कीवर्डहरू -

समाचार

प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: २४ चोकमा ट्राफिक लाइट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौ उपत्यकाको सवारी व्यवस्थापनमा ट्राफिक लाइट, सिसिटिभी, विभिन्न अनलाईन सफ्टवेयर जस्ता प्रविधिहरूको प्रयोग गरी ट्राफिक व्यवस्थापन गरिरहेको छ ।

सवारी व्यवस्थापनलाई म्यानुअलबाट प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आज वाट त्रिपुरेश्वरमा समेत नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ ।

आज एक कार्यक्रमका वीच रोटरी क्लव अफ त्रिपुरेश्वरका अध्यक्ष भुवन श्रेष्ठले त्रिपुरेश्वरमा नयाँ जडान गरिएको ट्राफिक लाईट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।

रोटरी क्लव अफ त्रिपुरेश्वरले ‘ग्रीन त्रिपुरेश्वर’ कार्यक्रम अन्तर्गत कामनपासँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।

उक्त अवसरमा बोल्दै ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले ‘यसरी नै ट्राफिक प्रहरीसँग सबै मिलेर लागिपर्ने हो भने उपत्यकाको ट्राफिक व्यवस्था सहज बन्न लामो समय नलाग्ने बताए ।’

उनले काठमाडौं उपत्यकामा भइरहेको जाम, सवारी दुर्घटना तथा ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइदै आएको बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका विभिन्न निकायहरूको समन्वयमा ट्राफिक लाइट जडान कार्यलाई तीव्रता दिएको छ ।

एकान्तकुना, कुपण्डोल, झम्सिखेल, हनुमानस्थान, मैतीदेवी, सोह्रखुट्टे, सितापाईला, बौद्ध, ग्रान्डी लगायतका ११ स्थानमा ट्राफिक लाइट जडानका लागी स्थानिय निकाय, सडक बिभाग लगायत अन्य संघ संस्थासँगको समन्वयमा काम भैरहेको महाशाखाले जनाएको छ ।

ट्राफिक लाइट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध पनि गरेको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँग समन्वय गरी विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (सभागृह जाने मोड), पद्मोदय (अनामनगर जाने मोड), पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, परोपकार, टंकेश्वर, नयाँ ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, महापाल, पुल्चोक, हरिहरभवन, अल्का अस्पताल अगाडी, कमलपोखरी ल्होत्से चोक र हाडीगाउँ (भाटभटेनी अगाडी) लगायत क्षेत्रका ट्राफिक लाइट सञ्चालनमा पनि ल्याइसकेको छ ।

उक्त ट्राफिक लाइट हस्तान्तरण तथा उद्‌घाटन कार्यक्रममा पूर्व एआईजी विज्ञानराज शर्मा, पूर्व एआईजी विजयलाल कायस्थ, पूर्व डिआईजी रमेश खरेल, कामनपा ११ नं. वडाका अध्यक्ष हिरालाल तण्डुकार, रोटरी क्लब अफ त्रिपुरेश्वरका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रहरी अधिकृतहरू, नागरिक समाज समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाचार

वेस्टर्न युनियनको ‘दशैंको सौगात’ योजना, भाग्यशाली विजेताले १० लाख नगद जित्न सक्ने

बडा दशैं, तिहार तथा छठको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘दशैंको सौगात’ प्रवर्द्ध…

साओमीले ल्यायो १९ मिनेटमै ४ हजार एमएएचको ब्याट्री फुल चार्ज हुने प्रविधि

साओमीले ८० वाटको वायेरलेस चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । साओमीको यो वायरलेस…

नोकियाले चन्द्रमामा फोरजी जडान गर्ने

नोकियाले चन्द्रमामा फोरजी प्रविधि जडान गर्ने भएको छ । चन्द्रमामा फोरजी जडान गर्न नोक…

पाकिस्तानले हटायो टिकटक माथिको प्रतिबन्ध

पाकिस्तानले टिकटक माथि लगाएको प्रतिबन्ध हटाएको छ ।  पाकिस्तानमा टिकटक माथि प्रतिबन्…

रिचार्जरको दसैं अफर, विद्युतीय सामान खरिदमा ३० प्रतिशतसम्म छुट

मोबाइल एप रिचार्जरले बडा दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा ‘अफर भित्र अफर’ सुरु ग…

नेपाल पेमेन्ट सोलुसन र नेपाल क्लियरिङ्ग हाउसबीच सहकार्य 

नेपाल पेमेन्ट सोलुसन (एनपीएस) र नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बीच सहकार्य भएको…

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेसको सदस्यमा नेपालको सीएसआरआई

साइबर एलायन्स फर म्युचुअल प्रोग्रेस ( क्याम्प) को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर सा…

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडे

वानप्लसका सहसंस्थापक कार्ल पेईले कम्पनी छोडेका छन् । यसको जानकारी उनले वानप्लसको आध…

नास्टले बनायो मास्क र सेनिटाइजर दिने रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यान्त्रिका रोबोट बनाएको छ । को…

मोरङबाट आइपिएलमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ

युएईमा जारी इन्डियन प्रिमयर लिग (आइपिएल) क्रिकेट खेलमा सट्टेबाजी खेलाउने ३ जना मो…

कृषि विकास बैंकका ग्राहकले अब सिधैं खल्तीमा पैसा लोड गर्न सक्ने

कृषि विकास बैंक लिमिटेडले ईन्टरनेट र मोबाइल बैंकिग सेवा प्रयाेग गर्ने ग्राहकहरुला…

मोबाइल तथा सामाजिक सञ्जालमा फैलिएको कर्फ्यू लाग्ने सूचना गलतः गृह मन्त्रालय

गृह मन्त्रालयले मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा फैलिएको कर्फ्यु लाग्न…

ईटहरी प्रहरीले हराएका तथा चोरि भएका ३८ थान मोबाइल सम्बन्धित धनिलाई बुझायो

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धी…

एनएमबी बैंकका ग्राहकले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने

एनएमबि बैंक र आइएमएस बीच सम्झौता भएको छ । यससँगै एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल एनएमबि बैंकको कार्ड प्…

ई फार्मको भर्चुअल खसी मेलाः भिडियो कल मार्फत बुकिङ, घरमै डेलिभरी

दशैतिहारलाई लक्षित गरि इ फार्मले भर्चुअल खसी मेला गरिरहेको छ। उपभोक्ताले इ फार्मको…