समाचार
पर्यटनमा डिजिटल भुक्तानी प्रवर्द्धनका लागि एनसीएचएल र एण्ट इन्टरनेशनलको कार्यक्रम
नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था एण्ट इन्टरनेशनलले पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट थप सशक्त बनाउने उद्देश्यले बिहीबार संयुक्त कार्यक्रम गरेका छन्।
बैंक, वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा डिजिटल भुक्तानी प्रविधिले आन्तरिक पर्यटन विकास, अन्तर्राष्ट्रिय पर्यटकहरूको सहजता, र स्थानीय व्यवसायमा पार्ने सकारात्मक प्रभावबारे विशेष छलफल गरिएको थियो।
गत वर्ष कार्तिक महिनादेखि एनसीएचएल र एण्ट इन्टरनेशनलबीचको सहकार्यमा ‘नेपाल पे क्यूआर’ र ‘अलि पे प्लस ’ नेटवर्कमार्फत क्रस–बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गरिएको थियो।
यस सेवामार्फत चीन, हङकङ, मकाउ, इटाली, मलेसिया, मंगोलिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड लगायत १७ देशका मोबाइल एप प्रयोगकर्ताहरूले नेपालमा रहेका १२ लाखभन्दा बढी नेपालपे क्यूआर मर्चेन्टहरूमार्फत सजिलै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको एनसीएचएलले जनाएको छ।
यस सेवा नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सहज र सुरक्षित भुक्तानी अनुभव दिलाउने लक्ष्यसहित सुरु गरिएको हो, जसले पर्यटनसँगै समग्र डिजिटल अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुर्याउने अपेक्षा गरिएको छ।
समाचार
युट्युबमा लाइभ स्ट्रिमिङ गर्न न्यूनतम उमेर १६ वर्ष हुनुपर्ने
युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि लाइभ स्ट्रिमिङ गर्न आवश्यक न्यूनतम उमेर १६ वर्ष पुर्याउने निर्णय गरेको छ । युट्युब हेल्प स…
सिटिजन्स बैंकले मुद्दती निक्षेप धितोमा अनलाइनबाटै २ लाखसम्म कर्जा दिने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन मा…
एन्ड्रोइडमा गडफादर मालवेयरको आतंक, टर्कीमा ५०० एप प्रभावित
आजकल एन्ड्रोइड स्मार्टफोन चलाउने यूजर्समा मालवेयरको खतरा बढ्दै छ , त्यसैले फोन प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ किनकि एक सानो भ…
एनकर र रोमोसका १२ लाखभन्दा बढी पावर बैंक फिर्ता, विस्फोट र आगलागीको जोखिम
आजकल धेरैले पावर बैंक प्रयोग गर्छन्, तर कहिलेकाहीँ कुनै खराबीका कारण पावर बैंक बिस्फोटहुने समस्या देखिन्छ। छिमेकी देश च…
एप्टेको रिपोर्टमा खुलासा: मेटा, युट्युब र अन्य लोकप्रिय एपहरूले प्रयोगकर्तालाई निरन्तर ट्रयाक गर्दै
के तपाईंलाई पनि यस्तै अनुभव भएको छ, जुन विषयमा आफ्ना साथीहरुसँग कुरा गर्दै हुनुहुन्छ, त्यससँग मिल्दोजुल्दो उत्पादनहरू तपाईंको स…
एसईई २०८१ को नतिजा प्रकाशित भएपछि यी माध्यमबाट थाहा पाउन सकिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा केही दिनपछि प्रकाशन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि एसईईको नतिजा हेर्…
अमेरिकाका ग्रामीण वस्तीमा डेलिभरी सेवा विस्तार गर्दै अमेजन, ४ अर्ब डलर लगानीको घोषणा
अमेजनले आफ्नो ‘सेम-डे’ र ‘नेक्स्ट-डे’ डेलिभरी सेवालाई ग्रामीण अमेरिकाका ४ हजार भन्दा बढी साना शहर र …
इन्टरनेट बिना नै चल्ने गुगलको नयाँ भाषा मोडेल ‘जेमिनाइ रोबोटिक्स अन डिभाइस’ सार्वजनिक
गुगल डिपमाइन्डले मंगलबार नयाँ भाषा मोडेल ‘जेमिनाइ रोबोटिक्स अन डिभाइस’ सार्वजनिक गरेको छ । यसलाई इन्टरनेट प्रयोग…
सबै सामाजिक सञ्जालले नेपालको नियम मान्नुपर्छ: सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै सामाजिक सञ्जालले नेपालको नियम मान्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको मं…
राष्ट्र बैंकले आईटी कम्पनीलाई विदेशमा लगानी गर्ने बाटो खोलिदिएपछि निजी क्षेत्र खुसी
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले सूचना प्रविधि (आईटी) उद्योगले विदेशमा १० लाखसम्म अमेरिकी ड…
नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटसोर्सिङ डट टेक’
नेपाली सीप, क्षमता र प्रविधिलाई विश्व बजारमा जोड्ने प्लेटफर्म ‘आउटस…
एनसेलको ‘सधैँ अन करोडपति’ योजना: छानिए पहिलो हप्ताका १० जना १ लाख नगद विजेताहरू
एनसेलले आफ्नो ‘सधैँ अन करोडपति’ योजना अन्तर्गत पहिलो हप्ताकोभाग्यशाली विजेता ग्राहकहरु घोषणा गरेको छ । हिजो कान्ति…
गुगलको नयाँ वेओ ३ एआई मा यूट्यूब क्रिएटर्सका भिडियोहरूको अनुमति बिना प्रशिक्षणले सिर्जना गर्यो विवाद
गूगलको नयाँ एआई उपकरण वेओ ३ का भिडियोहरू सोशल मिडियामा खूब भाइरल भइरहेछन्, तर के तपाईंलाई थाहा छ कि वेओ ३ को ट्रेनिङ तपाई…
युट्युबको २० वर्षे यात्रा: डेटिङ साइटदेखि विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्मसम्म
जब जहिले पनि भिडियो प्लेटफर्मको कुरा आउँछ, सबैभन्दा पहिले दिमागमा युट्युबको नाम आउने गर्दछ । तर के तपाईंलाई थाहा छ। विश्वको स…
मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र मलेसियाको प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक ‘टच एन गो इवालेट’ बीच महत्वपूर्ण साझ…