कीवर्डहरू -

समाचार

सामाजिक सञ्जाल लगायतबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न विज्ञापन बोर्डको अपिल

विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ।

बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरण गर्न भ्रमपूर्ण विज्ञापन गरिएको अनुगमनका क्रममा पाइएको जनाउँदै त्यसो नगर्न आह्वान गरेको हो ।

ती विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख भएको नपाइएको बताउँदै त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको बोर्डका प्रवक्ता निशानराज गौतमले राससलाई जानकारी दिए।

उनका अनुसार बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन) ऐन, २०७६ को दफा १५ (ख) मा उल्लेख गरिएको छ।

बोर्डले विज्ञापन (नियमन गर्ने नियमावली, २०७७ को दफा (५)मा भएको व्यवस्थाका साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्टरूपमा उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण भएका कुनै पनि विज्ञापन तत्काल रोकी अनुमति लिएर मात्र प्रसारण गर्न/गराउन अनुरोध गरेको प्रवक्ता गौतमले बताए।

अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।

समाचार

क्यूआर कोडबाटै फाइल शेयर गर्न सकिने सुविधा ल्याउँदै गूगल

गुगलले एन्ड्रोइड डिभाइसहरूमा क्वीक सेयरिंगका लागि क्यूआर कोड ल्याउने काम गरिरहेको पाइएको छ । अहिलेसम्म क्वीक सेयरिंग सुविधा ब्ल…

एक्सप्रेस टी ट्याक्सी खरिद गर्ने चालकहरूलाई पठाओमा निःशुल्क दर्ता सुविधा

सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्न…

बारा र पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बाराका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। क…

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना …

वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने

नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खाना, किराना, र पार्सल डेलिभरी कम्पनीले भोजले वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । योसँ…

गूगल वान भिपिएन बन्द हुँदै

आगामी जुन २०, २०२४ देखि गूगल वान भिपिएन बन्द हुने भएको छ । यसअघि पनि गूगल वान भिपिएन बन्द भएको खबर आएको थि…

गर्मीमा बाहिर हिड्न सहज बनाउने : स्मार्ट छाता

वैशाखको यो चर्को गर्मीमा पनि घरबाहिर निस्किएर गर्मी नभई रमाइलो मौसमको आनन्द लिन सकिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

एआई मानव लोपको कारण बन्न सक्ने एआईका ‘गड फादर’ हिन्टनको चिन्ता

आर्टिफिसियल इन्टेलिजेन्सका 'गड फादर' भनेर चिनिने जेफ्री हिन्टनले फेरि एआईको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । न्…

इन्डोनेसियाको दुर्गम गाउँमा अब स्टारलिंकको इन्टरनेट चल्ने

एलन मस्कले अहिलेसम्मकै ठूलो स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा सुरू गरेका छन् । एलन मस्क र इन्डोनेसियाका स्वास्थ्यमन्त्री …

एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, किस्ता तिर्नेदेखि विवरणसम्म थाहा पाउन सकिने सुविधा

एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप, अब एपबाटै किस्ता भुक्तानीदेखि विवरणसम्म थाहा पाउन सकिने

जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजना र सामाजिक विकास मन्त्रालयको सहयोगमा खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्त…

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छि…

चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल

एप्पलले चाँडै आईफोन १६ डिस्प्लेको उत्पादन सुरु गर्ने भएको छ । एक नयाँ रिपोर्टले आईफोन १६ को उत्पादन जूनमा सुरु हुने बताएको छ ।…

दिगाे विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नाेभेसन महत्त्वपूर्ण छ: प्राधिकरण अध्यक्ष भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल इन्नोभेसन महत्त्वपूर्ण साधन बन्न सक्ने बताए…

आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै, के छ यस वर्षको थिम?

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीएसआईडी) आज विश्वभर मनाइँदैछ । प्रत्येक वर्ष मे १७ लाई यो दिन अन्तर्राष्ट्रिय दूरसञ्चार …