कीवर्डहरू -

समाचार

बागमतीको नयाँ ड्राइभिङ लाइसेन्स प्रणाली: बायोमेट्रिक दिन नपर्ने, लिखित र ट्रायल दिए पुग्ने

बागमती प्रदेशले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (ईडीएल बागमती) सञ्चालनमा ल्याएको छ । शुक्रबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणालीको शुभारम्भ गरेका थिए । 

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रमा आबद्ध गराई छुट्टै बायोमेट्रिक्स लिन नपर्ने गरि बागमती प्रदेश सरकारले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली विकास गरिएको बताए । 

लाइसेन्स र परीक्षाको लिखित र ट्रायल चरणमा मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने र अन्य कार्य अनलाइनमार्फत नै हुने गरि यस प्रणालीमा आवश्यक व्यवस्था गरिएको छ । 

योसँगै सेवाग्राहीले पटक पटक बायोमेट्रिक दिनु पर्ने छैन् । ड्राइभिङ लाइसेन्सका लागि नयाँ फारम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर भने आवश्यक पर्नेछ । बायोमेट्रिक विवरण भने बागमती प्रदेश सरकारले सम्बन्धित व्यक्तिले राष्ट्रिय परिचयपत्रका दिएको बायोमेट्रिकबाटै तान्नेछ ।

साथै यदी तपाई नागरिक एप चलाउनु हुन्छ भने एपबाटै दर्ता गर्ने विकल्प पनि रहेको छ । सिस्टममा देखाइएको क्युआर नागरिक एपबाट स्क्यान गरेर तपाईले अनुमति दिएपछि आवश्यक पर्ने विवरण नागरिक एपबाट तानिने छ । नागरिक एपमा तपाईले आफ्नो राष्ट्रिय परिचयपत्र लिंक समेत गर्न सक्नुहुनेछ । 

यसले बहुआयामिक रुपमा कार्य सम्पादनमा थप सरलता प्रभावकारिता र सेवा सेवाग्राहीमा सन्तुष्टि ल्याउने विश्वास लिएको उनको भनाइ छ । 

मन्त्री महर्जनका अनुसार ब्लुबुक नवीकरण, सवारीसाधनको कर तथा पटके सेवा अनलाइनबाट लिन सकिने गरि ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रणाली व्यवस्था भएकोमा सोलाई थप प्रभावकारी रुपमा ल्याउन सबै सिस्टमलाई इन्टिग्रेसन गरि व्यवस्थित ल्याउन आवश्यक कार्य भइरहेको छ । 
 

समाचार

अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने

बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओ…

अब एक स्थानीय तह: एक स्मार्ट हुलाक

सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ । 

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने सरकारको घोषणा

सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तु…

अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने

सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरि…

किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने

सरकारले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय  परिचयपत्रमा आबद्ध गर्ने भएको छ । 

इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला

सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गर्ने

सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने घोषणा गरेको छ । 

ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा

सरकारले ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा …

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने

प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने भएको छ । 

स…

सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने

सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने भएको छ ।

संघीय संसदमा आर्थिक वर्ष …

विभिन्न व्यक्ति तथा संस्थालाई नेशनल आइसिटी अवार्ड प्रदान, क-कसले पाए ?

राष्ट्रिय सूचना प्रविधि दिवस २०८२ (नेशनल आइसिटी डे २०२५) को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न विधामा नेशनल आइ…

गुगलले एन्ड्रोइड अपडेट्सका लागि पहिलोपटक छुट्टै शो ल्याउँदै

गुगलले सोमबार ‘एन्ड्रोइड अपडेट्स’का लागि एउटा नयाँ र समर्पित कार्यक्रमको घोषणा गरेको छ, जुन वार्षिक डेभलपर सम्मेलन …

३१ संस्थाले भने: पारदर्शी प्रक्रिया र स्पष्ट कानुनबिना सामाजिक सञ्जाल बन्द गर्नु असंवैधानिक

अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार र लोकतान्त्रिक सुशासनका पक्षमा क्रियाशील नागरिक समाज संस्थाहरूको सञ्जाल सामाजिक सञ्जाल प्लेटफर्…

प्रधानमन्त्री ओलीद्वारा कोशी लगानी सम्मेलन २०८२ उद्घाटन, “नेपालमा ढुक्क भएर लगानी गर्न सकिन्छ”

कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको पहिलो कोशी प्रदेश लगानी सम्मेलन २०८२ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार व…

कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, १ खर्ब ७३ अर्ब बराबरका ७१ परियोजना सोकेसमा

कोशी प्रदेश सरकारको आयोजनामा प्रदेश राजधानी विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। दुई दिनसम्म चल्ने यो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी …