

एनआईसी एशिया बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्…

कार्तिक ८ गतेदेखि क्लिनफिड लागु हुने, विज्ञापन बोर्ड पनि गठन

कार्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड (विज्ञापनरहित) लागु हुने भएको छ । मन्त्रीपरिषदक…

यी हुन् नेपालका उत्कृष्ट १० ईकमर्स कम्पनी

विश्वमा ईकमर्सको प्रयोगको एकदमै बढिरहेको छ । कोरोना महामारीको सुरुवात भएपछि त झन…

ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा भर्चुअल्ली उद्घाटन

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चा…

निशान म्यागनाइट एसयुभि अब नेपाली बजारमा

निशान मोटर्सको बहुप्रतिक्षित ‘बिग, बोल्ड, ब्युटिफुल’ बि–एसयुभि म्यागनाइट अनलाइनमार्फ…

गलत सन्देश प्रवाह नगर्न नगराउन मोबाइल सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक …

२० लाख ई पासपोर्ट छपाइको जिम्मा फ्रान्सेली कम्पनीलाई

राहदानी विभागले विद्युतीय राजधानी (ई पासपोर्ट) छपाइको जिम्मा फ्रान्सको कम्पनी आईडिइ…

सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा टेलिकमको जीएसएम मोबाइल सेवा

नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्च…

हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा स्वीडेनले लगायो प्रतिबन्ध

स्वीडेनले आफ्नो फाइभजी नेटवर्कमा चीनको हुवावे र जेटीईको टेलिकम उपकरण प्रयोगमा प्रत…

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

कार्तिक ७ गतेदेखि ११ गतेसम्म बैंक नखुल्ने भएको छ । हालसम्म ३७ सय भन्दा बढी कर्मचारी…

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणः बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड…