कीवर्डहरू -

समाचार

नेपालका चार प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स (ASOCIO 2024 DX) अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो ।

यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ ।

असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । नेपालबाट अवार्ड प्राप्त गरेका चारै संस्थालाई क्यान महासंघले सिफारिस गरेको थियो । 

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले असोसियोको यस प्रतिष्ठित प्लेटफर्मले नेपाली सूचना प्रविधि कम्पनीहरू र उत्पादहरूलाई विश्व मानचित्रमा मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“क्यान महासंघको उद्धेश्य नै नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नु हो । असोसियोको एक सदस्य संगठनका रूपमा नेपालका उत्कृष्ट कम्पनी र उत्पादनलाई विश्व मञ्चमा प्रस्तुत गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो,” महासचिव अधिकारीले भने

समाचार

सन् २०२४ को तेस्रो त्रैमासिकमा सबैभन्दा बढी बिक्री हुने फोन बन्यो आइफोन १५

सन् २०२४ को तेस्रो त्रैमासिक (क्युथ्री) मा एप्पलले विश्वभर सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोनको सूचीमा शीर्ष स्थान प्राप्त गरेको छ ।…

क्यान महासंघका निर्वतमान अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष नवराज कुँवर एसियन-ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (AS…

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

नेपाल टेलिकमका कर्पोरेट ग्राहकले अब मल्टिपल टिभी जडान गर्न सक्ने

नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टिभी जडान गर्ने व्यवस्था गरेको छ ।  

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ आयोजना हुँदै, ८० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरी सुविधा

नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले बहुप्रतिक्षित सेल दराज ११.११ को आयोजना गर्ने भएको छ । नेपालमा बर्षकै ठूलो सेलका …

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन हुँदै

आइसिटी अवार्ड २०२४ का सेमि-फाइनलिष्टहरूका लागि शुक्रबार मेन्टरिङ सेसन सञ्चालन हुने भएको छ । 

चीनमा आईफोन १४ प्रो म्याक्स चार्ज गर्ने क्रममा भयो विस्फोट, एप्पलले अनुसन्धान गर्दै

चीनमा एक जना महिलाले आईफोन चार्ज गरिरहेकै बेला फोन विस्फोट भएको छ, जसले गर्दा प्रयोगकर्तालाई चोटपटक लागेको छ । यस घटनाले एप्प…

ग्लोबल स्मार्ट प्लसका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 

ब्लूटूथ ६.० : वायरलेस कनेक्टिभिटीमा नयाँ फिचर र सुधारसहितको गेम चेन्जर संस्करण

ब्लूटूथ स्पेशल इन्ट्रेस्ट ग्रुप (एसआईजी)ले हरेक वर्ष ब्लूटूथ स्पेसिफिकेसनको अपडेट रिलीज गर्छ । यसले हाम्रो स्मार्टफोन, इयरबड्स, स्मार्ट…

एनपीएनओजी-१०: नेटवर्किङ र सूचना प्रविधिमा विशेष कार्यशाला तथा सम्मेलन आयोजना गरिदैँ

नेपाल नेटवर्क अपरेटर्स समूह (एनपीएनओजी) को दशौं संस्करण २५ नोभेम्बर देखि २९ नोभेम्बर २०२४ सम्म पोखरामा आयोजना हुँदैछ।  य…

नेपाल टेलिकमद्वारा बाढी तथा पहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोडभन्दा बढी सहयोग

नेपाल टेलिकमले मिति २०८१ भाद्र १० देखि १२ गते सम्म परेको अविरल वर्षाका कारणले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा…

बिजसर्भ आइटी स्वीफ्टको सीएसपी सर्टिफाइड एसेसरमा सूचीकृत, नेपालका लागि पहिलो सूचीकरण

नेपाली कम्पनी बिजसर्भ आइटीले अन्तर्राष्ट्रिय वित्तीय सञ्चार संस्था स्वीफ्टको ग्राहक सुरक्षा कार्यक्रम (सीएसपी) अन्तर्गत सर्टिफाइड एसेसरको…

ओपनएआईद्वारा सर्चजीपीटी सार्वजनिक : रियल टाइम जानकारी र नयाँ सुविधासहित च्याटजीपीटीमा सुधार

ओपनएआईले आफ्नो सर्च इन्जिन सर्चजीपीटीलाई लन्च गरेको  छ। सर्चजीपीटीको प्रोटोटाइप सार्वजनिक गरेपछि च्याटजीपीटी मोडेललाई यसरी …

के हो सोशल मिडिया मार्केटिङ ?

अहिले सामाजिक सञ्जालको प्रयोग धेरैजसो मानिसले गरिरहेका छन् । यो हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण भाग भएको छ । हामी हाम्रो धेर…

वेब होस्टिङले कसरी काम गर्छ ?

आजको दिनमा आफ्नै वेबसाइट हुनु सामान्य जस्तै भइसकेको छ । तर वेबसाइट सक्रिय राखिरहन धेरै कुरा आवश्यक पर्छ ।