समाचार
एससीटीले मनायो २४औं वार्षिकोत्सव
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले साउन २९ गते आफ्नो २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त वार्षिकोत्सवमा संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत, मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रस्ट पारेका थिए । बिशेष गरि संस्थाले दिदैँ आएका कार्ड सेवा (एससीटी युनियन पे कार्ड, भिसा कार्ड, नेपालपे कार्ड, आदि), मोबाइल बैंकिङ्ग सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरू स्मार्ट क्युआर साउन्डबक्स र एससीटी हबका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रदर्शन गरेका थिए । स्मार्ट क्युआर साउन्डबक्स स्मार्ट च्वाइस टेक्नोलोजिजको नविन सेवा रहेको छ, जसबाट मर्चेन्टहरूले आफ्नो सम्पूर्ण भुक्तानीको विवरणहरू स्मार्ट क्युआर साउन्डबक्स मार्फत सुन्न सक्नेछन् ।
स्मार्ट क्युआर साउन्डबक्सलाई मर्चेन्टहरूले आफ्नो वाईफाईसंग लिङ्क गरेर वा Sस्मार्ट क्युआर साउन्डबक्समै आफ्नो सिम कार्ड राखेर नेटवर्क संग जडान गरेर आफ्नो सम्पूर्ण भुक्तानी बिवरणहरू स्मार्ट क्युआर साउन्डबक्स मार्फत विभिन्न भाषामा सुन्न सक्नेछन् । एससीटीले ल्याएको यस नविनतम सेवामा भुक्तानी हुने बित्तिकै आफ्नो खातामा ग्राहकबाट जम्मा भएको रकमबारे स्मार्ट क्युआर साउन्डबक्स मार्फत जानकारी हुन्छ ।
साथैएससीटी हब स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो, जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन , कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन, रिपोर्ट जेनेरेसन लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।
समाचार
गूगलले नेपालमा सुरू गर्यो स्ट्रिट भ्यु सेवा, भर्चुअल रूपमा अब सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
गुगल म्याप्सले डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यु सेवा सुरू गरेको छ । अब संसारको कुनै पनि कुनाबाट क…
‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन, प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ’
मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अ…
नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरे…
डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि हुँदै, प्रधानमन्त्रीसँग पावर संवाद हुने
साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इ…
अब मानिसहरूझैं 'गर्भवती' हुनेछ रोबोट, चीनले तयार पार्दैछ अनौठो प्रविधि
चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव …
एआईले चुनौती दिए पनि गूगललाई विस्थापित गर्न सक्दैन्: ब्रायन चेस्की
विश्वभर इन्टरनेट सर्चका लागि एआईको प्रयोग बढ्दै गएको छ, जसकारण हालका दिनहरूमा सर्च बजारमा गूगल को हिस्सा २०१५ पछि पहिलो पटक ९०…
एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन
एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको साझेदारीमा सङ्ग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय …
चीनलाई ब्ल्याकवेल चिप बेच्न दिने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आफ्नो अर्को पुस्ताको एडभान्स्ड जीपीयू चिपको स्केल-डाउन भर्जन बेच्न अनुमति दिन सक्ने बताएका…
अब किसान साकोसको एपबाटै स्थानीय उत्पादन किन्न र बेच्न पाइने
किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइलको एपबाट व्यवसाय प्रवर्द्धन सेवा (Business Development Service -…
सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्यो मनसुन क्याम्प
मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक…
प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सम्पन्न
काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्…
गलत उमेर लेख्ने खाताहरूमा कडाइ: युट्युबले एआईदूारा ‘अन्डर–१८’ प्रयोगकर्ता पत्ता लगाउने
युट्युब अब ती बालबालिका र किशोरहरूमा नियन्त्रण कडा गर्न जाने क्रममा छ जो साइन-अप गर्दा आफ्नो उमेर गलत भरेका हुन्छन्। कम्पनीले १३ …
डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ सा…
डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन
डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…
च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार
ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…