समाचार
नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै
काठमाडौँ । विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँदै छ । चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत संस्था हो ।
साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सयभन्दा बढी देशमाआयोजना गर्ने गरिएको छ ।
चाइल्डसेफनेटका अध्यक्ष श्री अनिल रघुवंशी भन्नुहुन्छ, “यस विश्वदिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि अवसर उपलब्ध गराउँछ । सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावक, शिक्षक, समाजसेवी, सामाजिक संस्था, सञ्चारकर्मी, नीति निर्माता, प्रहरी, इन्टरनेट सेवा प्रदायकहरू, नीजी क्षेत्र तथा सबै इन्टरनेट प्रयोगकर्तालाई आह्वान गर्दछ ।”
“आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । सँगसँगै यसले असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । साथै, सूचना र प्रविधिको सहज पहुँचले नेपालमा पनि बालबालिका तथा युवाले प्रविधिको अत्याधिक प्रयोग गर्ने गरेका छन् ।” नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालका ५६.४१ प्रतिशत जनताले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्दछन् । फेसबुक, ईन्स्टाग्राम, यूट्यूब र ट्वीटरका साथै टीकटक र स्नापच्याट प्रयोग गर्नेहरुको संख्या पनि धेरै छ । नेपालमा फेसबुकको मात्र झण्डै एक करोड प्रयोगकर्ता छन्, जस मध्य आधा भन्दा बढी २५ वर्षमुनीका युवा तथा बालबालिका हुन् ।
अध्यक्ष रघुवंशी अगाडि भन्नुहुन्छ, “डिजिटल प्रविधिको असुरक्षित प्रयोगले बालबालिका तथा युवामाअनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा यौनजन्य गैरकानुनी असुली (सेक्स्टोर्सन) जस्ता गम्भीर जोखिमबढिरहेकोछ, जसले उनीहरुको मानसिक,ं बौद्धिक र शैक्षिक विकासमा बाधा पार्नुका साथै उनीहरूलाई असामाजिक बनाउने, हतोत्साही गर्नेे र उनीहरूको आत्मसम्मानमा घटाउने जस्ता प्रभाव पार्ने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न अति आवश्यक छ ।”
समाचार
नयाँ प्रबिधिमा आधारित टेलिभिजन प्रशारण कम्पनि ‘कन्चन’को सुरुवात
अत्याधुनिक डिजिटल प्रविधिमा आधारित रहेर स्काई डिजिटल वारलेस टेलिभिजन सञ्चालनमा आएको छ। २ बर्षदेखि सुदुरपश्चिम क्षेत्रबाट परिक्षण गरिएको यो प्रबिधि अब काठमाड…
‘साइबर सुरक्षामा अनुसन्धानका अवसर’ विषयक कार्यक्रम सम्पन्न
नेपालमै पहिलो पटक साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धानका के कस्ता अवसरहरु रहेक…
टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन
काठमाडौं । एक वर्षभित्र मुलुकभर फोरजी सेवा प्रवाह हुने आधार सुनिश्चित हुने गरि रणनीति र कार्यनीति तयार गरि लागू गर्न नेपाल सरकार र नेपाल टेलिकमलाई संसदी…
टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन
टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन
काठमाडौं । …
काठमाडौंका सडकमा सेन्सर जडित सडकबत्तीः अँध्यारो भए आफैं बल्ने र उज्यालोमा निभ्ने
काठमाडौँ – काठमाडौं महानगरपालिकाले सेन्सर जडित स्वचालित सडकबत्ती जडान सुरु गरेको छ । मेयर उज्यालो कार्यक्रअन्तर्गत हालसम्म ३२ वडाका मुख्य सडकमा ३…
पुरनको बन्दाले बजार पायो, मेट्रो तरकारीको उदाहरणीय काम
चितवन । अनलाइनबाटै ताजा तरकारी खरिद गर्न सकिन्छ भन्ने अवधारणा स्थापित गरेको मेट्रोतरकारी डटकमले किसानकाे हितका लागि उद…
ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै
चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोन…
ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै
ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै
…
सिभिल इञ्जिनीयरिङमा बढ्यो विद्यार्थीकोे आकर्षण
काठमाडौँ,१५ माघ । पश्चिम नवलपरासीको सुनवल–६ विसाशयस्थित जनसेवा माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थ…
राजधानीमा सुरु भयो क्यान इन्फोटेक मेला
काठमाडौं । आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा २५औं संस्करणको सुबिसु क्यान इन्फोटेक सुरु भएको छ ।
स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा
स्मार्ट सेलले नयाँ सुविधा ल्याएकाे छ । नयाँ सुविधमा स्मार्टले इजिलोन तथा न्यूनतम शुल्कमा नेट टिभि हेर्न मिल्ने याेजना ल्याएकाे हाे ।
यससँगै स्मा…
कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता
कप्तान पारस खड्काले एक दिवसीय खेलमा नेपालको लागि पहिलो शतक प्रहार गर्दा दुबईमा जारी युएई विरुद्धको तीनको श्रंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । …
डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा
डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरिय सेवा दिँदै आएको डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमा नै सवैभन्दा सस्तो मासिक मुल्यम…
ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै
तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन…
फोरजी विस्तारमा अनियमितताको आशंका
काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ…