समाचार
मेटा, एक्स लगायतका सामाजिक सञ्जाल अहिलेसम्म आएनन दर्ता प्रक्रियामा, सातदिने अल्टिमेटम सकिदै
सरकारले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन दिएको एक हप्ताको समयसिमा आज सकिदै छ ।
गत भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सूचीकरणको लागि सार्वजनिक रूपमा आह्वान गर्ने निर्णय गरेको थियो ।
यदी तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमासमेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपाल भित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने पनि निर्णय पनि सो बैठकले थियो ।
त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ १२ गते सूचना प्रकाशित गर्दै एक हप्ताको समय दिएको छ, जुन आज सकिदै छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव रबिन्द्र प्रसाद पौड्यालले अहिलेसम्म मेटा, एक्स लगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा नआएको बताए ।
‘टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा आएका छन् । अन्य सामाजिक सञ्जाल अहिलेसम्म दर्तामा आएका जानकारी मसँग छैन्,’ उनले आइसिटी समाचारसँग भने, ‘आज आएको भए थाहा छैन् । आधिकारिक इमेल खोलेर चेक गर्नुपर्छ ।’
यसअघि पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन पटक पटक आह्वान गरेको थियो ।
बन्द भए सूचना प्रवाह कसरी गर्ने छैन् सरकारसँग ठोस योजना
तोकिएको समयमा दर्ता हुन नआए सामाजिक सञ्जाललाई चल्न नदिने सरकारको चेतावनी छ । सरकारले आफै पनि अहिले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालको प्रयोग गर्दै नागरिकहरूमा विभिन्न सूचना प्रवाह गर्दै आएको छ । तर यी सामाजिक सञ्जाल बन्द भए कसरी सूचना प्रवाह गर्ने सरकारसँग कुनै ठोस योजना छैन् ।
नागरिकसम्म सूचना पुर्याउने बलियो माध्यम सामाजिक सञ्जाल भइरहेको बेला विकल्पबिना बन्द गर्दा सूचनाको इकोसिस्टममा ठूलो प्रभाव पर्ने अधिवक्ता तथा डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल बताउँछन् ।
‘सामाजिक सञ्जाल बन्द हुँदा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा असर गर्छ । साथै अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको छवि बिग्रिन्छ,’ उनले अगाडि भने ।
सामाजिक सञ्जाल सरकारी कार्यालयहरूले सूचना प्रवाह गर्ने बलियो माध्यम हो । विभिन्न सरकारी निकायले आफ्ना सोसल ह्याण्डिलबाट सूचना प्रवाह गर्दै आएका छन् । तर दर्ता नहुने ठूलो र धेरै प्रयोग हुने सामाजिक सञ्जाल बन्द गर्दा सूचना प्रवाहमा ठूलो असर गर्न सक्छ ।
सामाजिक सञ्जाल सरकारी सूचना प्रवाह गर्ने औपचारिक माध्यम नभएको सूचना अधिकारी पौड्यालको भनाइ छ । ‘सामाजिक सञ्जाल सरकारी सूचना प्रवाह गर्ने औपचारिक माध्यम होइन । अनौपचारिक माध्यम हो,’ उनी भन्छन्, ‘भएको प्लेटफर्मलाई प्रयोग गर्नुपर्छ भन्ने मान्यताले मात्रै सामाजिक सञ्जाललाई प्रयोग गरिएको हो ।’
यदी सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द भए भने सूचीकरण भएका भाइबर, टिकटक लगायतलाई विकल्पको रूपमा प्रयोग गर्न सकिने पौड्याल बताउँछन् ।
सूचीकरण नहुने सामाजिक सञ्जाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय निर्णय गरेपछि दूरसञ्चार प्राधिकरणमार्फत क्रमशः बन्द हुने बताइएको छ । तर सामाजिक सञ्जाललाई पूर्ण रूपमा बन्द गर्न भने सम्भव छैन् । मानिसहरूले भीपीएनको प्रयोग गरेर चलाउन सक्छन् ।
अर्कोतर्फ, सूचीकरण नहुने सामाजिक सञ्जालले नेपालमा राजस्व भने तिरिरहेका छन् । यदी सरकारले बन्द गर्यो भने उनीहरूले तिर्दै आएको करोडौ राजस्व समेत गुमाउने छ ।
आइसिटी समाचारले पनि नेपालमा सूचीकरण हुन किन नआएको भनेर मेटा, एक्स, गूगल, लिङ्क्डइन लगायतका सामाजिक सञ्जाललाई आइतबार इमेल गरेको थियो, तर अहिलेसम्म उनीहरूको जवाफ आएको छैन् ।
समाचार
एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बन्यो धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न …
कोरियाली एआई खेलौना ‘ह्योडोल’: वृद्धहरूको एआई नाती बनेर एक्लोपन हटाउँदै
आजकाल संयुक्त परिवार (ज्वाइन्ट फ्यामिली) को ट्रेन्ड अन्त्य हुँदैछ । विशेषगरी विदेशमा मानिसहरू आफ्ना बच्चा र श्रीमती/श्रीमान् सँग छुट्…
पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क
पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र …
नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने
फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम …
एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण
कृत्रिम बौद्धिकताको विषयमा अर्को ठूलो विवाद उठेको छ। एलन मस्कको कम्पनी एक्सएआईले आफ्ना पूर्व इन्जिनियर शुएचेन ली विरुद्ध क्यालिफोर्…
गौरव राज पाण्डेको नेतृत्वमा नास आईटीको नयाँ कार्यसमिति चयन
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) मा नयाँ कार्यसमिति चयन गरिएको छ । संस्थाको तेस्रो वार्षिक साधा…
भैरव टेकले सार्वजनिक गर्यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनील…
त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइ…
ईयरबडले अब स्वास्थ्यको पनि ख्याल राख्ने, आवाजसँगै उन्नत प्रविधिका सुविधाहरू पनि उपलब्ध
प्रविधि जसरी तीव्र गतिमा बदलिँदैछ, त्यसैगरी जीवनशैली पनि छिट्टै परिवर्तन भइरहेको छ। पहिले जहाँ सङ्गीत सुन्न वा कल गर्न मानिसहरू…
एटीएमको सुरक्षाका लागि के के प्रविधि प्रयोग गरिएको हुन्छ ?
एटीएम मेसिनहरू बजारमा, सडकहरूमा र यहाँसम्म कि लगभग हरेक स्थानमा जडित हुन्छन्। एटीएमले मानिसहरूलाई जुनसुकै बेला पैसा निकाल्ने…
पहिलो चरणको एग्री डिजी टेक च्यालेन्ज सम्पन्न, दोस्रो चरणको तयारी सुरू
स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा सुरू भएको एग्री डिजी टेक च्यालेन्ज परियोज…
शुक्रबार भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, भोलिसम्म चल्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर…
एन्थ्रोपिक र लेखकहरूबीच प्रतिलिपी विवादमा ऐतिहासिक सम्झौता, ठूलो आर्थिक जोखिम टरेको संकेत
एआई स्टार्टअप एन्थ्रोपिक र प्रसिद्ध लेखकहरूबीच लामो समयदेखि चलेको प्रतिलिपी विवादमा सम्झौता भएको छ। यो मुद्दा अहिलेसम्मका ठूला एआ…
प्रयोगकर्तालाई जीमेलको चेतावनी: एआई प्रयोग गरी ह्याकरहरूले चोर्दै छन् पासवर्ड र संवेदनशील डेटा
यदि तपाईं जीमेल प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त महत्वपूर्ण छ । गुगलले आफ्ना अरबौं प्रयोगकर्तालाई ह्याकरहरू …
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लि…