कीवर्डहरू -

समाचार

वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ट्रान्सफर्मर जडान

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ। 

राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो।

प्राधिकरणले कारखानामा देखिएको विद्युतको समस्या अन्त्य गर्नका लागि राष्ट्रिय अविष्कार केन्द्रसँगको सहकार्यमा बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो। 

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव नहुने बताए।

'विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ', उनले भने, 'अब कारखानाका लागि आवश्यकपर्ने विद्युतको अभाव हुने छैन', केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताए।

केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो। केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ। रासस

समाचार

पारालिम्पिक्समा पदक दिलाउने पलेशा र प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गर्दै एनसेल

पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन स…

फेसबुक पोष्ट डिलिट भएपछि बालेनले भने: पोस्ट उडाउने हैन, दोषी समाउ सरकार

नेकपाका एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेको स्टाट्स डिलिट भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बा…

गूगलको इतिहास: स्थापना, गूगल इमेज र जीमेलको रोचक कथा

गुगलको नामसँग सबै इन्टरनेट प्रयोगकर्ता परिचित छन्  । कुनै पनि प्रश्नको जवाफ अन्यत्र कतै नपाइएमा, सबैजसो इन्टरनेट प्रयोगकर्ताल…

ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेटमा के फरक छ र कुन अवस्थामा के गर्नुपर्छ?

 ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेट हुनु दुई फरक कुरा हुन् ।

जब ह्वाट्सएप अकाउन्ट ड…

युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) …

कुमारी बैंकले उद्यमशीलता प्रवर्द्धन गर्न क्यूआर कारोबारलाई धितो राखेर कर्जा दिने

कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । देशका हरेक भागमा रहेका उद्यमशीलता प्र…

एप्पलले ग्लोटाइम इभेन्टमा आईफोन १६ सिरिज सहित के-के नयाँ ग्याजेटहरू लन्च गर्दैछ? यस्तो छ विवरण

सेप्टेम्बर ९ मा एप्पल आफ्नो फ्ल्यागशिप आईफोन १६ श्रृंखला लिएर आउँदैछ । यसको लागि ग्लोटाइम इभेन्ट आयोजना गरिनेछ । इभेन्टमा नयाँ आई…

नाडा अटो शो २०२४ मा एमएडब्लु समूहको १,००० भन्दा बढी सवारी साधन बिक्री

एमएडब्लु समूहले नाडा अटो शो २०२४  मा १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनहरूको सफल बिक्रीको घोषणा गरेको छ । …

सेप्टेम्बरमा टन्नै बजेट र फ्ल्यागशिप स्मार्टफोन लन्च हुँदै, जान्नुहोस् फिचर र मूल्य

सेप्टेम्बर महिनामा धेरै फ्ल्यागशिप स्मार्टफोन सिरिजहरू लन्च हुन गइरहेका छन्, जसमा एप्पलको आइफोन १६ सिरिज पनि एक हो । यस महिनामा …

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो स…

आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स नयाँ गोल्ड टाइटेनियम रङमा लन्च गरिने

एप्पलले आफ्नो ग्लोटाइम इभेन्ट ९ सेप्टेम्बरमा आयोजना गर्दैछ । यसमा नयाँ आइफोनका साथै अन्य ग्याजेटहरू पनि लन्च गरिनेछन् । आईफोन १६प्र…

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफो…

बोहनी अब फोनपे क्युआरबाटै, भाग्यशाली व्यवसायीले ईभी स्कुटर जित्ने

फोनपेले 'बोहनी फोनपे क्युआरबाटै' भन्ने पहलको सुरुवात गरेको छ। व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा …

पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने

नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठ…

आइसिटी अवार्ड २०२४ मा आवेदन दिने समय थप, कसरी पठाउने नोमिनेसन ?

आइसिटी अवार्ड २०२४ को आवेदन दिने समय थप भएको छ । यसअघि आवेदन पठाउने …