समाचार
भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न आग्रह गरेको छ । सूचीकरण भएका सामाजिक सञ्जाल सरकारले नेपालमा बन्द गरेसँगै अहिले भीपीएन र डीएनएस प्रयोग बढको छ । अधिकांशले भीपीएनबाटै सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।
‘नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोवाइल तथा इन्टरनेट सेवा प्रदायक मार्फत ती सामाजिक सञ्जालहरुको पहुँच निषेध भैसकेको हुँदा त्यस्ता सञ्जालहरुको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न नगराउन समेत अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
यस्तै सञ्चार मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सम्बद्ध सबैलाई पुनः आह्वान गरेको छ ।
सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सकिय गराइने बताइएको छ । मन्त्रालयले हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भई सक्रिय गराइसकेको जनाएको छ ।
मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार मन्त्रालयले औपचारिक रूपमा सामाजिक सञ्जाल निष्क्रिय बनाइसकेपछि सामाजिक सञ्जाल एक्स (ट्वीटर) र वीच्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेकामा सो विवरण उपलब्ध गराइ सकिएको छ ।
समाचार
क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…
टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान
सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।
नेपालमा सूचीकरण हुनका लागि एक्सले माग्यो आवश्यक कागजात
सामाजिक सञ्जाल एक्सले नेपालमा सूचीकरण हुनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग औपचारिक रूपमा आवश्यक कागजात म…
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
गुगल जोखिममा: प्रयोगकर्ताहरू जनरेटिभ एआईतिर सर्दै, ट्राभलदेखि फिटनेससम्म प्रयोग
फ्यूचर एआई सेन्टिमेन्ट वेभ ३ को रिपोर्ट अनुसार, अमेरिकामा ५५ प्रतिशत र बेलायतमा ६२ प्रतिशतमानिसहरू अब सर्च इञ्जिनको सट्टा एआई च्य…
सूचना प्रविधि विभागका महानिर्देशक पौड्यालले दिए राजीनामा
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले राजीनामा दिएका छन् । करिब १ हप्ता अगाडि नै महानिर्देशक पौड्यालले पदबाट र…
भिडियो एडिटिङ सफ्टवेयर एडोब प्रिमियर अब आईफोनमा, निःशुल्क चलाउन पाइने
एडोबले आफ्नो लोकप्रिय भिडियो एडिटिङ सफ्टवेयर प्रिमियरलाई नि:शुल्क रूपमा आइफोनमा ल्याउने घोषणा गरेको छ। यससँगै सामग्री निर्माताल…
कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम, भर्ना खुला
पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको …
नेपालमा अब कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
माओवादीले भन्यो: सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्यो
नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जाल बन्द गरेर सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।
एससीटीले सुरू गर्यो थ्रीडीएस एक्सेस कन्ट्रोल सर्भर
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एक्सेस …
फेसबुक, इन्स्टाग्राम, युट्युब लगायत सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
नेपालमा सूचीकरण नहुने सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणको प्रक्रियामा नआए…
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी नियुक्त
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त ग…
भारतमा ओपनएआई: १ गीगावाटको डाटा सेन्टर बनाउने, ५ लाखलाई निःशुल्क च्याटजीपीटी दिने
च्याटजीपीटी बनाउने अमेरिकी कम्पनी ओपनएआई भारतमा आफ्नो उपस्थितिलाई मजबुत पार्दैछ । ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले स्थानीय पार्…
एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा प्रति घण्टा १ रूपैयाँमा पार्किङ सेवा
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र ललितपुरको मुटु प…