कीवर्डहरू -

समाचार

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ ।

यस सहकार्यसँगै कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणाली जोडिएको छ । यसले गर्दा कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल हुनेछ । 

साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउने छ ।

यस रणनीतिक साझेदारीको फलस्वरूप अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।

आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै होस्ट-टु-होस्ट (H2H) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका जानकारी गराउँदै वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहक मैत्री बनाएको बताए । 

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपे सँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताए ।

‘कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुचारुले हाम्रा सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउने छ,’ उनले भने, ‘यस साझेदारीले, हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाएको छ ।’
 

समाचार

हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …

असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने

नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…

एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…

एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी

एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…

सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने

उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ । 

फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसा…

यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्

विश्वमा यतिबेला एप्पलको नयाँ आइफोन सिरिज १६ को निकै चर्चा भइरहेको छ । धेरै मानिसहरू आइफोन १६ किन्न इच्छुक देखिएका छन् । …

२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास

मेटाको वार्षिक इभेन्ट मेटा कनेक्ट २०२४, २५ सेप्टेम्बरमा आयोजना हुँदैछ । यो मेटाको ठूलो वार्षिक कार्यक्रम हो, जहाँ नयाँ हार्डवेयर…

हुम्लाको सिमकोट गाउँपालिकामा टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान हुँदै

हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सु…

एलन मस्कमाथि रूस युक्रेन युद्धमा प्रयोग भईरहेको साइबरट्रक निष्क्रिय बनाएको आरोप

टेस्ला साइबरट्रक ती थोरै कारहरू मध्येको एक हो, जुन सार्वजनिक भएपछि पनि वर्षौंसम्म चर्चामा छ । कम्पनीले यस कारलाई सन् २०१९ मा प्रस्…

फार्मिङ स्क्याम के हो ? जोगिने कसरी ?

पछिल्लो समय साइबर विश्वमा नयाँ स्क्याम देखिने थालेको छ, त्यो हो फार्मिङ स्क्याम । यसबारे धेरै कम मानिसलाई थाहा छ, जस …

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

 ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खर…