समाचार
नयाँ नोटको विकल्प डिजिटल दक्षिणा
दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् ।
खासगरी मध्यम वर्गलाई आकर्षित गर्ने अफर फर्माइएपछि बैङ्कहरूमा पैसा झिक्ने र राख्नेको चहलपहल अलि बढेको छ ।
दशैँको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सटही नगर्ने भएको छ ।
नयाँ नोटको अभाव हुँदा त्यस्ता ग्राहकलाई लक्षित गर्दै बैङ्कहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । त्यससँगै सम्बन्धित अरू सुविधा पनि थपेका छन् ।
सिटिजन्स बैङ्कले आफ्ना डिजिटल बैङ्किङ प्रयोक्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपियाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।
प्रभु मनी ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाउनुका साथै प्रभु क्यापिटलमा प्रभु बैङ्कको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपियाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनसको आकर्षण थपेको छ ।
एनसीएचएलले कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाई हरेक दिन १० भाग्यशाली बिजेताले एक हजारको गिफ्ट भौचर प्राप्त गर्नसक्ने जनाएको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैङ्कले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो ।
पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपियाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।
सनराइज बैङ्कले हवाई टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । बैङ्कका ग्राहकले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट दुई सय रुपियाँ र हवाई टिकटमा प्रतिटिकट तीन सय रुपियाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।
एनआईसी एसियाले आफ्नो एनआईसी एसिया रेमिटमार्फत दशैँ, तिहार र छठ पर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।
सेवाग्राहीले पहिलोपटक रकम पठाउँदा शुल्क लागे पनि दोस्रोपटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।
समाचार
महिलाहरुका लागि आकर्षक सुविधा सहित एनसेलको ‘गो सिम’
मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक …
‘हाम्रो नेपाली किबोर्ड’ मा दशैं विशेष स्टिकर, यसरी गर्नुहोस् प्रयोग
काठमाडौं, २९ असोज । नेपाली भाषामा आफ्ना कुराहरु लेख्न प्रयोग गरिने लोकप्रिय मोबाइ…
एनआईसीको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँ सामाजिक उत्तदायित्वका लागि प्रदान गरिने
एनआईसी एशिया बैंकले वडादशैंको अवसरमा ‘सेलिब्रेट फर कज’ सामाजिक उत्तरदायित्व योजन…
फोन पे डाइरेक्ट मार्फत पैसा पठाउँदा दैनिक १ लाख र बम्परमा ५ लाख जित्ने मौका
फोन पेले नेपालीको महानचाड दशैलाई लक्षित गरी दशै धनमौका योजना सार्वजनिक गरेको छ …
नेपाल टेलिकम हुम्लामा भिस्याट जडान
हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा…
राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट, बैंकका सबै शाखामा पीओएस
राष्ट्रिय वाणिज्य बैंकले दशै तथा तिहार लगायतका पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबा…
सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डटकममा २५ प्रतिशतसम्म क्यास …
कनेक्ट आइपीएसको डिजिटल दक्षिणा योजना, हरेक दिन १० विजेतालाई १ हजारको गिफ्ट
दशैँको चाड नगदरहित रुपमा मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका …
फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ
सामाजिक संजाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाएको अभियोगमा एक जनालाई श…
दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्व…
ह्वावेद्वारा अल सिनारियो इन्टेलिजेन्ट कनेक्टिभिटी सोलुसन्सको शुरुवात
संयुक्त राष्ट्र ब्रोडब्याण्ड आयोग र ह्वावेले बेइजिङमा छैठौं अल्ट्रा–ब्रोडब्यान्ड फोरम (यु…
अब जुमका निःशूल्क प्रयोगकर्तालाई पनि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने
जूमका निःशूल्क प्रयोगकर्तालाई पनि अब इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध हुने भएको छ …
एनआईसी एशियाको डिजिटल उत्सव योजना, डिजिटल भुक्तानीमा ५० प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकले बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बन…
फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रल…
मकवानपुर प्रहरीले हराएका २५ थान माेबाइल फेला पारेर फिर्ता दियो
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी स…