कीवर्डहरू -

समाचार

एन्ड्रोइडमा गडफादर मालवेयरको आतंक, टर्कीमा ५०० एप प्रभावित

आजकल एन्ड्रोइड स्मार्टफोन चलाउने यूजर्समा मालवेयरको खतरा बढ्दै छ , त्यसैले फोन प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ किनकि एक सानो भूलले ठूलो क्षति निम्त्याउन सक्छ। डेटा चोरीदेखि बैंक अकाउन्ट खाली गर्नसम्मका लागि ह्याकरहरूले मालवेयरको सहारा लिइरहेका छन्।

अहिले ‘गडफादर मालवेयर’ नामक नयाँ मालवेयरको आतंकले एन्ड्रोइड फोन चलाउनेहरूलाई चिन्तित बनाइरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार यो मालवेयरले विस्तारै आफ्नो प्रभाव फैलाइरहेको छ।

यो नयाँ मालवेयर बैंकिङ, क्रिप्टोकरेन्सी र इ–कमर्स एप्सलाई निशाना बनाइरहेको छ। एप्स टार्गेट गर्न भर्चुअल फाइल सिस्टम, इन्स्टेन्ट स्पूफिङ र भर्चुअल प्रोसेस आइडी जस्ता प्रविधिहरू यसको सहयोगी बनेका छन्।

सन् २०२१ मा आएको यसको पुरानो भर्सनले धेरै देशहरूमा आतंक मच्चाएको थियो, र अबको भर्सन पहिलेभन्दा अझै बढी खतरनाक देखिएको छ। सिक्योरिटी कम्पनी जिनपेरियमले यस नयाँ भर्सनको पहिचान गरेको हो।

यो मालवेयरले फेक लगइन स्क्रीन मात्र बनाउँदैन, डिभाइसको कन्ट्रोल पनि हातमा लिन्छ र तपाईंलाई थाहा नै हुँदैन। मालवेयर तपाईंको फोनमा होस्ट फाइल इन्स्टल गर्छ र ओरिजिनल बैंकिङ एपको हूबहू कपी बनाएर ओरिजिनल र फेक एपबीचको भेद छुट्याउन गाह्रो बनाउँछ। धेरैपटक एन्टिभाइरस एपहरूका लागि पनि यो मालवेयर समात्न गाह्रो हुन्छ।

एप खोल्ने बित्तिकै मालवेयरले तपाईंलाई भर्चुअल भर्सनमा लग्छ, जसको इन्टरफेस ओरिजिनल एप जस्तै देखिन्छ। मालवेयर तपाईंको हरेक एक्टिविटी मनिटर गर्छ, पासवर्ड, पिन र यहाँसम्म कि बैंकिङ मेसेजसम्म चोरी गर्न सक्छ। जब तपाईं एप प्रयोग गरिरहनु भएको हुँदैन, त्यसबेला पनि यो मालवेयर लुकेर ब्याकग्राउन्डमा पैसाहरू ट्रान्सफर गरी बैंक अकाउन्ट खाली गर्नसक्छ।

कसरी बच्ने?

  1. मालवेयरबाट बच्न मात्र गुगल प्ले स्टोरबाट मात्र एप डाउनलोड र इन्स्टल गर्नुहोस्।

  2. फोनको सेटिङ्समा गई “इन्स्टल एप्स फ्रम अननोन सोर्स” अप्सन बन्द गर्नुहोस्।

  3. फोनको सफ्टवेयर र सिक्योरिटी फिक्ससम्बन्धी अपडेट आएपछि तुरुन्तै इन्स्टल गर्नुहोस्, जसले फोनलाई अपडेट राख्छ।

  4. अनजान इमेल वा मेसेजमा आएका लिङ्कमा क्लिक नगर्नुहोस्।

जिनपेरियमको रिपोर्टअनुसार, यो खतरनाक मालवेयर हाल टर्कीमा लगभग ५०० वटा एप्समा प्रभाव पारिरहेको छ। तर यसको नयाँ भर्सनले अन्य देशहरूमा समेत फैलिने सम्भावना छ र प्रयोगकर्तालाई ठूलो नोक्सान पुर्याउन सक्छ।

 

समाचार

अमेरिकाका ग्रामीण वस्तीमा डेलिभरी सेवा विस्तार गर्दै अमेजन, ४ अर्ब डलर लगानीको घोषणा

अमेजनले आफ्नो ‘सेम-डे’ र ‘नेक्स्ट-डे’ डेलिभरी सेवालाई ग्रामीण अमेरिकाका ४ हजार भन्दा बढी साना शहर र …

इन्टरनेट बिना नै चल्ने गुगलको नयाँ भाषा मोडेल ‘जेमिनाइ रोबोटिक्स अन डिभाइस’ सार्वजनिक

गुगल डिपमाइन्डले मंगलबार नयाँ भाषा मोडेल ‘जेमिनाइ रोबोटिक्स अन डिभाइस’ सार्वजनिक गरेको छ । यसलाई इन्टरनेट प्रयोग…

सबै सामाजिक सञ्जालले नेपालको नियम मान्नुपर्छ: सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै सामाजिक सञ्जालले नेपालको नियम मान्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मं…

राष्ट्र बैंकले आईटी कम्पनीलाई विदेशमा लगानी गर्ने बाटो खोलिदिएपछि निजी क्षेत्र खुसी

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले सूचना प्रविधि (आईटी) उद्योगले विदेशमा १० लाखसम्म अमेरिकी ड…

नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटसोर्सिङ डट टेक’

नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटस…

एनसेलको ‘सधैँ अन करोडपति’ योजना: छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरू

एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताकोभाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्ति…

गुगलको नयाँ वेओ ३ एआई मा यूट्यूब क्रिएटर्सका भिडियोहरूको अनुमति बिना प्रशिक्षणले सिर्जना गर्‍यो विवाद

गूगलको नयाँ एआई उपकरण वेओ ३ का भिडियोहरू सोशल मिडियामा खूब भाइरल भइरहेछन्, तर के तपाईंलाई थाहा छ कि वेओ ३ को ट्रेनिङ तपाई…

युट्युबको २० वर्षे यात्रा: डेटिङ साइटदेखि विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्मसम्म

जब जहिले पनि भिडियो प्लेटफर्मको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा युट्युबको नाम आउने गर्दछ । तर के तपाईंलाई थाहा छ। विश्वको स…

मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझ…

टेस्लाको रोबोट्याक्सी सेवा सुरू, सीमित प्रयोगकर्तालाई सुरूवाती अनुभव

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले रोबोट्याक्सी सेवा सुरू गरेको छ । कम्पनीले आफ्ना चुनिएका प्रयोगकर्ताहरूलाई पहिलोपटक…

विद्युतीय गाडीहरूका एसेसरिज अब एकै ठाउँमा, सञ्चालनमा आयो अटो पार्लर

इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रालि सञ्चालनमा आएको छ। विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेस…

मिडजर्नीले सार्वजनिक गर्‍यो एआई भिडियो मोडेल

मिडजर्नीले भिडियो मोडेल सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले मिडजर्नीमा बनाएका वा अन्य स्रोतबाट ल्याइएका तस्वीरहरूलाई एनिमेट गरी छोटा भिडियो क्लिप तयार गर्…

परप्लेक्सिटी एआईलाई खरिद गर्न आन्तरिक छलफलमा एप्पल

एप्पलले परप्लेक्सिटी एआईलाई खरिद गर्ने बारे आन्तरिक छलफल थालेको छ । भविष्यमा एआई-आधारित सर्च इन्जिन विकास गर्न सक्ने सम्भावनासहित …

एनपीनगको एघारौं संस्करण सम्पन्न, ज्ञान आदानप्रदान र क्षमता अभिवृद्धिमा सघाएको विश्वास

६ दिनसम्म सञ्चालन भएको नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को एघारौं संस्करण ‘एनपीनग ११’ सम्पन्न भएको छ । राष्ट्रिय…

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघ, सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च (सीएसआरआई) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम ने…