समाचार
स्व. कर्मठ डंगोललाई आइसिटी मरणोपरान्त सम्मान
काठमाडौं । नेपालको आइटी क्षेत्रमा एक निष्ठावान् व्यक्तित्वको छवि बनाएका र समग्र आइटी उद्योगको विकासमा समर्पित हुँदै गर्दा अल्पायुमा निधन हुनुभएका स्व. कर्मठ डंगोललाई आइसिटी अवार्ड २०१९ को अवसरमा मरणोपरान्त सम्मान दिइएको छ । आइटी क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको योगदानको सम्झना गरियो । गत जनवरी ९ मा काठमाडौंमा डंगोलको निधन भएको थियो ।
अमेरिकाको मेट्रोपोलिटन स्टेट कलेजबाट स्नातकमा कम्प्युटर साइन्स र म्याथमेटिक्स सकाउनु भएका कर्मठले गुगलमा इन्जिनीयरिङ कन्ट्रयाक्टर भएर काम गर्नुभएको थियो । यसअघि उहाँले ईबेमा इन्टरनेट मार्केटिङ सोलुसन्स अन्तर्गत सिनियर म्यानेजर भएर पनि काम गर्नुभयो । तर नेपालमै बसेर आइटी इकोसिस्टमलाई योगदान दिने इच्छा पाल्नुभएका डंगोल स्वदेश फर्किनुभयो ।
यहाँ आफ्नै कम्पनी पनि खोल्नुभयो । केही वर्षपछि चर्चित मल्टीनेश्नल कम्पनी क्लाउड फ्याक्ट्रीमा नेपालको भाइस प्रेसिडेन्ट (इन्जिनियरिङ) भएर काम गर्नुभयो । पछिल्लो पटक फ्युज मेशिन्स नामक एआई कम्पनीमा एसिया प्यासिफिक क्षेत्रका लागि भाइस प्रेसिडेन्ट (टेक्नोलोजी) भएर काम सुरु गर्न गर्नुभएका डंगोलको असामयकि निधन भयो ।
उहाँले नेपालमा आइटीको विकासका लागि अधिकतम सम्वाद हुनुपर्छ मान्यता राख्नुहुन्थ्यो । विभिन्न फोरमहरुमा उहाँको सार्थक उपस्थिति रहन्थ्यो । आइटीमा प्रोफेशनल करियर बनाउन चाहनेलाई सम्बोधन गर्न खोज्नुहुन्थ्यो । युवा र स्टार्टपका उहाँ अभिभावक र मागनिर्देशक हुनुहुन्थ्यो ।
उहाँले नेपाल सरकारका आइटीसम्बन्धी नीति बनाउन सहयोग गर्नुभयो भने विभिन्न अनुसन्धानमा कार्यदल सदस्य भएर काम गर्नुभयो । स्थायी सरकार आएपछि आइटी क्षेत्र प्राथमिकता पर्नेमा आशावादी देखिनुभएका डंगोल उद्यमशीलताबाट देश र समाजलाई कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न संस्थामा रहेर पनि काम गर्नुभयो ।
समाचार
आइसिटी अवार्ड २०१९ सम्पन्न, कसले कुन अवार्ड पाए ?
काठमाडौं । चौथो संस्करणको आइसिटी अवार्ड २०१९ सम्पन्न भएको छ । सूचना प्रविधि क्षेत्रको अग्रणी मिडिया लिभिङ विथ आइसिटीको आय…
आज आइसिटी अवार्ड २०१९ को ग्रान्ड फिनाले, यी विधामा हुँदै छ अवार्ड वितरण
काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा चौथो संस्करणको आइसिटी अवार्ड आज हुँदै छ । काठमाडौंस्थित सोल्…
यस्ता छन् गत वर्ष आयोजित आइसिटी अवार्डका ८ विधाका विजेताहरु
४ वर्षयता लिभिङ विथ आइसिटीको आयोजनामा हुँदै आइरहेको आइसिटी अवार्ड नेपालकै सूचना प्रविधि क्षेत्रको एक पर्वको रुपम…
राष्ट्रिय वाणिज्य बैंक पनि कनेट आईपीएस ई-पेमेन्ट प्रणालीमा
काठमाडाैं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएका …
लुम्बिनी आइसिटी कलेजमा एसइओ र डिजिटल मार्केटिङसम्बन्धी वर्कसप सम्पन्न
नवलपुर । नवलपुर गैंडाकाेटमा रहेकाे लुम्बिनी आइसीटी कलेजमा ३ दिने एसइओ र डिजिटल मार्केटिङ वर्कसप सम्पन्न भएकाे छ ।
कार्यक्रममा बनिसकेको वेबसा…
रिलायन्स लाईफ इन्स्योरेन्स र खल्तीबीच सम्झौता, अब मोबाइलबाटै बीमा शुल्क तिर्न सकिने
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपल…
आइसिटी अवार्ड २०१९ मा \'पब्लिक च्वाइस अवार्ड\'को भोटिङ सुरु
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करणको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । यसैक्रममा य…
सुविसुले बिहिबारसम्ममा सबै इन्टरनेट तथा केबल टिभी सेवाहरु पूर्णरुपमा संचालनमा ल्याउने
बुधबार दिउँसो आगलागी इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक कम्पनी सुविसु केबल नेट प्रालिले बिहिबारसम्ममा सबै इन्टरनेट तथा केबल टिभी सेवाहरु पूर्णरुपमा सं…
प्रभु पे मार्फत घरमा बसेर नै अस्पतालको टिकट काट्न सकिने
सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन् । तर, अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिर…
टिकटक बनाउने कम्पनीले मोबाइल ल्याउदै
काठमाडौ। लोकप्रिय एप टिकटक बनाउने कम्पनीले अब स्मार्टफोन बनाउने भएको छ। विश्वभर टिकटकका…
आइसिटी अवार्डमा अनलाइन तथा एसएमएस भोटिंग आज राती १२ बजेसम्म खुल्ला
आयो \'सेलपे\', वालेट नबनाईकन बैंकिङ सेवा लिन सकिने
व्यावसायिक समूह आईएमएस ग्रुपले भुक्तानीलाई प्रविधिमार्फत सञ्चालन गर्ने उद्देश्यसहित भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक गरेको छ ।
मंगलबा…
अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा पहिलोपटक भाग लिँदै नेपाल
अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा नेपालले इतिहासमै पहिलो पटक भाग लिँदै छ।
चन्दन गुप्ताको नेतृत्त्वमा ४ जनाको विद्यार्थी टोली सन् २०१९ को १७ औ…
आकर्षक बजेट स्मार्टफोन - हुवावे वाई सेभन २०१९
चिनियाँ प्रविधि कम्पनी हुवावेले केही समय अगाडि नेपालमा “ हुवावे वाई सेभन २०१९“ सार्वजनिक गरेको थियो । जसमा ६.२६ इन्चको एचिडि प्लस एलसिडि डिस्प्ल…