समाचार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटकलाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गरेका छन् ।
ट्रम्पको कानुनी टोलीले लेखेको छ, “यस मुद्दाको नवीनता र कठिनाईलाई ध्यानमा राख्दै, अदालतले यी मुद्दाहरूलाई सम्बोधन गर्न थप समय प्रदान गर्न हालको वैधानिक समयसीमालाई स्थगन गर्न विचार गर्नुपर्छ।”
ट्रम्पले सन् २०१७/०२१ को पहिलो कार्यकालमा टिकटकको चर्को विरोध गर्नुभएको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भिडियो एपमाथि प्रतिबन्ध लगाउने असफल प्रयास गरेका थिए।
चिनियाँ सरकारले अमेरिकी टिकटक प्रयोगकर्ताको तथ्याङ्क चोर्न सक्ने वा प्लेटफर्ममा जे देखिन्छ त्यसमा हेरफेर गर्न सक्ने भन्दै रिपब्लिकनले चिन्ता व्यक्त गर्दै प्लेटफर्ममाथि प्रतिबन्ध लगाउन माग माग गरेको थियो।
अन्य अमेरिकी अधिकारीहरूले पनि युवाहरूमाझ भिडियो शेयरिङ एपको लोकप्रियतामा चिन्ता व्यक्त गरेका थिए र यसको मूल कम्पनी चीनको अधीनमा रहेको र एपको प्रयोग प्रोपोगान्डा फैलाउनका लागि गरिएको आरोप लगाएका थिए।
ट्रम्पले बिक्री मूल्यमा सरकारको साझेदारीको साथ एक अमेरिकी कम्पनीलाई टिकटक खरिद गर्न प्रस्ताव गरेका छन्। समयक्रमसँगै, ट्रम्पको टिकटक प्रतिको धारणालाई पछ्याउँदै वर्तमान राष्ट्रपति जो बाइडेन एक चरण अगाडि बढ्ने भएका छन्। उनले ट्रम्पले लगाएका समान कारणहरू देखाउँदै एपलाई प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन तर, अहिले ट्रम्पले आफ्नो बाटो परिवर्तन गरेका छन्।
ब्लुमबर्गसँगको कुराकानीमा उनले भने, “अहिले मेरो टिकटकबारे धारणा फरक बनेको छ । म टिकटकको पक्षमा छु किनकि हामीलाई प्रतिस्पर्धाको आवश्यकता छ।”
उनले भने, “यदि हामीसँग टिकटक छैन भने यसको विकल्पमा जुकरबर्गको फेसबुक र इन्स्टाग्राम हुनेछ। यसको एकाधिकारले सामाजिक सञ्जालमा प्रतिस्पर्धाको वातावरण रहने छैन।”
मार्क जुकरबर्गले स्थापना गरेको फेसबुक र मेटा सामाजिक साम्राज्यको एक हिस्सा हो । फेसबुकले सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद्मा ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध ट्रम्पले थप हिंसालाई बढावा दिनको लागी प्लेटफर्मको उपयोग गर्ने चिन्ता को कारण प्रेरित रहेको दाबी मेटाको थियो।
ट्रम्पमाथि सामाजिक सञ्जाल प्लेटफर्ममा लगाइएको प्रतिबन्ध पछि हटाइएको थियो। रासस/एएफपी
समाचार
डिजिटल सीप विकासमा जोड दिदै सामसङ नेपाल, ३० जना विद्यार्थीलाई एआई प्रमाणपत्र वितरण
आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्य…
लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा
लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रि…
ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्दै क्लक बी बिजेनस टेक्नोलोजी, ट्रेनिसीपमा २० जना छनौट
क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई …
अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु
अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्…
क्यान महांसघको पहिलो महिला अध्यक्ष बन्दै सुनैना घिमिरे पाण्डे
कम्प्युटर एशोशिएसन नेपाल (क्यान महासंघ) को अध्यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन हुने भएकी छन् ।
इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण
इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौं…
‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित
सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पु¥याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्…
दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै
नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले बुधवार एनुअल नेपाल एआई स्कूल (ANAIS) को आयोजना गर्ने घोषणा गर…
इन्ड्राइभले स्टार्टअपलाई पनि प्रवर्द्धन गर्न काम गरिरहेको छ: अध्यक्ष मार्क लकरेन
इन्ड्राइभका अध्यक्ष तथा डेपुटी सीईओ मार्क लकरेनले नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न आइसिटी अवार्ड २०२४ सँग सहकार्य गरेको…
चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला सुरू
चलचित्र विकास बोर्डको आयोजनामा पुस ८ गतेदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्ड…
एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…
क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका
क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…
गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?
गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…
वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट
वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…
कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…