समाचार
ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास
केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो। ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई कालोसूचीमा राखिएको थियो । त्यसपछि हुवावेका मोबाइल फोन, हार्डवेयर तथा अन्य सेवाहरू अमेरिकी प्रयोगकर्ताहरूका लागि बन्द गरिए ।
हुवावेलाई यसको विकल्प निकाल्न बाध्य बनाइयो, र उसले हार्मनीओएस नामक नयाँ अपरेटिङ सिस्टम सार्वजनिक ग¥यो । सुरुमा प्रयोगकर्तालाई अपनाउन समय लाग्यो, तर विस्तारै त्यसमा अभ्यस्त भए । हुवावे अमेरिकामा फर्कन नसके पनि, चीनभित्र उसले हार्मनीओएससहितका स्मार्टफोनहरू धमाधम बिक्री गरिरहेको छ ।
अब ट्रम्प पुनः सत्ता फर्किएपछि चिनियाँ कम्पनीहरू चिन्तित छन् कि ती कम्पनीहरु पनि हुवावेको जस्तै अमेरिकी नियन्त्रणको सिकार बन्ने हुन् कि । रिपोर्टहरूका अनुसार सम्भावित प्रतिबन्धको सामना गर्नका लागि साओमी, ओप्पो , भिभो, वानप्लसजस्ता ब्रान्डहरू गुगल–रहित एन्ड्रोइड सिस्टमको खोजीमा लागेका छन् ।
गुगल–रहित एन्ड्रोइडको अवधारणा के हो?
वास्तवमा, आजका अधिकांश एन्ड्रोइड स्मार्टफोनहरूमा प्रयोग हुने अपरेटिङ सिस्टम अमेरिकाको कम्पनी गुगलले विकास गर्छ । फोन कम्पनीहरूले त्यसमा आफ्नै प्रयोगकर्ता इन्टरफेस थप्छन् र त्यसरी फोन “एन्ड्रोइड + यूआई“ को संयोजनमा चल्छ । गुगलले यसको प्रयोग गर्न लाइसेन्स दिन्छ । चिनियाँ कम्पनीहरू, स्यामसङ र अन्य निर्माताहरूले त्यो लाइसेन्स लिन्छन् ।
तर अब चिनियाँ कम्पनीहरू गुगलको नियन्त्रणबिना एन्ड्रोइडमा काम गर्न खोजिरहेका छन् । यसरी उनीहरू अमेरिकी प्रविधिमाथिको निर्भरता घटाउन चाहन्छन् । रिपोर्टअनुसार, यस्ता स्मार्टफोनहरू ल्याउने सोच छ जुन एन्ड्रोइड त हुनेछ, तर गुगलसँग सम्बन्धित नहुने ।
रिपोर्टअनुसार, यो दिशामा साओमी अगाडि बढ्न सक्छ । कम्पनीले आउने हाइपरओएस ३ प्लेटफर्ममार्फत गुगल–रहित एन्ड्रोइडको आधार तयार गर्न सक्छ । यो प्रणाली गुगलमा धेरै भर पर्ने नहुने बताइएको छ । यद्यपि, साओमीले यो कसरी लागू गर्छ भन्ने स्पष्ट भएको छैन — के कम्पनीले सिधै पूर्ण रूपमा गुगल–रहित एन्ड्रोइड ल्याउने हो, वा क्रमशः नयाँ प्रणालीमा रूपान्तरण गर्ने हो ।
ट्रम्पको पुनः राष्ट्रपतिको रूपमा आगमनसँगै अमेरिका–चीनबीचको सम्बन्ध फेरि तनावपूर्ण मोडमा पुगेको छ । अमेरिकाले चीनमा १४५ प्रतिशत ट्यारिफ लगाएको छ, जवाफमा चीनले पनि ट्यारिफ लगाएको छ । यदि यो झनै बढ्यो भने, चिनियाँ प्रविधि कम्पनीहरूलाई निशाना बनाइने सम्भावना उच्च छ ।
केही वर्षअगाडि हुवावेमाथि गरिएजस्तै कदमले अहिले अन्य चिनियाँ स्मार्टफोन कम्पनीहरूलाई दबाबमा पारेको छ । त्यसैले अहिले नै समाधान खोज्ने दिशामा चिनियाँ कम्पनीहरू सक्रिय देखिएका छन् ।
समाचार
‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् ।&nbs…
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ द…
नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने
गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा…
ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि सम्झौता
ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्क…
केई एक्स्चेन्ज कार्निभल आयोजना गर्दै लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्स
नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना…
ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने
अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार ब…
मदन भण्डारी विश्वविद्यालयबाट रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा जोड
नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ ।
…फुडमाण्डुले अब राती १२ बजेसम्म फुड डेलिभर गर्ने
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा&rs…
गुगल सर्चमा एआई मोडको आगमन: अब खोज परिणामहरू अझ स्मार्ट, पर्सनलाइज्ड र रियल टाइममा अपडेट हुने
गुगलले सधैं प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिन नयाँ नयाँ फिचरहरू ल्याइरहन्छ । यस पटक, यो टेक दिग्गज कम्पनीले आफ्नो सर्च सिस्टम…
जनकपुरमा सहकारी सफ्टवेयर सम्बन्धी अन्तर्क्रिया
सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेश प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण …
माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान
आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना …
शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने
रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस यो…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको एकदिने अन्तर्राष्ट्रिय सम्मेलन आज
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकमा एकद…
क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश
बागमती प्रदेशले अब ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने भएको छ ।
छिट्टै क्युआर कोडसहितको ड्रा…
नागरिक एपबाटै दैनिक २५ देखि ३० हजारले देखाउँछन् ड्राइभिङ लाइसेन्स, १७ सयले तिर्छन् जरिवाना
दैनिक २५ देखि ३० हजार सवारी चालकहरुले नागरिक एपमार्फत डिजिटल्ली लाइसेन्स देखाउने सुविधा लिन थालेका छन् ।