समाचार
डिजिटल प्रविधिमा आधारितरहि सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
मन्त्रालयमा आज आयोजित छलफलमा उनले ‘श्रम संसार’ पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिए। अन्तरराष्ट्रिय श्रमिक दिवसदेखि यो पोर्टल सञ्चालनमा आएको हो।
सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन केकसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिए। उनले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिए।
मन्त्री भण्डारीले आगामी वर्षदेखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड तथा राष्ट्रिय व्यावसायिक सीप प्रतिष्ठानलगायत सम्पूर्ण श्रम तथा सेवा रोजगार सेवा केन्द्रमार्फत सेवा प्रवाह हुने जानकारीसमेत दिए।
छलफलमा मन्त्रालय तथा मातहतका कर्मचारी, प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अली, श्रममन्त्रीको विज्ञ सल्लाहकार युवराज बस्नेत, स्वीस कन्ट्र्याक्टका निर्देशक, विश्व बैंक, सामी र रेमी आयोजनाका प्रतिनिधिको सहभागिता रहेको थियो।
यसै क्रममा मन्त्रालय मातहत रहेका सूचना प्रणालीको स्तरोन्नती गर्नमा भएको ढिलाइ र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतीहरूलाई विश्लेषण गरिएको थियो। रासस
समाचार
ह्वावेजस्तै नियति दोहोरिने डर: अमेरिकी नियन्त्रणबाट बच्न चिनियाँ कम्पनीहरूको गुगलरहित एन्ड्रोइड प्रयास
केही वर्षअघि अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावे माथि कडाइ गरेको थियो। ट्रम्प सरकारको पहिलो कार्यकालमा हुवावेलाई का…
कफीको रहरले जन्मिएको वेबक्याम: यस्तो छ सुरूवातीको रोचक कहानी
के तपाईंले कहिल्यै गुगलको “गुगली" खेल्नुभएको छ ? यो विभिन्न विषयहरूबारे रोचक कुरा थाहा पाउने रमाइलो तरिका …
विनोद चौधरी र बिल गेट्सबीच भेटघाट
नेपालका एक मात्र डलर अर्बपति तथा सांसद विनोद चौधरी र माइक्रोसफ्टका संस्थापक बिल गेट्सबीच भेटघाट भएको छ ।
‘३४० वटा स्टार्टअप कर्जा माछा, दुध, बाख्रामा दिइएको रहेछ, प्रचार अर्को गूगल जन्मन लागेको जसरी गरियो’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले नेपालमा अर्को गूगल, मेटा, च्याटजीपीटी जन्मन लागेको जस्तो…
‘आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको छ, यहाँ सञ्चार मन्त्रालयको बजेट नै ७ अर्ब छ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आजको दिनमा एआईमै ७ अर्ब लगानी चाहिएको बताएका छन् ।&nbs…
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप सदाका लागि बन्द
कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ । दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ द…
नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने
गूगलको रिसर्च टुल नोटबुकएलएम अब मोबाइल एपमा पनि उपलब्ध हुने भएको छ । नोटबुकएलएम आगामी मे २० मा आधिकारिक मोबाइल एपको रूपमा…
ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्डका लागि सम्झौता
ज्योति विकास बैंक र एनसीएचएलबीच नेशनल पेमेन्ट स्वीच (एनपीएस) - नेशनल कार्ड स्वीच (एनसीएस) को डोमेस्टिक कार्ड स्क…
केई एक्स्चेन्ज कार्निभल आयोजना गर्दै लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्स
नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्स्चेन्ज कार्निभल २०८२’ आयोजना…
ट्रम्पले दिए संकेत: टिकटक ब्यानको म्याद फेरि ७५ दिन लम्बिन सक्ने
अमेरिकामा टिकटकको समय लम्बिन सक्ने भएको छ । ट्रम्पले भनेका छन् कि यदि बाइटडान्सले १९ जुनभित्र अमेरिकामा रहेको टिकटकको व्यापार ब…
मदन भण्डारी विश्वविद्यालयबाट रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादनमा जोड
नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ ।
…फुडमाण्डुले अब राती १२ बजेसम्म फुड डेलिभर गर्ने
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड डेलिभरी सेवा&rs…
गुगल सर्चमा एआई मोडको आगमन: अब खोज परिणामहरू अझ स्मार्ट, पर्सनलाइज्ड र रियल टाइममा अपडेट हुने
गुगलले सधैं प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिन नयाँ नयाँ फिचरहरू ल्याइरहन्छ । यस पटक, यो टेक दिग्गज कम्पनीले आफ्नो सर्च सिस्टम…
जनकपुरमा सहकारी सफ्टवेयर सम्बन्धी अन्तर्क्रिया
सहकारी संस्थाहरुमा प्रविधिमा आधारित सेवा सञ्चालन तथा सफ्टवेयरको प्रयोगबारे मधेश प्रदेशका सहकारीकर्मीबीच अन्तरक्रिया तथा प्रशिक्षण …
माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान
आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना …