समाचार
सन् २०२५: एआई, फाइभजी, एआर/भीआर र स्याटेलाइट इन्टरनेटले प्रविधिको नयाँ युग ल्याउँदै
सन् २०२५ मा हामीले थुप्रै नयाँ प्रविधिहरूको झलक पाउने छौं । यी प्रविधिहरू पूर्ण रूपमा नयाँ नहुन सक्छन्, तर तिनको एकीकरण नयाँ हुनेछ ।
जहाँ सन् २०२४ पूरै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित थियो, त्यही क्रम सन् २०२५ मा अझ परिष्कृत रूपमा अघि बढ्नेछ ।
यस वर्ष अझ परिष्कृत एआई भर्सन र फाइभजी प्रविधिको उन्नत रूप हेर्न पाउनेछौं । साथै, भिआर/एआर टेक्नोलोजीमा आधारित नयाँ उत्पादनहरू सार्वजनिक हुने सम्भावना छ ।
एआर/भीआर हेडसेटको युग
सन् २०२५ मा यस प्रविधिमा क्रान्तिकारी प्रगति हुने अपेक्षा गरिएको छ । एआर÷भीआर प्रविधि धेरै समयदेखि उपलब्ध भए पनि यो हालसम्म सीमित दायरामै रहेको थियो । गूगलले यस्तो हेडसेट र स्मार्ट ग्लासको लागि विशेष अपरेटिङ सिस्टम एन्ड्रोइड एक्सआर सार्वजनिक गरिसकेको छ ।
रिपोर्टअनुसार, सन् २०२५ को सुरुवातमा स्यामसङले ग्यालक्सी ग्लास नामक उत्पादन एन्ड्रोइड एक्सआरमा आधारित भएर सार्वजनिक गर्नेछ । यसले प्रयोगकर्ताहरूलाई आँखा, हातको इशारा (जेस्चर), र आवाजको माध्यमबाट भर्चुअल दुनियाँ एक्सेस गर्न मद्दत गर्नेछ ।
मेटाले पनि क्वेस्ट ३५ मार्फत मिक्स्ड रियालिटीलाई अझ सहज र सुलभ बनाउने योजना बनाएको छ । यस वर्ष एआर÷भीआर प्रविधिको लोकप्रियता उल्लेखनीय रूपमा बढ्नेछ ।
एआईको विस्तार
सन् २०२४ मा एआईको प्रयोग मुख्यतया प्रिमियम स्मार्टफोनहरूमै सीमित थियो । सन् २०२५ मा, यो प्राविधि मिड–रेञ्ज स्मार्टफोनहरूमा पनि उपलब्ध हुने अपेक्षा छ । स्मार्टफोन बाहेक अन्य धेरै क्षेत्रहरूमा पनि एआईको प्रयोग व्यापक रूपमा देखिनेछ ।
स्मार्ट होम उपकरणहरूको चलन विश्वभरि बढिरहेको छ । यो विशेष गरी क्लिनिङ उद्योगमा देखिएको छ, जहाँ रोबोटिक भ्याकुम क्लिनरहरूको माग बढेको छ । सन् २०२५ मा धेरै नवप्रवर्तन आउनेछन्, जसले घर सफा गर्ने विधि परिवर्तन गर्नेछ ।
स्मार्टफोनहरू अझ परिष्कृत हुने
एआई जस्ता प्रविधिहरूको एकीकरणको अर्थ हो थप शक्तिशाली प्रोसेसर र उच्च क्षमताको ब्याट्री । यसका कारण स्मार्टफोनको मूल्य पनि बढ्नेछ । ब्रान्डहरूले अब आईपी ६९ रेटिङ भएका उपकरणहरू बनाउन सुरु गरेका छन्, जसले गर्दा स्मार्टफोन थप टिकाउ र सुविधायुक्त हुनेछन् ।
स्याटेलाइट इन्टरनेट
धेरै देशहरुमा अझै पनि स्याटेलाइट इन्टरनेट हालसम्म आम मानिसका लागि उपलब्ध छैन, तर सन् २०२५ मा यो सुविधा अझै विस्तार गर्ने अपेक्षा छ । स्टारलिंकले यस क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेको छ । स्टारलिंक हाल विश्वका विभिन्न भागहरूमा स्याटेलाइट इन्टरनेट प्रदान गरिरहेको छ ।
क्रिप्टोकरन्सी
सन् २०२५ मा क्रिप्टोकरन्सी बजारमा फेरि उछाल आउन सक्ने सम्भावना छ । डोनाल्ड ट्रम्पको पुनः सत्ता प्राप्तिले क्रिप्टोको बजारलाई बल पु¥याउने अनुमान छ । एलन मस्कको क्रिप्टोप्रतिको झुकाव पनि यसलाई टेवा दिनेछ ।
सन् २०२५ प्रविधिको क्षेत्रमा नयाँ युगको सुरुवात हुनेछ । एआई, एआर/भीआर, र स्याटेलाइट इन्टरनेट जस्ता प्रविधिहरूले हाम्रो जीवनलाई अझ सहज, परिष्कृत र प्रभावकारी बनाउनेछन् ।
समाचार
सूचना प्रविधि र एआईको सदुपयोग गर्दै विकासमा अगाडि बढ्छौँ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै सूचना प्रव…
मोबाइल बजारमा असफल हुँदा माइक्रोसफ्टलाई ४०० अर्ब डलर घाटा
एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत…
अमेरिकामा टिकटक प्रतिबन्धको सम्भावना, प्रयोगकर्ताहरूको रोजाइ बन्दै रेडनोट एप
अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाउने सम्भावना बढ्दै जाँदा प्रयोगकर्ताहरूले नयाँ एपतर्फ मोडिन थालेका छन्, जसको नाम रेडनोट हो । यो …
स्काईवर्थ सपना साकारको विजेता घोषणा, रवि अर्यालले जिते एमजी कमेट ईभी
केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रालिले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेक…
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका इयरबड्स बजारमा, कति छ मूल्य ?
नेपाली लाइफस्टाइल ब्राण्ड भाइब्सका प्रडक्ट बजारमा उपलब्ध भएका छन् । कम्पनीले भाइब्स बासबड्स ३११ र भाइब्स बासबड्स ५११ इयरबड्स सा…
चन्द्रागिरी नगरपालिकाले सञ्चालनमा ल्यायो बहुप्राविधिक शिक्षालय
चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ।
तारकेश्वरमा इमरजेन्सी रेस्पोन्स कन्सोल जडान, कताहो एपबाटै अब विपद्को जानकारी दिन सकिने
तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपालमै पहिलो पटक प्रविधिमा आधारित ‘अत्याधुनिक इमरजेन्सी…
यूएसबी पोर्टबाट आईफोन ह्याक गर्न सकिने एक रिपोर्टको खुलसा
एप्पलका डिभाइसहरू आफ्नो बलियो सुरक्षा प्रणालीका कारण प्रख्यात छन् । एप्पलका डिभाइसलाई ह्याक गर्नु निकै कठिन मानिन्छ ।
युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरू
सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् नवलपरासीको स्थानीय तहका एक जनप्रतिनिधिले । न…
टिकटक खरिद गर्ने एलन मस्कको तयारी, अमेरिकी प्रतिबन्धबाट बचाउन सक्ने सम्भावना
एलन मस्कले पुनः अर्को सामाजिक सञ्जाल प्लेटफर्म खरिद गर्न तयारी गरिरहेका छन् । टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले ट्विट…
सूचना सुरक्षा व्यवस्थापनका लागि नबिल बैंकलाई आईएसओ प्रमाणपत्र
नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ…
फोनपेको पाँचौं साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत नगद लाभांस वितरण
फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । पुस २९ गते एलिस कन्फरेन्स, पुल्चोकमा साधारणसभा सम्पन्न…
इसेवाको १२औँ वार्षिक साधारण सभा सम्पन्न
नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित इसेवाले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
अन्तरिक्षमा काठको स्याटेलाइट पठाउने पहिलो देश जापान, इको–फ्रेन्डली प्रविधिमा नयाँ युगको सुरुवात
जापान काठबाट बनेको स्याटेलाइट अन्तरिक्षमा पठाउने पहिलो देश बनेको छ । अन्तरिक्षमा पठाइएको स्याटेलाइट पूर्ण रूपमा काठबाट तयार गर…
नेपाल क्लियरिङ्ग हाउसको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, १९ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले तेह्रौ वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंमा सम्पन्न गरेको छ । बैठकले लेखापरीक्षण प्रतिवेदनस…