समाचार
गुगलले एन्ड्रोइड अपडेट्सका लागि पहिलोपटक छुट्टै शो ल्याउँदै
गुगलले सोमबार ‘एन्ड्रोइड अपडेट्स’का लागि एउटा नयाँ र समर्पित कार्यक्रमको घोषणा गरेको छ, जुन वार्षिक डेभलपर सम्मेलन आई/ओ २०२५ सुरु हुनुभन्दा एक हप्ता अघि प्रसारण हुनेछ ।
दि एन्ड्रोइड शोः आई/ओ एडिशन नाम दिइएको यो नयाँ सिरिजमा एन्ड्रोइड १६ अपरेटिङ सिस्टमसँग सम्बन्धित थुप्रै घोषणा गरिनेछ । यो शो १३ मे मा हुने पक्का भएको छ, जुन आई/ओ २०२५ सुरु हुने मिति २० मे को ठीक एक हप्ता अगाडि पर्छ ।
गुगल वर्षभरिमा साना–साना अपडेटहरूको घोषणा त गरिरहन्छ, तर ठूला (टेन्टपोल) फिचरहरू सामान्यतः गुगल आई÷ओ मा मात्र प्रस्तुत गरिन्छन् । यस्तोमा, ‘दि एन्ड्रोइड शो’ माउन्टेन भ्यूमा आधारित टेक कम्पनी गुगलका लागि यस्तो किसिमको पहिलो प्रयास हुनेछ ।
गुगलका अनुसार, दि एन्ड्रोइड शोः आई/ओ एडिशन मंगलवार, १३ मे को बिहान १०ः०० बजे पीटी (राति १०ः१५ बजे नेपाली समय) मा हुनेछ ।
एन्ड्रोइड ईकोसिस्टमका प्रेसिडेन्ट समीर समत र एन्ड्रोइड टिमले यो शो युट्युबमा प्रत्यक्ष प्रसारण गर्नेछन्, जहाँ एन्ड्रोइडसँग सम्बन्धित धेरै नयाँ अनुभव र घोषणा हुने अपेक्षा गरिएको छ ।
हालका लागि के–के घोषणा हुनेछन् भन्ने स्पष्ट गरिएको छैन् । तर, माउन्टेन भ्यूमा आधारित टेक जाइण्ट अनुसार, यस शोमार्फत लेटेस्ट इनोभेसन्स र एन्ड्रोइडका नयाँ एक्सपेरिएन्सबारे जानकारी दिइनेछ ।
गुगल आई/ओ २०२५ दुई दिनसम्म चल्ने कार्यक्रम हुनेछ — मंगलवार २० मे र बुधवार २१ मे मा कार्यक्रम हुनेछ । अघिल्ला वर्षका ट्रेन्डअनुसार, कार्यक्रम अल्फाबेटका सीईओ सुन्दर पिचाईको की–नोटबाट सुरु हुने सम्भावना छ ।
यसमा एन्ड्रोइड १६ र जेमिनी अपडेट्सजस्ता प्रमुख प्रोडक्ट तथा सफ्टवेयरहरू प्रस्तुत गरिने अपेक्षा गरिएको छ ।
समाचार
मार्क जुकरबर्ग भन्छन्: डेढवर्ष भित्र मेटाको अधिकांश कोड एआईले लेख्ने छ
मार्क जुकरबर्गले अबको डेढ वर्षभित्र मेटा कम्पनीको अधिकांश कोड एआई एजेन्टहरूले लेख्ने बताएका छन् ।
ड्राइभिङ लाइसेन्स अवधि अब १० वर्ष
अब सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अवधि १० वर्ष हुने भएको छ । प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन व…
एनआईएमबि स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ टीएमएस
एनआईएमबि स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्य…
इन्टरनेट सेवा दिन अमेजनले अन्तरिक्षमा प्रक्षेपण गर्यो २७ स्याटेलाइट, स्टारलिंकलाई टक्कर
अमेजनको काइपर प्रोजेक्ट अन्तर्गत पहिलो २७ वटा स्याटेलाइटहरू अन्तरिक्षमा प्रक्षेपण भएका छन् । स्टारलिंकको जस्तै स्याटेलाइटबाट इ…
ड्रोनको प्रयोग गरेर व्यावसायिक कृषि खेती
दोधारा चाँदनीको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पु…
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन
लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्…
इन्स्टाग्राम र युट्युबमा भिडियो अपलोड गर्नु अघि थाहा पाउनु पर्ने कुरा, नत्र अकाउन्ट बन्द हुन सक्छ
आजको समयमा सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग अत्यधिक बढेको छ । अधिकांश मानिसहरू इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा घण्टौ…
युलेन्स स्कुलको वेबसाइट ह्याक
युलेन्स स्कुलको वेबसाइट ह्याक भएको छ । वेबसाइट ह्याक गरेर डेन्टोटोको प्रचार गरिएको छ । …
इनड्राइभको ‘द बेटर ड्राइभ: इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न
इनड्राइभले चालक साझेदारहरूको शशक्तिकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘द बेटर ड्राइभः इनिसिएटिभ– मनी, माइन्ड, म्यानर’ विषयमा आ…
डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ ।
यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि व…
टीएसएमसीले सार्वजनिक गर्यो १.४ न्यानोमिटर चीप प्रविधि
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) ले आफ्नो नयाँ १.४ न्यानोमिटर (एनएम) चीप (प्रोसेसर) प्रविधि सार्वजनिक गरेको …
वर्ल्डलिंकको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी
नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहर…
एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस
एक आपसमा समन्वय नहुँदा बिग्रेका ट्राफिक लाइट बनाउन सकस देखिएको छ ।
काठमाडौं उपत्…
शिक्वल फाउन्डेसन र यूएन वुमनको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न
शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामा…
सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी कदमप्रति ११ संस्थाको चिन्ता
११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउ…